‘९५ प्रतिशत पत्रिकाको व्यापार इन्टरनेटले खोस्यो’

मिलन बिछोड
मिलन बिछोड

चालिसको दशक तिर होला आफ्नो  पुस्तक पसलबाट भाडामा किताब दिएको लेखबहादुर श्रेष्ठलाई ताजै छ । लामो समय लाइन लागेर किताव र पत्रिका किन्नेको भिड सम्झिंदा कुनै कथाको पटकथा नै हो कि जस्तो लाग्ने उनि बताउँछन् । उ बेला अत्याधिक विक्ने किताव कमिक्सको थियो । युवाहरुले खुव मन पराउने उक्त किताबको मुल्य हुन्थ्यो दश, तर उनले पचास भन्दा धेरै रकम त किताब भाडा लगाएरै जम्मा गर्थे ।

कमिक्सको किताब पढ्ने मध्येका एक थिए दिपक गौतम उनि साथिभाइ माझ कमिक्स पढ्न खुव रौसिन्थे । विगत सम्झंदै गौतम भन्छन् – ‘बुढाले दशको सामानबाट पचास उठाइ हाल्थे । कम व्यापार थियो र ! ‘ हुन पनि इटहरीमा पत्रीका भन्ने वित्तिकै सोनी पुस्तक पसल र लेखबहादुरश्रेष्ठको नाम आइहाल्छ । शहरमा सुचना बाँड्नुपुर्व उनकै हातमा पत्रिका आउने । देश दुनियाँको खबर उनि पहिले थाहा पाइसक्थे । अहिले जस्तो इन्टरनेट र रेडियो टिभिको सहज पहुँच नभएको अवस्थामा सुचना सँवाहकको रुपमा श्रेष्ठ सुचनाका पहिलो जानकार ठहरिन्थे ।

२०१५ सालमा काठमाण्डौको लुवुमा जन्मेका श्रेष्ठ परिवारको ७ सन्तान मध्येका जेठो हुन् । उनि ६ महिनाको हुँदै वुवाले कामको सिलसिलामा धरान ल्याइपुु¥याए । बुवा वृटिस सरकार अन्तर्गतको सडक प्रोजेक्टमा काम गर्नु हुन्थ्यो । धरान पछि वसाई सुनसरीको दुहवीमा भयो । त्यहाँ निकै लामो समय अर्थात २०४५ साल सम्म बसाई लम्बियो । वुवा ठेक्का पट्टाको काममा हिंड्ने हुँदा भाई वैनी सानै थिए । श्रैष्ठले पढाईमा ध्यान दिन पाएनन् । ६ कक्षा सम्म पुुगेको पढाईले खुट्किलो उक्लन पाएन । तर औपचारिक शिक्षा नभएर त के भो ?उनि कुनै डिग्री होल्डर भन्दा कम छैनन् । राजनीति, साहित्य तथा समसामयिक विषयवस्तुमा गतिलो तर्क गर्न सक्ने हिम्मत छ उनमा । घण्टौ सम्म पुस्तक  पत्रिकाको चौघेरामा रमाएर बसेका श्रेष्ठले हाँस्दै भने – ‘अव त पत्रिकाको गन्धबाटै कुन पत्रिका हो भनेर ठम्याउन सक्छु ।’

पुस्तक र पत्रिका पत्रिको मोह जागेको टिनएज मै हो । उनले इटहरीमा २८ सालमा खुलेको पहिलो पुस्तक पसल गुराँसमा काम गरे । निकै लामो समय उक्त पसलमा काम गरे पछि ३४ सालमा आंफैले पसल सँचालन गरेका हुन् । कामको अनुुभव भए पनि आर्थिक स्रोत जुटाउन समस्या परेको सम्झिए । तर पत्रिकाको व्यापारका लागि पहिले नै ठुलो अािर्थक स्रोत नचाहिने हुनाले उनले हिम्मत जुटाएका हुन् ।

त्यो वेला ३ दिन पछि पत्रिका आउँदा पनि किन्नेको भिड हुने गथ्र्यो । श्रेष्ठ भन्छन् – ‘१५ मिनेट सम्म लाइनमा लागेर पत्रिका किन्ने मान्छे आउँथे । अहिले हिजोको आज विक्दैन ।’

img_20160902_142756
पसलमा लेख बहादुर  श्रेष्ठ

उनले यो विचको दौडानमा सिँचाई कार्यलयको चतरा कार्यलयमा पनि काम गरे । त्यहाँ ९ वर्ष सम्म कार्यलय सहयोगीको रुपमा काम गरे । तर यता विहानको पत्रिका व्यापार दिउँसो अफिसमा पुुगेर हाजिर गरेर आयो । झन्जटिलो लागे पछि त्यो पनि छाडिदिए । अनि पुर्ण रुपमा आप्mनो व्यापारलाइ ध्यान दिन थाले ।

