प्रगतिशील लेखक सङ्घको सम्मेलन आयोजक कमिटी गठन

काठमाडौँ, २५ मङ्सिर । प्रगतिशील लेखक सङ्घको आज सम्पन्न ३ नं प्रदेशको प्रथम भेलाले उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा ७७ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।  कमिटीमा सङ्घका केन्द्रीय अध्यक्ष, अन्य उपाध्यक्ष, महासचिव र कोषाध्यक्षबाहेकका सम्बन्धित प्रदेशका पदाधिकारी, सचिवालय सदस्य, राष्ट्रिय परिषद् सदस्य र जिल्ला अध्यक्ष रहेका छन् ।

भेलाले थपलियाको संयोजकत्वमा पुण्य गौतम विश्वास, प्रकाश सिलवाल, आरसी न्यौपाने, कृष्णहरि भट्ट, गौरी दाहाल र साधुराम नेपाल सदस्य रहेको कार्यालय र अन्य विषयगत समिति गठन गरेको छ ।

सो भेलाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष मात्रिका पोखरेलले सङ्घलाई सामाजिक, वैचारिक रूपान्तरणको आन्दोलनका रूपमा विकसित गर्नुपर्ने बताउनुभयो । उक्त भेलामा उपाध्यक्षहरु डा विन्दु शर्मा, पुष्करराज भट्ट, रामप्रकाश पुरीलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा रमण थामी, गौरी दाहाल र सावित्री अधिकारीले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित