थुलुङको स्मृतिमा वान्तवा भाषामा कविगोष्ठी

उदयपुर । विसं २००७ का प्रजातान्त्रिक योद्धा तथा नेपाली काँग्रेसका नेता नारदमुनि थुलुङको स्मृति र ‘बुङ्खाम’ मासिक पत्रिकाको बाह्रौँ वार्षिकोत्सवका अवसरमा शनिबार राई वान्तवा भाषामा आयोजित खुला प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ ।

पैँतालिस कवि सहभागी रहेको उक्त गोष्ठीमा सुनसरी धरानका यादव समिर राई प्रथम भएबापत रु दश हजारले पुरस्कृत हुनुभयो । कार्यक्रमका संयोजक पदम राईका अनुसार द्वितीय इलामका रुपेन राई र तृतीय गङ्गामाया राई हुनुभयो । उहाँहरुलाई क्रमशः रु छ हजार र चार हजार प्रदान गरियो । विजयी कविलाई नेपाल प्रज्ञा–प्रष्ठिान, मातृभाषा विभागका प्रमुख श्रवण मुकाङले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित