जापानमा नेपालका आधुनिक ‘अरनिको’

इटहरी / सेप्टेम्बर २० तारिखका दिन थाइ एयरबाट काठमाण्डौ देखी जापानको फुकुओका सहर यात्रामा थुप्रै नेपाली नेपालीहरु थिए । बिहान ८ बजे छुटेको प्लेनमा कोहि विद्यार्थीहरु थिए । कोहि जापानमा काम गर्ने नेपालीहरु थिए । कोहि नेपालमा व्यापार र पर्यटन गरेर स्वदेश फर्केका जापानीहरु पनि थिए । बैंककलाइ ट्रान्जिट बनाएको सो यात्रामा मोरङ उर्लाबारिका मन्जुल मितेरी भने अलिक भिन्न अवतारमा थिए । उनी जापानको कामिआमाकुसा भन्ने सहरको एउटा विशाल पहरामा बुद्ध मूर्ती कुद्न जापान जाँदैथिए । बुद्धको देशका उनी बुद्धको मूर्ति बनाँउनै जापान जाँदैथिए । ‘मलाइ जापान जाँदैगर्दा कसरी एटजस्ट हुने अथवा कमाइ के होला भन्ने चिन्ता थिएन,’ जापान जाँदाको संवेदना सस्मरण गर्दै मितेरी भन्छन, ‘चिन्ता चैँ मूर्ति उच्च कोटिको बनाएर जापानमा नेपाली मूर्ति र मूर्तिकारको पृय छाप राख्छु वा राख्दिन भन्नेमा थियो ।’

जापान ओर्लिएको ३ दिन पछि मूर्तिकार्यमा होमिएका मितेरीको नेतृत्वमा अन्य तीन जना नेपाली मूर्तिकारहरु पनि थिए । चितवनका सुर्य मध्यरात, उदयपुरका रामचन्द्र पण्डित र काभ्रेका सानुभाइ विश्वकर्मा रहेकोमा मध्यरात भने स्वास्थ्यको कारण एक महिना काममा खटेपछि २८ अक्टोबरमा स्वदेश फर्किए । हाल मितेरी सहितको तीन नेपाली मुर्तिकारहरु जापानको पहरामा बुद्ध मूर्ति बनाँउन खटिएका छन । कामिआमाकुसा सहरबाट १५ किलोमिटरको सवारी यात्रामा मितेरी समुह चट्टानि पहरामा पुग्छन । र, दैनिक ८ घण्टा काममा खट्छन ।

पाँच बर्ष भित्रमा ६० फिटको एउटा, ५० फुटका दुइटा र ३० फुटका चार वटा मूर्ति बनाइसक्नु छ,’ म्यासेन्जरमा आमनेसामने कुरागर्दै मितेरीले भने, ‘यसलाइ संसारकै ठुलो बुद्ध मूर्ति बनाएर विश्व सम्पदा सुचिमा पार्ने यसका प्रायोजक र जापानि सरकारको लक्ष्य रहेको छ ।’

नेपालमा दैनिक ४ घण्टा आसपास मात्रै काम गर्ने बानि परेका मितेरीलाइ यो दैनिक सयम लामो हो तर पाँच बर्षमा विशाल मूर्तिहरु सक्नुपर्ने भएकोले यो समय पनि अनिवार्य भएको मितेरीले बताए । ‘हामीले पाँच बर्ष भित्रमा ६० फिटको एउटा, ५० फुटका दुइटा र ३० फुटका चार वटा मूर्ति बनाइसक्नु छ,’ म्यासेन्जरमा आमनेसामने कुरागर्दै मितेरीले भने, ‘यसलाइ संसारकै ठुलो बुद्ध मूर्ति बनाएर विश्व सम्पदा सुचिमा पार्ने यसका प्रायोजक र जापानि सरकारको लक्ष्य रहेको छ ।’

मूर्तिकर्म मितेरीको लागी कुनै नयाँ कार्य हैन तर विदेशमा यस्तो ठुलो जिम्मेवारी पाएर गरेको मूर्ति परियोजना भने यहि पहिलो हो । ३६ बर्षिय मितेरीले मूर्ति बनाँउन सुरु गरेको १३ बर्ष हुँदाताकै हो । हालसम्म उनले साना ठुला गरेर ३ हजार वटा मुर्तिहरु बनाएका छन । अझ २०६२ बाट देखी त उनको राष्ट्रलाइ हजार मुर्ति उपहार दिने सार्वजनिक संकल्पनै गरेका छन । राष्ट्रलाइ हजार मूर्ति उपहार अन्तर्गत उनि संसारका विभिन्न प्रेरणदायि व्याक्तित्वहरुका मूर्तिहरु बनाँउछन ।

