डलरबादीहरुलाई खुल्ला पत्र

dalarbadi

म आँफै नारी र महिला अधिकारकर्मी भएको हुँदा कन्चन शर्मा रेग्मीको अन्तरर्वाता सुमन सँग भन्ने कान्तिपुर टेलिभिजनमा हेरिरहे । ति बुढी आमाको कुरा सुन्दा आँखाबाट आसुँ झरिरह्यो । आखिर म पनि महिला नै त हुँ , आज उनको पालो आयो भोली हामी जस्तै अरुको पनि यो हालत हुँदैन भन्नेमा सङ्का लगिरह्यो । यो समाजमा धेरै मान्छे पतीबाट पीडित छन , कानुन दूरदराज सम्म पुग्न नसकेको परिस्थिती छ । मलाई यो अन्तरर्वाताले धेरै सोच्ने बनायो , सत्य के हो ? असत्य के हो ? मैले छुट्टाउनै सकिन तर मलाई एकिन थियो यहाँ केही न केही त गडबडी छ ।

सडक बालबालिकका नाममा संस्था खोलेर कमाउ धन्दामा लाग्नेहरु छन् यहाँ , महिला स्याहार केन्द्र खोलेर बेश्याबृत्तिमा लगाउने संस्था पनि छन यहाँ । यो दुनियाँ मै नभएको कुरा हाम्रै समाजमा छन् । राज्य यती निकम्मा छ कि चाहेर पनि डलरबादीहरु लाई नियन्तरण गर्न सक्दैन । कतै यो पुरै प्रपन्च डलरबादी कै साँठगाठमा भएको त होइन ? कान्तिपुर जस्तो प्रतिष्ठित मिडिया र बरिष्ठ पत्रकार झुक्किने कुरा त सम्भाबना नै छैन । हो , पुरुष प्रधान देशमा महिला माथि चरम शोषण छ ।

अन्याय , अत्याचार र दमन पनि बिकराल छ । महिला मुक्तीका निम्ती आवाज बुलन्द गर्नु पर्छ तर त्यही महिलालाई लिएर डलरबादी राजनीति गर्नु यो मानवता बिरोधी र नेपाली समाजलाई शिथिल बनाउने प्रपन्च मात्र हो । हिजो तिनै कन्चन सात बर्ष सडक मै भौतारिदा कहाँ थिए समाजसेवीहरु ? सडकबाट संस्थामा लग्ने बित्तिकै यो प्रचारमा संस्था लाग्यो कि लागेन ? के त्यो संस्थाको लोकप्रियताबादी मन्चन यो हो कि होइन ? भत्किएका घरहरुलाई स्यहार सम्भार गर्दै अगाडि बढने हो कि घरहरु भात्काउदै हिंड्ने हो , प्रश्न समाजसेवीलाई ?

जुन गलत प्रचार गरेर त्यो परिवारलाई समाज मै बस्न गाह्रो हुने स्थिती र मानसिक पिडा दिइएको छ , यसको जिम्मा कान्तिपुर टेलिभिजन र सम्बन्धित संस्थाले लिने कि नलिने ? सत्य तथ्य नबुझी जे मन लाग्यो त्यो गर्न पाईन्छ ? यदी यो छुट तिमीहरुलाई छ भने आम नेपाली हामीलाई पनि भ्रामक प्रचार गर्ने छुट छ । कानुन सबैका लागी समान हुनुपर्छ । चर्चामा आउन यति सम्मको तुच्छ व्यबहार गर्नेलाई कारबाही हुन्छ कि हुँदैन ? सरकार लाई मेरो प्रश्न छ । बिधीको शासन र कानुनको राज छ कि छैन ?

मिडियाले सम्बन्धित परिवारको चरित्र हत्या गर्‍यो कि गरेन ? एक पक्षीय रुपमा कुनै कुराको प्रचार गर्नु ,के यो संचार जगतको इमान्दारितामा पर्छ पत्रकार ज्यु ? मलाई तपाईं माथि पनि सङ्का छ , आम नेपाली जनताको भाईचाराको सम्बन्धलाई खल्बलाउन तपाईं पनि कतै बाट परिचालित हुनु भो कि ? नेपाली जनतालाई तपाईंले जवाफ दिनै पर्छ । यदि गलत सुचना प्रभा गर्ने छुट तपाईंलाई हुन्छ भने , करोडौ नेपालीले पनि प्रश्न गर्न पाउने र गाली गर्ने छुट छ ।

सानालाई कानुन ठुलाले के मानुन् भन्ने हो भने यो अराजक परिस्थितीको जिम्मा तपाईंले लिनै पर्छ । समाजमा महिला पीडित पुरुषहरु पनि छन भन्ने प्रमाण हो यो । मलाई हजुर सँग अरु कुरामा दुखेसो होइन तर तपाईंले संचार जगतको दुरुपयोग गरी गलत समाचार सम्प्रेशण गर्दा मानबियता र परिवारवादमा गम्भिर असर पुगेको छ । नेपाली परिवारबादी संरचना माथि प्रहार गरिरहदा तपाईंको नैतिकता र इमादारिता माथि हामीले प्रश्न गर्न पाउने कि नपाउने ? जुन गजल कन्चनले सुनाउनु भो त्यो अरुले नै लेखेको भनेर बाहिर आउँदा कतै हाम्रो संचार जगत अध्यारोमा  त छैन ।

सावित्री सुवेदी (सगरमाथाकी छोरी)
बारा

प्रतिक्रिया

सम्बन्धित