तराइको बिकाश अनि भ्रम र झुटको खेति:-

min-jiमधेशी नेता र भारतले भने जस्तो सिमाङ्कन वा समिधान संसोधन गरेर तराइको बिकाश र तराइ बासीको हित कदापि हुन् सक्दैन,  तराइको समस्या दिर्गकालिन रुपले समाधान हुन् पनि सक्दैन । बरु एदी पांच बिकाश क्षेत्रलाइ नै ५ प्रान्त्र बनाएको भए अति  बैज्ञानिक र सबैलाई मान्य हुने थियो । त्यशो गर्न नसके पनि  उत्तर र दक्षिण मिलायर चार वा  पांच ओटा राज्य बनाउदा पूर्ण राज्य बन्थ्यो । भारतको एउटा प्रान्त्र भन्दा पनि सानो नेपालमा त्यो भन्दा धेरै राज्य आवश्यक छैन । किनकि भारतमा एउटा प्रान्त्रको जनसंख्या नै १० करोड भन्दा बडी छ ।  हिमाल, पहाड र तराई मिलायर राज्य बनाउदा तराइलाई चाहिने बिजुली पहाडले दिन्छ भने पहाडलाई अन्न तराइले दिन्छ । सबै राज्यहरु बिकाशका श्रोत र बिकाशका लागि  चाहिने पुर्बधारमा सम्पूर्ण  रुपले भरिपूर्ण र परिपुरक हुने थियो  ।

 

हिमाल, पहाड र तराई मिलायर राज्य बनाउदा  पर्यटकीय हिसाबले, जलश्रोतको हिसाबले, खनिजका हिसाबले र आत्म निर्भरताको ­­­­हिशाबले बलियो र धनि  राज्य हुन्छ ।  साना-साना जातीय राज्य बनाउदा साधन र श्रोतको अभावल कुनै पनि  राज्य बिकसित र बलियो हुन् सक्दैन । जनताले अझै दुख पाउने छन् । तराइलाइ  मात्र छुट्टै राज्य बनाउदा बिकसित र धनि होइन्छ भन्ने कुरा ठुलो भ्रम हो । तराइमा अन्न मात्र फलाएर तराइ बासि धनि हुन सक्दैनन् ।  त्यशैले तराइलाइ कुनै पनि हालतमा पहाड बाट अलग गर्नु हुदैन । तराइ छुट्टै राज्य बनाउन तराइमा मदेशी समुदायको मात्र बसोबास छैन, अरु पनि बिभिन्न समुदायको बसोबास छ ।

 

तराइको मुख्य समस्या भनेको भारत संगको खुल्ला सिमाना  नै हो । एक अरब भन्दा बडी जनशंख्या भएको र ५० करोड बेरोजगार भएको देश संग खुला सिमाना राखेर कहिले पनि देश बिकास हुन् सक्दैन । अमेरिकाले मेक्सिकोमा हाले जस्तो बोर्डर नहाली हाम्रा तराइ बासि सुरक्षित हुन सक्दैनन्  । तर भारतले नेपाल तिर बार हाल्न चाहन्न, किनकि उसले सिमा मिच्न पाई रहेको छ । भारतले सीमामा यस.यस.बि. तैनाथ गरेको छ, तर नेपाल सरखारले आफ्नो सिमाना रक्षा गर्न सकेको छैन । त्यशैले अब निश्चित ठाउमा प्रबेस द्वार बनाएर बार हालेर आफ्नो सिमा रक्षा गर्नु पर्छ र हाम्रा तराइ बासीलाई सुरक्षित पार्नु पर्छ । स्मरण रहोस भारतले  बंगलादेस, चीन र पाकिस्थान संग बार हालेको छ ।

 

