महिला पत्रकारीताका अवस्था र चुनौती

renu-parajuli
रेणु पराजुली

पत्रकारीता पेशा निकै चुनौतीपूर्ण छ। यो पेशा महिलाहरूका लागि मात्रै हैन पुरुषका लागि पनि त्यत्ति नै चुनौतीपूर्ण छ। महिला र पुरुषले सामना गर्नुपर्ने चुनौती भने फरक छन्। पत्रकार पुरुषका लागि आर्थिक र भौतिक असुरक्षा छ भने महिलाले यसका साथै सामाजिक असुरक्षाको समेत सामना गर्नुपर्ने वाध्यता छ ।

मैले पत्रकारिता सुरु गरेको ६ वर्ष भयो र याे ६ बर्षे अन्तरालमा मैले २ पहाडी जिल्ला र १ हिमाली जिल्ला सोलुखुम्बुमा काम गरेको छु । तर मलै कुनै पनी जिल्लामा महिला पत्रकारले व्यवसायिक रुपमा पत्रकारीतालाई अगाडी बढाएको भने पाईन । कारण पहाडी जिल्लामा म पत्रकारीतामा राम्रो काम गरेर अघि बढ्छु भन्ने महिला पत्रकार कमै भेटिन्छन् भएका पनि एउटा कार्यक्रम चलाउने बढी भेटिन्छन् । जसले गर्दा पत्रकारीतामा टिक्दैनन् ।

समाचारमा कामै नगरेको पुरुषलाई समाचार प्रमुख राखिन्छ, कार्यक्रममा कामै नगरेकोलाई कार्यक्रम प्रमुख राखिन्छ । तर जो महिला समाचारमा काम गरिरहेको छ, जो कार्यक्रममा काम गरिरहेको छ, हरेक क्षेत्रबाट महिला पत्रकार सक्षम भएपनि महिला पत्रकारलाई स्थान दिईदैन । सक्षम महिला पत्रकारको कुनै स्थान छैन् । राम्रा हैन् हाम्रालाई स्थान दिने प्रवृति छ ।

अधिकांस महिला पत्रकारहरुले कार्यक्षेत्रमा अझैपनि खुलेर लाग्न सक्ने अवस्था छैन् । पारिश्रमिक देखि अन्य धेरै कुरामा अझैपनि महिला पत्रकारहरु पछि परेका छन् । महिला पत्रकारलाई दोस्रो दर्जामा राखिन्छ । जसले गर्दा याे पेसामा टिकिराख्न सक्ने अवस्था छैन् ।

राज्यको चौथो अंग मानिने पत्रकारीताका क्षेत्रमा महिला पत्रकारहरु पेसामा लागेको केहि समय पछि नै पलायन हुन्छन । किन दिर्घकाल सम्म यस पेशामा रहन सक्दैनन् ? यो एक गम्भिर प्रश्न उठ्न पुगेको छ ।

राज्यको चौथो अंग मानिने पत्रकारीताका क्षेत्रमा महिला पत्रकारहरु पेसामा लागेको केहि समय पछि नै पलायन हुन्छन । किन दिर्घकाल सम्म यस पेशामा रहन सक्दैनन् ? यो एक गम्भिर प्रश्न उठ्न पुगेको छ । हामी ठुलो जोस र आँट लिएर प्रवेश गर्ने पत्रकारीताको क्षेत्रमा किन केही समय पश्चातनै पेशा छोड्ने अवस्थाको सृजना हुन्छ । महिला पत्रकार भएको नाताले हामीले छुट्टै सम्मान चाहेका छैनौ र चाहने पनि छैनौ, चाहेका छौ त केवल आत्मासम्मान अनि पुरुष पत्रकार दाजु भाई माझ समान रुपमा काम गर्न सक्ने वातावरण ।

पुरुष पत्रकार साथि सग समन्वय गर्दा वा समाचार रिर्पोटिंगमा एक्लै हिड्दा समाजले कुरा काटने गरेका कारण पनि मोफसलका महिला पत्रकारमा आफ्नो पेशाप्रति हिनतावोध भएको पाइन्छ फलस्वरुप महिला पत्रकार पत्रकारिता बाट पलायन हुन पुग्छन् ।

हामीकहाँ छोरी चेलीको इज्जत लाई काँचसँग तुलना गरिन्छ भनिन्छ काँच जस्तै संवेदनशिल हुन्छ रे छोरी चेलीको इज्जत । केहि गर्ने इच्छा र आँट बोकेका महिला पत्रकारको खुट्टा तान्नका लागि उसको नियतिका बारेमा प्रश्न उठाइन्छ । आखिर कसले दियो यो अधिकार ?