हालसम्म २ सय मूर्ति बनाइसकेको यो परियोजनामा उनले अल्बर्ट आइन्टाइन, म्याडम क्युरी, पारीजात, देवकोटा, माहात्मा गान्धि, होचिमिन्ह जास्ता हस्तिहरुको मूर्ति कुँदिसकेका छन । आफ्ना मूर्तिहरु उर्लाबारि चौकको एमके भवनमा प्रदर्शन गरेर राखेका छन ।

हालसम्म २ सय मूर्ति बनाइसकेको यो परियोजनामा उनले अल्बर्ट आइन्टाइन, म्याडम क्युरी, पारीजात, देवकोटा, माहात्मा गान्धि, होचिमिन्ह जास्ता हस्तिहरुको मूर्ति कुँदिसकेका छन । आफ्ना मूर्तिहरु उर्लाबारि चौकको एमके भवनमा प्रदर्शन गरेर राखेका छन । आफु हुँदा आफैपनि बस्ने प्रदर्शन स्थलाइ हाल मुर्तिकार पनि रहेकि मितेरीकै श्रीमती कौसिला राईले रेखदेख गर्छिन ।


जापानी व्यापारी ओसिमा सिजुकीको ३० बर्ष अगाडिको परिकल्पना साकार पार्न जोडिएका मितेरिलाइ भने जापानको इन्टरनेसनल कन्ट्रिव्युसन कलेज पढ्ने चितवनका दिलिप लामिछानेले जोडेका हुन । लामिछानेले सिजुकिको बुद्ध मूर्ति परियोजना सुनेपछि मन्जुल मितेरीको नाम सिफरीस गरेका थिए । अन्ततः मितेरीका आकर्षक मूर्तिहरु हेरेर ओसिमा सेकिबुतुयामा भन्ने कम्पनीले स्विकार गर्यो जहाँ म्यानेजरकै भुमिकामा छन दिलिप लामिछाने जसले मितेरी र सिजुकिको विद्यार्थी हुँदै लिंक गरिदिएका थिए ।


नेपालमा १५ सय रुपैयाँको शिवलिंग देखी १५ लाखको काठमाण्डौ नैकाप स्थित विन्दवासिनी देविको मूर्ति बनाएका मितेरीले जापानमा मूर्ति बनाए बापत चार लाख बढि मासिक तलब पाँउछन । आफुले पाँउने रकम भन्दा पनि देशको प्रतिनिधित्व ठुलो भएको मितेरीको भनाइ छ । ‘यहाँ हामिले पाएको स्यालरीले त्यत्ति अर्थ राख्दैन जत्ति अर्थ यहाँ बुद्धका देशका मूर्तिकारहरुले छाडिगएको विशाल बुद्ध मूर्तिले राख्नेछ’, खुलेर बोल्ने मितेरीले भन्छन, ‘अझ विश्व सम्पदामा सुचिकृत भएपछि त हाम्रो भन्दा हाम्रो देशको शान बढ्ने छ । बुद्धको जुन्मभुमि नेपाल भन्ने प्रमाण हुनेछ ।’

   
हरेक दिन बुद्ध मूर्ति बनाँउन जापानी पहरोमा ग्रान्डर, ड्रिलर, कम्प्रेसर, छिनो र मार्तल हान्दा मितेरीलाइ जत्ति आनन्द आँउछ त्यत्ति आँनन्द आँउछ जब स्थानियले प्रेम पुर्वक खाने कुराहरु ल्याइदिन्छन । नेपाली मूर्तिकार सँगै नेपाली दुतको काम समेत गरेका छन मितेरीले । कामिआमाकुसा पुग्नु आगाडी थुप्रै स्थानियलाइ बुद्ध भारतमा जन्मिएका भन्ने भ्रम थियो । नेपाल देश कहाँपर्छ भन्ने पनि थाहा थिएन । तर, २३ अक्टोबरमा स्थानिय नगर प्रसासनले आयोजना गरेको र्मूिर्तकलाको उद्घाटनमा नेपाली दौरा सुरुवाल र ढाका टोपी लाँएर प्रस्तुत भएका नेपाल मूर्तिकारहरु देख्दा स्थानिय छक्क परे । पछि नेपाली पहिरन भनेर बुझाएपछि भने उनिहरु खुशी भएको मितेरी बताँउछन ।

नेपाली मूर्तिकला र नेपाली परिच जापानको एउटा सहरमा चिनाउने मितेरीलाइ इटहरीका कवि बद्रि भिखारीत ‘आधुनिक अरनिको’ नै भन्छन । उता मितेरी भने आफु अरनिको भन्दा पृथक भएको बताँउछन । फरासिला मितेरी हाँस्दै भन्छन, ‘लिच्छवि कालमा अरनिकोले नेपाली प्यागोडा मूर्तिकला बोकेर चीनमै बस्नुभयो तर जापान आएका हामी बुद्ध मूर्तिकारहरु भने काम सकेर स्वदेशमै आँउछौँ ।’

प्रतिक्रिया

सम्बन्धित