बिहार तिर बाट डाका आएर लुटेर तराइ बासि ढुक्कले सुत्न समेत नसक्ने स्थिति छ अहिले ।  एदी बोर्डर हाल्ने हो भने  नेपालमा अपराध गरेर इन्डिया भाग्ने अनि इन्डियामा अपराध गरेर नेपाल भाग्ने पनि बन्द हुन्छ । तराइ तिर घुम्न डर भएन भने अझै धेरै आन्तरिक र बाहिय पर्यटक तराइ झर्ने छन् ।  अनि हाम्रा तराइ बासीको कृषि उत्पादन पनि बिक्छ । अहिले भारत तिर बाट सस्तोमा काठमान्डौ सम्म भारतीय तरकारी र अन्न आउछ, अनि हाम्रै तराइ बासीको उत्पादन बिक्दैन वा सस्तोमा बेच्न बाध्य हुनु पर्छ । भए भरको नेपाली रुपिया उपभोग्य बस्तु किन्दा भारत पुग्छ अनि नेपाली बजारमा तरलता सृजना हुन्छ । त्यशैले अलि कति महँगो परोस तर नेपाली उत्पादन नै प्रयोग गर्नु पर्दछ ।  अहिले सीमाका नेपालीहरुले केहि सस्तोमा भारतीय समान किन्न पाए पनि समग्रमा त्यशले नेपाली अर्थत्रन्त्र खोक्रो बनाउछ । नेपाली जनताको खल्तीको पैशा भारत पुराउञ्छ ।

 

तराइको अर्को समस्या भनेको बाडी नियन्त्रण हो । भारतले  गर्दा नै नेपाली भुमि डुबानमा परेको हो । त्यशैले अब नदि नियन्त्रण गरेर पानीको सदुपयोग गर्न तिर लाग्नु पर्छ । आफुले प्रयोग गरेर  बडी भएको पानि मात्र भारतलाई दिने हो । नदि नियन्त्रण गर्नु त्यति ठुलो कुरा होइन । आज संसार भरि समुन्द्रमा माटो भरेर सहर बन्दैछन्, हामि सम्म नदीमा  जाबो ४ मिटरको पर्खाल पनि बनाउन सक्दैनौ र ?

 

भारतले  समिधान संसोधन गर तराइ बासीलाई अधिकार  देउ भनेको होइन, भारत बाट छिरेका आफ्ना नागरिकलाइ अधिकार देउ भनेको हो । आफुलाई बडी भएको जनशंख्या नेपाल तिर धकेल्लं खोजेको हो, बेरोजगार जनशंख्या नेपाल तिर धकेल्न खोजेको हो । जसले गर्दा हाम्रा तराइ बासीको रोजीरोटीमा नराम्रो अशर परिरहेको छ । त्यशैले मदेशीको हितमा भारतले बोल्यो भनेर कशैले सोच्छ भने त्यो ठुलो भ्रम हुनेछ । एदी त्यशो हो भने भारतले किन अरु नेपालीलाइ जस्तै भारतीय आर्मीमा मदेशी समुदाएका युवा लिन्न त् ? भारत बाट नागरिता लिन आउने आप्रबासी नै हुन् । त्यशैले भारतले चाहेको समिधान संसोधनले कुनै पनि तराइ बासीको हित हुने वाला छैन । बरु हानि हुने वाला छ । यो कुरामा स्पस्ट हुन् जरुरी छ ।

बिगतमा पनि नेपाल सरखारको चिन्ता कशरि तराइको बिकाश गर्ने भन्दा पनि कसरि तराइ जोगाउने भन्ने मै रह्यो ।  त्यशैले पनि बिगतमा तराइको बिकाश हुन् सकेन । तराइ बिकास हुन नसक्नुको अरु पनि धेरै कारण छन अहिले त्यता पट्टि नजाउ, बरु अब कसरि बिकास गर्ने हो त्यता पट्टि ध्यान केन्द्रित गरौ ।  अहिले पनि भारतको चाहना तराइ बासीलाई तराइ नेपाल तिर हुनु भन्दा भारततिर हुदा फाइदा पुग्छ भन्ने मनोबैज्ञानिक भ्रम सृजना गर्नु नै हो । भारत तिर मजदुरी गरेर कहिले पनि तराइ बासीको जिबन-स्थर सुद्रिन सक्दैन, त्यशैले अब हामीले ठोस बिकासको आधार तयार नपारि हुदैन ।

समिधानमा उल्लेख गर्दैमा सबै कुरा हासिल हुने होइन । मुख्य कुरा बिकास निर्माणका आधार तय गर्नु हो , बाताबरण बनाउनु हो । तराइ केन्द्रित नेताहरु सिधा भन्नु पर्दा आर्थिक प्रलोबनमा परेर भारत संग बिकेका हुन् । किनकि उनीहरुले उठाएको कुनै पनि माग तराइको जनताको हितमा छैन ।  तराइको जनतालाई अधिकार दिनु पर्यो भनेर मुखले बोल्दीदैमा केहि हुने वाला छैन । आचारण  र व्यवहारमा पनि त्यो कुरा देखिनु पर्छ । समिधान जारि नै हुन् नदिएर असफल राष्ट बनाउने दाउ थियो तर नेपाली जनताको कर बाट ५ बर्ष तलब भत्ता खाएका हुनाले ब्यापक जन दबाबले गर्दा बाध्य भएर समिधान जारि गरेका मात्र हुन् । एदी तराइको समस्या प्रति साचिकै चिन्तित र गम्बिर हो भने दाइजो प्रथाको बिरुद्ध आवाज उठाउनुहोस, हलिया र चरुवाको बारेमा आवाज उठाउनुहोस, जात पात छुवाछुतको बिरुद्ध आवाज उठाउनुहोस, दाइजो नल्याउदा हुने हत्याको बिरुद्ध आवाज उठाउनुहोस ।

समिधान संसोधन गरेर दाइजो लिन नपाइने बनाउनुहोस । किनकि दाइजोको लोबमा अर्को बिहे गर्न बुहारिकै हत्या गर्ने घटना बार बार हुदा यी नेतालाई किन छुदैन ? अलि कति बिबेक अलि कति संबेदनसिलता केहि पनि छैन ? अहिले अनेकौ  माग ल्याएर, अनेक थरि बखेडा झिकेर  अस्थिरता सृजना गरि भारत खुशी पार्ने र चुनाब भाड्ने चाल मात्र हो । भुलाउ र झुलाउ रणनीति अबलम्बन गरेर जनताको आँखामा छारो हाल्ने दाउ मात्र हो । धेरै जसो तराइ केन्द्रित दल देश र जनता प्रति  इमान्दार छैनन् । मौका पर्दा सरखारमा गएर मालामाल हुने , अनि मौका पर्दा भारत संग मिलेर फाइदा लिनु यिनीहरुको दिन चर्या नै हो ।  आफु टन्न कमाएर बसेका छन् तर दर्जनौ चोटी मन्त्रि हुदा यिनले जनताको लागि के गरे ?  बरु त्यो भन्दा बडी त् केपी ओलीले गरे ।

नाकाबन्दी र भूकम्पले थलिएको बेलामा पनि  तराइ पहाडको बिकाशमा लिएको निर्णयको तारिफ गर्ने पर्छ । सुशील कोइरालाले पनि  २० महिना सरखारमा हुदा तराइको लागि सिन्को भाच्न सकेनन । त्यशैले तराइ बासि सम्पूर्ण  नेपालीहरुलाइ बिनम्र अनुरोध छ । यी स्वार्थी नेताको भर परेर पहाड बाट तराइ छुट्टाउने कुराको पछाडी नलाग्नुहोस । यी त भ्रम र झुटको खेति गरेर मालामाल हुने दाउमा छन् ।   यिनीहरुको कुराको बिस्वाश गर्दा भबिश्यमा तपाईंहरु अझ कंगाल हुनु हुनेछ, हाम्रा सन्ततिले अझै दुख पाउने छन् । त्यशैले नेपाली हुनुमा गर्ब गर्नुहोस ।

मिलेर देस बिकास गरौ । हामि मिलेमा देश बिकाश असम्भव छैन ।  देशको बिकाश गरौ अनि हिमाल पहाड तराइ जता मन लाग्छ उतै बस्नुहोस ।  समिधानमा सबै नेपालीहरुलाई उत्तिकै हक र अधिकार छ । हामीले देशलाइ केहि दिने हो भने हामीलाई देशले धेरै थोक दिने छ ।

प्रतिक्रिया

सम्बन्धित