पत्रकारीता क्षेत्रमा लागेका महिला पत्रकारको कामको मुल्याङ्कन संगै प्रोत्साहन गर्ने चलन कमै मात्र भएको पाईन्छ । जसले गर्दा दक्ष महिला पत्रकार यस पेसाबाट विस्तारै पलायन हुनेक्रम जारी छ ।

आजको महंगीको समयमा आफु सम्बन्धित संचार माध्यमले सन्तोषजनक रुपमा समयमा पारिश्रमिक दिन नसक्नु, विवाहित महिला पत्रकारले घरबार र पत्रकारिता पेशा विच तालमेल मिलाउन नसक्नु आदि कारणहरु रहेका छन् महिला पत्रकार पलायन हुनुमा ।

अरुका हिंसामा कलम चलाउने हामी महिला पत्रकार आफै पनि कुनै न कुनै बेला लैगिंक हिंसाको चपेटामा पर्ने गर्दछौ । त्यसतर्फ पनि महिला पत्रकार सचेत भएर काम गर्नुपर्ने अवस्था छ ।

महिला पत्रकार भएर स्थापित हुन ठुला चुनौती रहेको छ । पत्रकारितामा प्रवेश गर्न चाहाने नव प्रवेशी महिला मित्रलाई निकै ठुलो हिम्मतको आवश्यकता छ । एक त चुनौती पुर्ण कार्य पत्रकारिता, त्यसमा पनि महिला भएर फिल्डमा निस्किदा बाहिरी बातावरणसँग आफैलाइ ढाल्न नै निकै कठिन हुन्छ । तर हिम्मत र हौसला रहेमा जस्तो सुकै कठिनाई पार गरि एक दिन लक्ष्यमा अवश्य पुग्न सकिन्छ ।

पछिल्लो समयमा रेडियोमा बोल्नको लागि मात्र महिला पत्रकारको प्रवेश भएको पाईन्छ ।ओखलढुगां जिल्लाकै सन्दर्भमा जिल्लामा ४ वटा रेडियो २ वटा पत्रिका संचालनमा छन् । तर विडम्वना पत्रिकामा समाचार लेख्ने महिला पत्रकार १ र २ मा गन्न सकिन्छ् । जिल्लामा सञ्चालनमा रहेका ४ ओटा रेडियोमा पनि समाचारको क्षेत्रमा काम गर्ने महिला पत्रकार कमै छन् । महिला पत्रकारहरु केवल कार्यक्रममा मात्र सिमित भएको देखिन्छ । कार्यक्रममा पनि विकासे कार्यक्रम चलाउनु भन्दा पनि मनोरञ्जानात्मक कार्यक्रम चलाउने मात्र बढी देखिन्छ । यसले गर्दा नी महिला पत्रकारलाई समस्या आएको देखिन्छ । किनकी पत्रकारीता पेसालाई निरन्तर दिन सक्ने माध्यम भनेको नै समाचार लेख्न सक्ने दक्षता, खोज मूलक अनुसन्धान र फिल्डमा गएर ल्याउन सकिने सामाग्री नै हो ।

भर्खर पत्रकारिता सिक्दै गरेको पुरुष र सात आठ वर्षदेखी पत्रकारिता गरिरहेकी महिलालाई एउटै दाँजोमा राखेर हेरिनुले पत्रकार महिलालाई हेर्ने दृष्टिकोण प्रष्टिन्छ।

भर्खर पत्रकारिता सिक्दै गरेको पुरुष र सात आठ वर्षदेखी पत्रकारिता गरिरहेकी महिलालाई एउटै दाँजोमा राखेर हेरिनुले पत्रकार महिलालाई हेर्ने दृष्टिकोण प्रष्टिन्छ। जतिसुकै अनुभवी र क्षमतावान भए पनि पुरुषको तुलनामा पत्रकार महिला कमजोर नै हुन्छन् भन्ने मानसिकता पनि दरिलै छ ।

अवसर भएको अवस्थामा पनि महिलालाई निर्णायक स्थानमा राख्न उनीहरु चाहँदैनन्। तसर्थ, यदि लैङ्गिक विभेदरहित समाज निर्माण गर्ने हो भने सञ्चार क्षेत्रमा पत्रकार महिलाको संख्या नबढाइ सुखै छैन। पेशागत क्षमता र दक्षताको आधारमा पत्रकार महिलालाई अवसर दिँदैँ जाने र सञ्चारगृह महिलामैत्री बन्ने हो भनेमात्र पत्रकार महिलाले भोग्दै आएका चुनौती न्युनीकरणमा मद्दत पुग्नेछ ।

(लेखक ओखलढुगांका सक्रिय महिला पत्रकार हुनुहुन्छ। )

प्रतिक्रिया

सम्बन्धित