प्याराग्लाइडिङकालागी धरानकाे अाकास पूर्णरूपमा सुरक्षीत छ – राेशन अधिकारी (भिडियाे सहित)

roshan-g

साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने आशाले प्याराग्लाइडिङमा व्यावसायिक आकर्षण बढेको हो। करिब डेढ दशकअघि पोखराको सराङकोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा हाल देशकाे बिभिन्न जिल्ला हुदै सुनसरीकाे धरान पनि अाइपुगेकाे छ । प्याराग्लाइडिङ ब्यवसाय भित्र्याउने धरान पूर्वाञ्चलकाे पहिलाे सहर हाे ।  यसको व्यावसायिक आकर्षण बढ्दो छ । यद्यपि, यो व्यवसाय अझै व्यवस्थित र प्रभावकारी भने हुन सकेको छैन । याे ब्यवसाय गर्दा माेलिने जाेखीम र सुरू गर्दा भाेग्नुपरेकाे समस्या तथा चुनाैतीहरूकाे बिषयमा प्याराग्लाइडिङ ब्यवसायी तथा धरान स्काइ एडभेन्चर प्रालीका अध्यक्ष राेसन अधिकारीसंग गरिएकाे छाेटाे कुराकानी ।

एक वर्ष पहिलेदेखी पूर्वाञ्चलकाे धरानबाट प्याराग्लाइडिङ ब्यवसाय गर्दै हुनुहुन्छ ? याे ब्यवसाय गर्नुपर्छ भनेर कसरी लाग्याे ?

अाज भन्दा २० / २२ बर्ष पहिले धरानकाे अाकासमा उडने जुन सपना मैले देखेकाे थिए त्याे पुरा गर्न जर्मकाेमा लागे । मैले पाेखरामा जसरी प्याराग्लाइडिङकाे दुनीया देखे यसकाे ब्यवसाय त्यहा धेरै राम्राे पनी देखे र अाफैले साेचे धरानमा पनि याे ब्यवसाय गर्न सकिन्छ जस्ताे लाग्याे ।  पछि मैले हिम्मत जुटाए  र धरानकाे बिकासकाे लागि एउटा केही दिन सक्छुकी जस्ताे लाग्याे । याे प्याराग्लाइडिङगर्दा एक अान्तरीक पर्यटक भित्रने र अर्काे यसकाे ब्यवसायपनि राम्राे हुने देखिएकाेले याे ब्यवसाय सुरू गरे ।

तपाइ राजनीति गर्ने मान्छे एकाएक याे ब्यवसायमा कसरी लाग्नुभयाे ? 

हैन राजनीति त मैले अहिलेपनि छाडेकाे छुइन र छाेडदिन पनि मलाइ के लाग्छ भने याे राजनीति भनेकाे समाजसेवा हाे । जुन म अाज सम्मपनि त्याे काम गरिरहेकाे छु । राजनीति जिवनकाे एक पाटाे हाे । तर ब्यवसाय जिन्दगी र अार्थिक दुबै पाटाे हाे । प्याराग्लाइडिङ मेराे सपना थियाे जुन अहिले पुरा हुदैछ ।

पूर्वमा प्याराग्लाइडिङ भित्राउने तपाइ पहिलाे ब्यवसायी हुनुहुन्छ । प्याराग्लाइडिङ ब्यवसायीकाेलागि याे पूर्वकाे अाकास कतिकाे शुरक्षीत छ ? 

अाकासकाेबारेमा बाेल्नलार्इ म पाइलट हाेइन म त एक ब्यवसायी हु तरपनि मलाइ जानकारी भएसम्म बताउन पछि चै पर्दिन याे ब्यवसाय गर्दा सबैकाे अनुमती चाहिन्छ । नेाल उडयन प्राधिकरण देखी पर्यटन मन्त्रालय सम्मकाे अनुमती बेगर याे ब्यवसाय गर्न मिल्दैन । अनुमती लिदै अाकासकाे बाताबरण बुझेरमात्रै अनुमती दिने गरिन्छ । जुन मैलेपनि अनुमती पाए अनी ब्यवसाय सुरू गरे ।

एक बर्षकाे अवधीमा कती उडान गराइसक्नुभयाे ?

एक वर्षकाे अन्तरमा तिन सयकाे हाराहारीमा अान्तरीक पर्यटकहरूलार्इ शुरक्षीत अाकासमा उडाइएकाे छ । याे बर्ष बर्खा धेरै भएकाे कारण याे ठुलाे संख्या भने हैन ।

तपार्इ याे ब्यवसाय गरेर कतीकाे सन्तुष्ट हुनुहुन्छ ? 

हामिले अहिले सम्म जतीलार्इ प्याराग्लाइडिङकाे स्वाद चखायाै उहाहरू यती खुशी भएर जानुभएकाे छ र काेही काेही त फेरी पनि फर्केर अाएर डबल डबल उडान गर्नुभयाे उहाँहरूकाे खशी देखेर म याे ब्यवसायप्रती ज्यादै सन्तुस्ट छु ।  एक वर्षमा ३०० जनालार्इ प्यााग्लाइडिङकाे स्वाद चखाउनु भनेकाे मेराेलागी ठुलाे उपलब्धी हाे ।

प्याराग्लाइडिङकाे यात्रा गर्दा यात्रु तथा पर्यटकहरूले अाफुलार्इ कतीकाे शुरक्षित ठानेका छन ? तपाइकाे याे ब्यवसायमा जिवन बिमा छ छैन त्याे पनि बताइदिनुन । 

हाम्राे कहा अाउने सबैकाे जिवन बिमा छ । यहाँ पाइलट , यात्रु र प्याराग्लाइडिङ समेतकाे जिवन बिमा गरेका हुन्छाै यहा सम्मकी जस्तै प्याराग्लाइडिङ गर्ने क्रममा कसैकाे झ्यालमा गएर ठाेकिएर सिसा फुट्याे या हिडदै गरेकाे मान्छेमा गइ ठाेकिएर घाइते भए त्यस्काे समेत हामिसंग बिमा अनिवार्य हुन्छ ।

प्याराग्लाइडिङ शुल्क अली बढी भयाे भन्ने पर्यटकहरूकाे गुनासाे छ नी ? याे बिषयमा के भन्नु हुन्छ ?

त्याे गुनासाे गरेकाे कुरा सत्य हाे तर पाेखराकाे अाकासकाे तुलनामा धरानकाे अाकास दाज्न मिल्दैन पाेखरामा धेरै ब्यवसायी छन  र त्यहा बिदेशी पर्यटकहरू बढी मात्रामा यात्रु बनेर अाकासमा रमाउछन सिधै भन्नुपर्दा त्यहा बिदेशी डलरकाे भाउ हुन्छ  तर यहा हामिले अान्तरीक पर्यटकहरूलार्यमात्र फाेकस गेरर याे ब्यवसाय गरेका हाै । त्यसैले शुल्क अली बढी भएकाे मात्रै हाे ।

याे ब्यवसायबाट लाभ कतीकाे लिरहनुभएकाे छ ? तपाइले साेचे भन्दा बढी या कम ? 

याे ब्यवसाय गर्दा जुन तार्गेट गरिएकाे थियाे त्याे पुरा भएकाे छ । याे ब्यवसाय अाफैमा सन्तुष्टी प्राप्त हुने ब्यवसाय हाे । मेराे कम्पनी र कर्मचारी लगायत अाफ्नाे परिवार पनि यही ब्यवसायले पालिएकाे छ त्यसैले मेरालगि याे ब्यवसाय उत्तम छ ।

याे प्याराग्लाइडिङ ब्यवसायलार्इ चै अझै शुरक्षीत तथा ब्यवस्थित बनाउदै लैजानकालागि तपाइले अागामी दिनहरूमा के कस्ता याेजनाहरू तयार पार्नुभएकाे छ ?

ब्यवस्थित चै हामिले बनाएका छाै । जस्तै बृद्ध बृद्धाहरूले उडने इच्छा जगाउनुभयाे भने हामि उहाँहरूकाे घर सम्मै पुगेर ल्याउने र लैजाने गर्छाै जस्तै टाढाका यात्रुहरूलार्इ खाने र बस्ने शुरक्षीत बाताबरणकाे ब्यवस्था मिलाइएकाे हुन्छ । अब शुरक्षाकाे हिशाबमा याे ब्यवसायमा भनेकाे १ प्रतिशत जाेखिम छ त्याे पनि कहिले काहि मात्रै त्याे भनेकाे जुन बेला ल्यान्डिङकाे समय हुन्छ त्याे बेला बिपरित दिशाबाट हावा अाइदिन्छ अनी समस्या हुन्छ ।

केही दिन अघी प्याराग्लाइडिङ गर्दा एक जनाकाे ज्यान पनी गएकाे छ । यस घटनाले प्याराग्लाइडिङ ब्यवसाय पनि शुरक्षित छैन भन्ने जनमानसमा एक भय बसेकाे छ अब यसलार्इ कसरी चिर्नुहुन्छ । जनमानसलार्इ कसरी बिश्वास दिलाउन सकिन्छ कि याे ब्यवसाय शुरक्षित छ भनेर ?

अब दुर्घटना भनेकाे कस्ले कहाँ देखेकाे हुन्छ र हेर्नुस रिस्क जेमा पनि हुन्छ जस्तै तपाइ गाडीमा यात्रा गर्नुहूछ त्यहापनि रिस्क हुन्छ , रिस्क नहुने केही नै छैन  र पनि याे ब्यवसायमा १ प्रतिशत रिस्क छ त्याे मैले अघिपनि भनीसके र त्यसमा अात्तीहाल्नुपर्ने स्थिती पनि छैन ।

अन्तिममा तपाइकहा अाउने अान्तरिक पर्यटक वा अाउने तयारीमा रहेका पर्यटकहरूलार्इ तपाइ के भन्न चाहनुहुन्छ ? 

मैले बयवसाय गरेकाे धरानकाेलागि मात्र हैन सिंगाे पूर्वाञ्चलकाे लागि हाे । पूर्वमा पर्यटन ब्यवसाय फस्टाेअाेस र ब्यवसायसंगै पर्यटकहरूलेपनि यस्काे स्वाद चाखुन भन्ने हाम्राे मुख्य उद्धेश्य हाे । त्यसैले तपाइहरू सबै अाइदिनुस र पर्यटन बिकासमा टेवा पूर्याइदिनुहाेस । हामि शुरक्षीत अाकासमा तपाइहरूलार्इ प्याराग्लाइडिङ गरेर शुन्दर अाकाशकाे दृष्यहरू देखाइ भरीपुर्ण मनाेरञ्जन दिलाउन सक्ने छाै ।

 

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…