घर  नगएकाे  धेरै  भएकाे  थियाे  येा  बाहनाले  भेट  पनि  हुन  पाइने  भाे ।

मंसिरकाे चिसाे  महिना  गाडि  पनि  नपाइने हिडेर जादा  चार  पाच  घण्टा  लाग्थ्यो । गाउकै एक  जना  केटा  लुकेस  भन्ने साथिसंगै  गाउँ  जाँदै  थिए । बाटाेमा  केही  जंगल  थियाे । तै  पनि  हामी हिडेकाे  एक  घण्टा पछि   अर्कि  साथिसंग  भेट  भाे । कुरा  गर्दै  बाटाे  काटेकाे  पत्ताे  भएन । घर  पुग्दा  रात  परिसकेकाे  थियाे । खुट्टा  र  शरीर निकै  दुखेकाे  थियाे ।

घरमा  भाउजू  एक्लै थिइन ।  देख्ने  बित्तिक‌ै नानी  अाइन  भन्दै  अंकमाल  गर्न  भाउजू अाइ  पुगिन । उनी  अाफ्नै  काेठामा  थिईन । दाइ खाेई  त  भनेर  साेधे । दाइ बाहिर  कतै  गएकाे र अलि  अबेर  गरेर  अाउने थाहा पाए । उनकै काेठाकाे  साेफामा  बसे । उनले  अनेक थरि  कुरा  गरेर  जिस्काउदै  थिईन । अब  कान्छिका  पनि  गाला  राता  हुने भए । हामी  जिस्कदै  थियाे । खाजा  ल्याईदिनु भाे । निकै  गर्मि भएकाेले काेट काडे  भित्र  छाेटाे हाफ  टिसर्ट  लगाए । घरमा  बस्दा  प्राय  फ्रक  लगाउथे । दादाले  किनिदिएकाे  ,त्याे  पनि  तिहारमा । सारै  थकानले  हाेला म साेफा मै  झुलेछु । भाउजुले  खाटतिर  सरेर  सुत्नु  म  तल काम  छ  अलि  ढिला  अाउछु  भनेर कता गइछन । अाज यहि  संगै  सुत्ने  दाइ  नअाउना  नि  सक्नुहुनछ।   रात  परिसकेकाे रहेछ ।निद्राले  च्यापिसकेकाे  थियाे केही  पत्ताे  पाएन ।

अाउने बेला  मैले  दादालाइ  कल  गरेकाे  थिए  तर  फाेन  उठेन । म  घर अाउने  भन्ने  थाहा  थियाे , भुल्नु  भएछ  । खै  कुन  बेला  रक्सिकाे  तालमा  अाउनु भएकाे  रहेछ  मलाई  केही  थाहा  भएन ।

जतिबेला  म  ब्युझिए म  पुरै अकल्पनीय  दुनियामा  थिए । मानाै  म कुनै नर्कमा  छु । कुनै  30/25  बर्षकाे  पुरुष  म माथि  जबरजस्ति  गर्दै  रहेछ । म निकै  भक्कानिएकि  थिए,  मुखबाट  बाेलि  फुटेन । त्याे  मान्छे  अरु  काेहि  नभएर  स्वयम्  मेराे  दाइ  थियाे ।

रक्सिकाे  नसामा  दाइले  म र भाउजु  छुट्उाउन  सक्नु  भएन । मैले  दाइ  याे  के  गरेकाे  भन्दा भन्दै  पनि  मलाइ  …… ।  म  बलात्कारमा  परे अाफ्नै  घरमा  त्याे  पनि  अाफ्नै  दाइबाट ।      बाहिर  हिड्दा  सुरक्षित   भएकि  म  अाफ्नै  घरमा  असुरक्षित रहेछु । अाखिर  कहाँ  छाै  हामी  सुरक्षित ?   कहाँ ? कसरि  सम्हालु  अाफुलाई  , के  गरु  अब ?

राति  नै  भागेर  भिरबाट  हाम  फालेर  मर्न  मन  लागेकाे  थियाे ।तर   फेरि दुनियाले  केभन्ला ?  यहाँ  अाफ्नाे  भन्दा  परिवारकाे  इज्जत  र दुनियाकाे  अाखामा  राम्राे  हुनुपर्छ । यस्ता  कैयाे  घटना  छन  जाे  चुपचाप  गायब  बनाएर  महिला पीडा  दिईएका ।

हामी  सानाेमा  संगै  सुत्थ्याे । दादा नभए सम्म  निद्रा  लाग्ने थिएन ।  अाखिर  सम्बन्ध  उहीँ  थियाे दाजु  बहिनिकाे ।  माया  उस्तै  थियाे  हामी  बिचमा । त्यतिबेला   भन्दा  8/10  बर्ष  पुरानी  भए  । त्यतिबेला  म  केहि  सानी  थिए अहिले  केही  ठुली ।   दाेष  कसकाे  ? उमेरले  ल्याउने  चाहना र  शरिरकाे   ? यात  त्याे   गल्ति  नै  हाेईन ?  म  अनेकाै  प्रश्नले  घेरिए  । झिमरिले  गाेला  घेरे  झै ।

    पुरुष  मन  अाखिर  पुरुष  नै  हुदाेरहेछ   । ,जति  पढेकाे  ज्ञानी  भए  पनि  केही  कुरामा  पुरुषहरु  ककुर  सरह  हुदा रहेछन ।  अचेतन  मान्छेहरुकाे  अन्धाे  अाखाले   केही  छट्याउन  सक्दाे रहेनछ।

म अाफैले अाफैलाइ  सम्हाल्न  सकेकि  थिईन । अाकाश  खसेर, अचेटे जस्तै  भयाे । अब  म  के गरु  के। नगरु  ।कसैलाइ भने पनि कसैले  बिश्वास गर्ने  कुरा  छैन ।  याे  कुरा  अरुलाइ  थाहा  भए  पहिला  दाइ  मर्ने  छ  , म कसरि  बिबाह  भएकाे  छ सात  महिनामा  त्यि मेरै  उमेरकि  भाउजु लाई  बिधुवा  बनाउन  सक्छु ?  अन्याय  सहेर  बस्न  हुन्न  भनेर  दुनियालाइ  सिकाउने   कठै म । छाेरिकाे  बिबाह  गरि  मलाइ खुसि  राख्न  तम्सेका  बाबा अामा  कसरी  बाच्लान याे  कुराले ।  मलाइ  फाेटाे  देखेर  मन  पारि  मलाइ  धरमपत्नि  बनाउने  सपना सजाएकाे  त्याे  अभागि  पुरुषलाइ  कति  पीडा  हाेला ?  चिच्याएर  राेए, रन्फनिए  काेेपरे  अाफैले अाफैलाइ ।

अाजबाट   म    म , रहिन । मेराे  जिन्दगि  अाजबाट  मेराे  जिन्दगि  रहेन ।कुनै  एक  पसरुषकाे  स्पर्शमा  अडेकाे रहेछ  हाम्राे  संसार । मलाइ  याे  संसार  नै  अर्काे  लाग्याे । एक   पटक  कसैबाट  लुटिनु  थियाे   त्याे थाहा  थियाे । बाउ अामाले  दिएकाे  वा  अाफैले  मनले  चाहेकाे  कुनै  एक  पुरुषलाइ  लुटाउनु  थियाे त्याे  पनि  थाहा थियाे  ।

लुटिनु  र  लुटाउनुमा  कति  फरक  रहेछ  हगि । नेपाली  चेलिहरु,बिबाहकाे नाममा  दुइचारजनाकाे  साक्षिमा  लुटिन्छन ,प्रेमकाे  बहाना  बनाएर  लुटिन्छन । बम्बै  र  बिदेशि  काेठिहरुमा  पनि  लुटिन्छन  । अझै यस्ता  धेरै  लुटाइहरु  छन । मेराे  कुराले  चित्तदुख्ला ।  मलाइ  घृणा  गर्नुहाेला । मैले  यसकारण  राखे  फेसबुकमा  मेराे नाम  बलात्कृत  बहिनी । अब मसंग कुनै  मसेज  गर्न  सक्नुहुन्न तर  तपाइका  लेख  रचना  म  जसरि  पनि  पढिरहेकि  हुनेछु ।

उहि  शशि ।

सबै  मेसेज  पढेपछि  मन भारि  भयाे   साना  तीना  गल्तिले  ठुलाे  दुर्घटना  ल्याउदाे रहेछ   । केही सान्त्वना दिन  मन  लागेर केही  लेखेकाे  थिए तर  उनले मलाइ  ब्लक  गरिसकिछन । मेसेज  गएन ।

प्रतिक्रिया

सम्बन्धित