ग्वङ्गलाई घटराज पुरस्कार

काठमाडौँ, १३ मङ्सिर । घटराज भट्टराई स्मारक कोशले साहित्यकार घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई २०७२ सालको ‘घटराज पुरस्कार’ प्रदान गरेको छ ।

लामो समयसम्म शिक्षा सेवाका साथै नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै आत्मपरक तथा निबन्ध लेखनका अतिरिक्त कला, संस्कृतिका क्षेत्रमा समेत उल्लेखनीय योगदानका निम्ति ग्वंगलाई शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा दिइएको सो पुरस्कारका साथ रु पचास हजार र ताम्रपत्र रहेको कोशका संस्थापक नरेन्द्रराज प्रसाईँले बताउनुभयो ।

कोशका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रयागराज वाशिष्ट, शान्ति रिसाल, अर्चना वाग्ले, डा राजेश भट्टराई, सदस्यसचिव साधना दाहाल लगायतले घटराज र पुरस्कृत व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित