नेपालमा भारु सटही र यसले उब्जाएको समस्या 

bharu

 नेपालमा रहेको भारु भारतमा काम गर्ने नेपालीहरुले  पाएको तलब हो, मेहेनतको कमाई हो, ब्यापार ब्यवसाय  गरेर कमाएको धन  हो / अनि  इन्डियन आर्मीमा जीवन माया मारेर कमाएको पेन्सन हो । नेपाली ब्यापारी संग भएको भारु भारतमा सामान बेचेर आएको पैशा हो / त्यशैले नेपालमा भएको भारु कशैले सित्तैमा दिएको कागजको खोस्टा होइन  । त्यस कारण नेपालमा रहेको भारतीय रुपिया साट्न मिल्दैन भन्न मिल्छ र ? साट्न नमिल्ने अरु कुनै कारण छ र ?

    भारतमा नेपाली  रुपैया सजिलै नचल्ने हुनाले नेपालमा भएको भारु नचल्दा नेपाली ब्यापारीहरु भारतबाट समान आयात गर्न ठुलो समस्या परेको छ / यसले दुवै देशको व्यापारमा समेत अशर गर्नेछ । नेपाली ब्यापारीहरुलाई डलर भन्दा भारु तिरेर समान किन्न सजिलो पर्ने हुनाले सर्बसाधारण बाट भारु पाए पनि  साटेर राख्ने गर्दथे, ताकि सजिलै समानको भुक्तानी दिन सकियोस / त्यशैले नेपालमा भएको भारु  कुनै भस्टचार गरेर कमायको पैशा होइन  ।

मीन बहादुर पण्डित
                 मीन बहादुर पण्डित

किनकि भारतमा भस्टचार हुने ठाउ सम्म नेपालीको पहुच छैन । नेपाल भारत बीच खुल्ला सिमाना छ  र  सिमानाका नेपालीहरुले भारतबाट समान किनी रहनु पर्ने हुनाले भारु राख्नु  स्वभाबिक पनि हो । नेपालमा भारु गैर कानुनि संग्रह हुने सम्भाबना निकै कम छ / नेपालमा रहेको भारु  हाम्रो श्रम परेको पैशा हो । त्यशैले भारतले  साट्नै पर्छ / नत्र ठुलो अन्याय हुनेछ  / यो अनुरोध गरि रहनु पर्ने कुरा होइन । जँहा सम्म भारतमा कालो धनको सबाल छ, त्यो उसको आन्तरिक मामिला हो / बिगतको भारत  सरखारले भस्टचार निराकण  गर्न नसकेको परिणाम हो । त्यशमा नेपालमा भएको भारुको कुनै  दोष छैन र भारु राख्न्ने नेपालीको पनि दोष छैन ।

 बिगतमा नेपालमा पांच सय र हजारको भारु चल्दैन थियो तर भारतीय प्रधान मन्त्रि मोदीको नेपाल भ्रमण पछि मोदीको सहमतिमा नै नेपालमा  भारु खुल्ला गरियको हो । तर अहिले नेपालमा भारु मोदी कै पोलिसिले गर्दा चल्दैन भने यो समस्यालाइ भारत सरखारले सम्बोधन गर्न वा समाधान निकाल्न कर लाग्छ । खुला सिमाना हुनाले केहि चिनाजानका व्यापारीले नेपाल भारु भित्राएर नेपाल  तिरबाट सटही गर्ने कोशिस गर्न सक्नेछन् । त्यसको लागि त् भारत सराखारले नेपाल आउने सीमामा चेक जांच गरोस वा समातोस ।

     एदि कुनै नेपाली संग ठुलो परिणाममा भारु भेटियमा त्यसको कारण र श्रोत खोजियोस,  गैर कानुनि देखीय नसाटीयोस । तर नेपालमा रहेको  सम्पूर्ण भारु साट्न मिल्दैन भनेर भारत सरखारले भन्छ भने त्यो अपरिपक्को निर्णय हो / यसले दुइ देशको समन्ध र बिस्वाशमा नराम्रो अशर गर्नेछ । एदि  नेपाल सरखारले  बास्तबिक कुरा भारत सरखारलाई बुझाउन सक्यो भने भारतले साट्दीन भन्ने छैन र यो मुद्दाको समाधान सजिलै निस्कने छ । र भारतको आन्तरिक कारणले गर्दा नेपालमा पर्न गएको असुविधा र समस्याको निराकरण गर्नु भारत सरखारको कर्तब्य पनि  हो ।

यो कुरामा भारत सरखार इमान्दार हुनै पर्छ। ला बखतमा नेपालमा  पनि  नक्कली  भारतीय मुद्द्रा समातिदै आएको छ । चाए  त्यो भारत बाट आएको होस् वा  तेश्रो देशबाट, नेपाल सरखारले पक्रिन र नियन्त्रण गर्न सहयोग गरेकै छ ।  तर नेपालमा रहेको अधिकंश भारु बैधानिक  नै हो ।  त्यशैले भारु सटिनु पर्छ र भारत सरखारले यसमा पूर्ण सहयोग गर्ने पर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित