बान्तावा कविता प्रतियोगिता सम्पन्न

२५ मंसीर ,  बेल्टार / उदयपुरको बेल्टार–बसाहा नगरपालिकामा सम्पन्न १२ औं बान्तावा कविता प्रतियोगितामा धरान सुनसरीका कवि यादव समिर राई प्रथम भएका छन् । बुङ्वाखाको १२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार साँझ बेल्टार स्थित शहित स्मृति भवनमा सम्पन्न प्रतियोगितामा यादवको (खारु चङ्माङा दोत )सचेत हुनुपर्छ शिर्षकको कविताले प्रथम स्थान हासिल गरेको थियो । प्रथम भएका यादवले नगद १० हजारका साथमा बुङ्वाखा–स्यामराज दुब्देङहाङ स्मृति पुरस्कार सहित प्रमाण–पत्र हात पारे ।

जिर्मले ,इलामका कवि रुपन हाङ्खिम राईको (लाम्याङसा मामायङ)मातृभाषा खोज्दै शिर्षकको कविता दोस्रो भएको थियो । रुपनले दोस्रो हुँदै नगद ६ हजार र प्रमाण–पत्र हात पारे । त्यसैगरी चौदण्डी ,उदयपुरका कवयित्री गंगामाया राईको (मामा)आमा शिर्षकको कविता तेस्रो भएको थियो । तेस्रो स्थान हासिल गर्दै गंगामायाले नगद ४ हजार र प्रमाण–पत्र हात पारिन् । पुरस्कृत कविहरुलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान ,मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङले फेटा गुथेर पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण पछी वोल्दै प्रमुख अतिथि मुकारुङले राज्यको विभेद सहेर पनि मातृभाषा साहित्य दुबो पैmलिएको जस्तो गरी पैmलि रहेको बताए । ‘तातोपानी सहेर पनि दुबो पैmलिएको हुन्छ त्यसैगरी मातृभाषा साहित्यले संघर्ष गरिरहेको छ ।’

विभिन्न जिल्लाका ४७ प्रतियोगी कविहरुको कविता छनौट गरी उत्कृष्ट बाह्रलाई कार्यक्रममा सहभागी गराईएको बुङ्वाखा मासिकका सम्पादक तथा कार्यक्रम संयोजक पदम राईले बताए । बुङ्वाखा मासिकको १२ औं वार्षिकोत्सव तथा नारदमुनी थुलुङ्गको स्मृतिमा प्रतियोगिता सम्पन्न भएको थियो ।

कार्यक्रममा बुङ्वाखाले बुङ्वाखामा सम्बद्ध विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत अर्पण गरेको थियो ।जसमध्ये बुङ्वाखा–विष्णु –मकर बान्तावा राष्ट्रिय पुरस्कार बान्तावा कोषकार डिक बान्तावालाई प्रदान गरिएको थियो । पुरस्कारको राशी तीस हजार र ताम्रपत्र रहेको थियो । त्यस्तै बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कार सिक्किम भारतका गायक बिबि रोब्दुङलाई बीसहजार नगदले पुरस्कृत गरिएको थियो । मैनामैनी उदयपुरका टिकाराम बादिहाङलाई ६ हजार राशीको बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रममा कवि प्रोल्लास सिन्धुलियको पनि उपस्थिति थियो भने गायक मनोज सामसोनले बान्तावा गीतहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित