सरकार एक भोटर को किमत कती ?

खेमराज दाहाल
खेमराज दाहाल

दिनभर को काम सकेर आफ्नो रूम पुगेर केहि आलाश्यका साथ आफ्नो कम्प्यूटर खोल्दै फेसबुक लगइन गर्न साथ न्यूजफीड मा कॉंग्रेश नेत्री सुजता कोइराला लाई उपचारार्थ रु ५० लाख रुपया दिने निर्णय मन्त्री परिषद बाट पारित भएको खबरहरु वाल भरी देखे । दिनभर पसीना बगायेर आएको म एउटा प्रबाशी लाई सो समाचारले आफु बसेको ठाउँ नै भासीय जस्तो अनुभब भयो । राजनितिक अस्थिराताका कारन देशका मजस्ता लाखौ युबा हरु प्रबाश मा पिसोलिरहनु परेको छ । देश को अर्थतन्त्र यती गिर्दो अबस्था मा छ जस्लाई धान्न को लागी हामी जस्ता प्रबाशी हरुले पठाएको रेमीट्यान्स लाइ अर्थतन्त्र को प्रमुख अंग मान्न पर्ने अबस्था छ ।

त्यही रेमीट्यायान्स गर्ने प्रबाशी प्रबाशमा हजारौ दिन देखी मृत्य कुरी बसेको छ भने कोही मृत्यबरण गरी प्रबाश मा कुहियेर बसेका छन ।देश को अर्थतन्त्र मा अनगिन्ती टेवा पुर्याउने त्यो नागरिकको एक भोट बाट उच्च नेतृत्वमा पुगेका हरु समृद्ध देश कल्पना त कता हो कता ब्यक्तिगत उपचार खर्च भन्दै सरकारी ढुकुटी बाट ब्रम्हलुट गर्दै आएका छन ।

बर्ष को तीन पटक सम्म सरकार परिबर्तन हुने हाम्रो मुलुकमा राजनितिक दल हरुले आफ्नो अभीष्ट पूरा गर्न हामी जनता लाइ सडकमा उतार्दै ५० लाख मृत्यको मुल्यको तोक्छन भने सरकार २० kgचामल को दरले जनता को पेट भर्ने अभिब्यक्ति दिन्छन ।

क्यान्सर या अन्य रोगबाट पीडित हजारौ नागरिक मृत्यु सँग लडी रहेका छन । कतिपय मानिस हरु सामान्य उपचार खर्चसमेत नपायेर मृत्यु कुरी बसेका छन भने कती ले आत्माआलोचित हुदै आत्मा हत्या सम्म गरेका छन । ति नागरिक प्रति राज्य अथवा सरकार को दायित्व एउटा नेता अथवा कार्यकर्ता लाई मात्र कसरी हुन सक्छ ।

राज्य ले सबैलाई समान रूप मा हेर्नु पर्छ भनेर नै नियम कानुन हरु बनाइन्छ । हाम्रो जस्तो विपन्न मुलुक र समाज मा लाखौ परिवार गरीब छन । ऊनि हरुले उपचार गराउन आर्थिक स्रोत सम्म जुटाउन सक्दैनन , त्यस्ता नागरिक हरुको लागी राज्य ले कुनै ब्यबस्था गरेको छैन तर आज तिनै नागरिक को भोट ले नेता बन्न पुगेका हरु लाई देश ले असीमित आर्थिक सहयोग दिनु ति नागरिक हरु को खिल्ली उडाउनु जस्तै हो ।

प्राण घातक रोग लागेका नागरिक हरु लाई राज्य बाट फरक फरक ब्यबहार गरेर देश का नागरिक हरु लाई दुइ दर्जा को बनाएको छ । राजनीती समाजसेवा को लागी गरिन्छ तर तिनै समाज का नागरिक बाट उठेको पसीना को कमाई लाई नेता भनाउदा हरु ले राज्यबाट अर्बौं रुपिया बाडिनु कस्तो प्रथा हो ।

सर्ब साधारण नागरिकले सिटामोल जस्तो सामान्य औसधि समेत नपाउने तर तीनै जनता बाट निर्बाचित हरु ले आफ्नो पहुच को भर मा राज्यकोष बाट उपचारार्थ अर्बौ रुपैया पाउनु हामी नागरिक सँग हाम्रा शाशक कती गैरजिम्बेवार रहेछन भन्ने कुरा को निर्क्योल देखाएको छ । बिनाश कारी भुकम्म गएको डेड बर्ष बिती सक्दा पनि हजारौ भूकम्प पिडित हरु खुल्ला आकाश मुनी सुत्न बाध्य छन , जाडो ले कती बाल बच्चा र बुडा बुडी को अकाल मा मृत्य भएको छ । देश का बिभिन्न स्थान हरुमा कुपोषण को कारण बर्शेनी सयेउ बाल बच्चा हरुको मृत्यु भएको खबर आउछन ।देश एस्तो अबस्था परेकोबेला तिनै नागरिक को कर बाट उठेको रकम ले मुलुक भित्रै नीको हुने रोग हरु पनि बिदेश मा गएर उपचार गरायर राज्यकोष को चरम दोहन गर्दै आएका छन ।

एउटा लोकतान्त्रिक मुलुकका लागी जनता र शाशक बर्ग हरु एकै दर्जाका हुन पर्ने मा यहाँ नागरिक र शाशक हरु लाई दुइ दर्जामा राखिएको छ । उच्च आर्थिक हैसियत भएका नेता हरुलाई पनी राज्यकोष बाट उपचार खर्च दीदा त्यो शाशक बर्ग लाई त्यस स्थान सम्म पुर्याउने त्यो सर्बसाधरण नागरिकको त्यो एक भोटको मूल्य भने मृत्यु सँग दाजीएको छ ।

मुलुकमा भ्रष्टचार ले कसरी जरा गाडेको छ भन्ने कुरा यहा बताई रहन नपर्ला लोकमान प्रकरण बाट छर्लंग भएको भ्रष्टचारको नालीबेली शाशक बर्ग बाट देखिने गरी नै राज्यकोष को लुट भइ रहेको छ | निषर्थ नागरिक को जिउ धनको सुरक्षा कालागी खट्टियेका सुरक्षा कर्मी माथी जाई लागी मारीने लाई सहीत शहिद घोषणा गरी लाखौको रकम वाडी राज्यकोष को चरम दुरुपयोग भइरहेकोछ ।

भर्खरै मात्र सरकार ले देश ब्यापी रुपमा कर दिवश मनाय तर त्यही करबापत उठेको रकम पहुच वालाहरुलाई बाडी तिनै कर तिर्ने नागरिकको धज्जी उडाएको छ l राजनीतिक दलका नेता अथवा कार्यकर्ता भयेकोनै आधारमा रकम बाँड्नुले नागरिक हरुबाट राजनीति र नेतृत्व प्रति बिश्वाश गुम्दै गयको छ । गत दुई बर्षमा मात्र नेता हरुको उपचार खर्चको लागि भन्दै मुलुकको राज्यकोषबाट सात करोड रुपैयाँ सकि सकेका छन । यता भुकम्प र बाढीपहिरोबाट हजारौं घर परिवार घरबार बिहिन भएका छन । देशका नागरिक हरु भोको पेट र नाङ्गो शरीरमा रात कटाउन बाध्य छन भने तिनै नागरिकहरूको हकअधिकार को लागी गयका नेताकार्यकर्ता भने सामान्य रोग हरुको नेपालमा उपचार सम्भब हुँदै पनि बिदेश धाउने प्रचलन बसेको छ ।

प्रतिक्रिया

सम्बन्धित