देशमा राष्ट्रिय दैनिक पत्रिका आए देखि उनको व्यापार निकै फस्टाएको थियो । वार्षिक ग्राहक बन्ने देखि दैनिक पसलमा किन्न आउने ग्राहकको भिडले ने उनलाई भ्याई नभ्याई हुन थाल्यो । पहिलो मासिक, पाक्षिक र साप्ताहिक म्यागाजिन आउँथे । ति खुव बिक्थे । तर श्रेष्ठको अनुमान छ अहिले ति ९५ प्रतिशत जति म्यागाजिन हराए । दैनिक पत्रिकामा पनि पहिलो गोरखापत्र आउने गथ्र्यो । ३ दिन पछि आउने पत्रिका आए पनि खोजी खोजी पढ्ने बानि थियो । तर अहिले दैनिक १० ओटा जति पत्रिका आउने गर्छन् । स्थानिय स्तरका पनि त्यति नै छन् । पत्रिका किनेर पढ्ने बानि हटेको छ । व्यापारीले मात्र ६५ प्रतिशत पत्रिकाको व्यापार धानेका छन् । श्रेष्ठ भन्छन् – व्यापारीले समय कटाउनकै लागि मात्रै भए पनि पत्रिकाको ग्राहक बन्ने गरेका छन् । बाँकि शिक्षक, साहित्यकार, सेवा निवृत्त कर्मचारी लगाएत पत्रिकाका ग्राहक हुन् । अहिले श्रेष्ठको पसल इटहरीका लागि पत्रिकाको डिलर हो । उनिसहित ८ ओटा पत्रिका पसल इटहरीमा संचालनमा छन् ।

जीवनको लामो समय पत्रिकासँग संगत गरेका श्रेष्ठले आत्मासन्तुष्टि मिलेको सुनाए । सानैमा पढ्न सकिएन । आप्mनो क्षमता अनुसार गरिएको प्रगतीले सन्तुष्टि मिलेको उनको भनाइ छ । अहिले इटहरीमा घर बनाएका छन् । ४४ सालमा विवाह गरेका उनले श्रीमती कमलाले आफुलाई निकै ठुलो सहयोग गरेको बताए । उनका एक छोरा र एक छोरी छन् । छोरा काठमाण्डौमा इन्जिनियर पढ्दैछन् । छोरी इटहरीमै विविएस अध्ययनरत छिन् । ठुलो आर्थिक स्रोत जुटाउन नसके पछि दैनिक जीवन चलाउन कुनै समस्या छैन । छोरा छोरीलाई रामै्र शिक्षण संस्थामा पढाउन पुुगेको छ ।

काममा उनको मेहेनत ठुलो कुरा हो भने अर्को इमान्दारिता । उनले कसैको मन कुड्याउने काम जानाजान गरेका छैनन् । अरु रिसाए भने आफु चुप लाग्ने गरेको सुनाउँछन् । आप्mनो पत्रिका पसललाई सहयोग होस् भनेर चिया नास्ताको पसल पनि सँचालन गरेका छन् । पसल श्रीमती कमला सम्हाल्छिन् । पत्रिकाको पसल उनि सम्हाल्छन् । तर फुर्सद मिल्यो कि उनि पनि श्रीमतीलाई सघाउन पुगिहाल्छन् ।

४५ वर्ष सम्म पत्रिका व्यापारको अनुुभव सम्हालेका श्रेष्ठको पछिल्लो समय किताव प्रतिको मोह जागेको छ । नयाँ नयाँ लेखकका भिन्न भिन्न स्वादका किताब आक्रमक विज्ञापन सहित बजारमा आए पछि त्यसले उनको व्यापारमा समेत टेवा पुुगेको छ । फुुर्सद मिल्नसाथ पसलमा किताब पढ्न बसिहाल्ने श्रेष्ठले नयाँ अफर ल्याएका छन् । किताब नच्याति पढि सके आधा दाममा आँफै किनिदिने । यसले पाठकलाई आर्थिक बोझ हुनबाट केहि हद सम्म सहयोग मिल्ने बताउँछन् ।

‘शहरका केहि मानिस धेरै पुस्तक पढ्छन् ।’ उनि ति मान्छे पढ्छन् । भन्छन् – ‘केहि यस्ता पनि छन् जसलाई किताबको एक लाइन मात्रै भए पनि पढेन भने निन्द्रा आउँदैन । ‘शहरमा दिन दिनै पठन संस्कृतीको विकास भएको उनको बुुझाई छ । पहिलो सिमित पाठक मात्र किताव किन्न आउँथे । अहिले हरेक उमेर समुहका मान्छे किताव किन्न आउँछन् । त्यसैले अहिले उनले बुुझेको यत्ति हो, किताब राम्रो भए पाठकले शुल्क हेर्दैनन् ।

उनका अनुसार शहरको जनसंख्याको १५ प्रतिशतले मात्र किताव र पत्रिका नियमित पढ्ने गरेका छन् । यो क्रम दिन दिनै घट्दै छ । उनले अनुमान लगाए यसरी नै इन्टरनेटको गति तिव्र हुँदै जाने र प्रमुख प्रत्रिकाहरुले अनलाइनलाई प्राथमिकतामा राख्ने हो भने २ वर्ष भित्र पत्रिका किन्ने र ग्राहक बन्ने व्यवस्था हट्छ । अनलाइन ग्राहक बनेर पत्रिका पढ्ने नविन प्रविधि भित्रिन्छ भन्ने उनको अनुमान नकार्न सकिन्न । तर पनि उनले हिम्मत हारेका छैनन् । अहिले विविध विधाका किताबले बजार पिटिरहेको बेला अवको केहि वर्ष पुस्तकले व्यापार धान्ला कि भन्ने उनलाई विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित