अर्थात् लम्पसारवाद !

नेपालमा लोकतन्त्र प्राप्तिको एक दशक सम्ममा धेरै राष्ट्रिय दिवसहरु थपिए । कतिपय दिवसहरुमा त नेपाल सरकारले सार्वजनिक विदा नै दिने निर्णय ग¥यो । तर अघिल्लो साता नेपालमा एक अनौटो दिवसको उच्चारणले सर्वत्र सामाजिक सञ्जालमा एक प्रकारको बाढि पहिरो नै उत्पन्न भयो । अर्थात् लम्पसार दिवस ! यो शब्द झट्ट सुन्दा जति मजाकिलो लाग्छ, तमाम युवावर्गबाट आजभोलि सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा र विचारलाई एउटा सम्मानको भावले हेर्ने बानी बसाल्ने हो भने यो शब्द अर्थात् “लम्पसार दिवस” जबरजस्त केहि सोचोत्पन्न गराउन सक्ने विषय बन्यो र बनेको छ ।

कुरा १८ बर्षपछि छिमेकि मित्रराष्ट्र भारतका राष्ट्रपति प्रणम मुखर्जीको ३ दिने नेपाल भ्रमणको हो । जब भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको तालिका सार्वजनिक हुन लाग्दै थियो, विगत र वर्तमानका सम्पूर्ण स्वाभिमानका अंशहरुलाई फ्याउरी लगाउँदै प्रचण्ड सरकारले मुखर्जीको नेपाल आगमनका दिन सार्वजनिक विदा दिने निर्णय ग¥यो । अनि त ६ महिने नाकाबन्दि, सिमानाको तिव्र मिचाई, सिमा क्षेत्रमा भारतीय सिमा सुरक्षाबलको लुटपाट आतंक, दशगजामा निर्माण भएका १० औँ फिट अग्ला तटबन्धनबाट बर्षा याममा सधैँ पानीमाथिको बास हुनुपरेको आतंक अनि राजनितिक र कुटनितिक रुपमा रहेक समय प्रस्तुत गर्ने हस्तक्षेपकारी नितिबाट पिल्सिएर आहात भएका युवाहरुलाई(नेपालीहरु) कुन अर्को कुराको आवश्यकता परोस् ? सबैले कालो पृष्ठभुमीले रंगीएको झण्डामा लेखे लम्पसार दिवस ! जसले सामाजिक सञ्जालमा ठुलै तहल्का सिर्जना ग¥यो ।

हुनपनि सरकारले प्रणम मुखर्जी आउने दिन सार्वजनिक विदा दिने पूर्व निर्णय देखि स्वागतकालागि विमानस्थलमै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिलाई हेर्दा उक्त्त भ्रमणलाई बढि नै अतिरञ्जित र भ्रमपूर्ण तुल्याउन खोजिएको प्रष्ट हुन्छ । एक न एक राजनितिक माहोलले तातिरहने नेपाली राजनिति जगतमा मुखर्जी भ्रमण अघि हाल निलम्बित अख्तियार प्रमुख लोकमानसिँह कार्किको चर्चाले निकै ठुलो स्थानको हिस्सा ओगटेको थियो । सम्पूर्ण संचार माध्यमहरुका प्रमुख खबर शिर्षकहरु लोकमानसिँह कार्कि भन्दा बाहिर रहेर बोल्न चल्न सक्ने अवश्था नै थिएनन् । अर्थात् यस अघि कुनै काम र कुनै कारण चर्चामा नआएको व्यक्ति हुँदो हो अनि चचाृको कारण सामान्य हुँदो हो त यति बेला लोकमान पाकिस्तानी चियावाला र नेपाली तरकारिवालि चेली कुसुम श्रेष्ठ भन्दा कम चर्चाका पात्र बन्ने थिएनन् । तर बिषय फरक भएका कारण नकरात्मक भावना प्रतिबिम्ब हुने विचारले मात्र लोकमानको चर्चा भइरहेको थियो । जसलाई भारतीय राष्ट्रपतिको आगमनले ३ दिन सम्म त पुरै प्रतिस्थापन गरिदियो ।

एउटा छिमेकि राष्ट्रको राष्ट्र प्रमुख र त्यसमा पनि विश्व जगतमा उदाउँदो छवि बनाउन सफल राष्ट्र भएकाले चर्चा परिचर्चा धेरै हुनु र महत्वपूर्ण रहनु सामान्य हो र राम्रो पनि हो । जसलाई महत्वका हिसाबले अन्यथा लिनु हुँदैन तर अघिल्लो सरकारको पालामा चिनसँग भएका सन्धि सम्झौता पछि चिनिया राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणलाई (असोज अन्त्यतिर) प्रतिस्थापन गरेको वर्तमान सरकारले गरेको सार्वजनिक विदाको निर्णयलाई एउटा तुलामा राख्ने अनि केहि परको दुरीमा रहेको बंगलादेशमा गएर चिनियाँ राष्ट्रपतिले २३ अर्ब डलर बराबरको विकास सम्झौतालाई अर्को तुलामा राखेर भारतीय राष्ट्रपतिको आगमनबाट नेपाललाई पुगेको फाइदालाई विश्लेषण गर्ने हो भने अवश्था आफैँ सहज भइहाल्छ । सत्ताधारी दलहरुको भनाइलाई आधार मान्ने हो भने मुखर्जी भ्रमणले द्विपक्षिय सम्बन्धमा सुधार भएको छ । परम्परादेखि चलिआएको सामाजिक र सांस्कृतिक सम्बन्धलाई पगरी भिराउँदे सम्बन्ध स्ुधारको अवलाह गर्नु आफैँमा कति सम्म उपयुक्त होला ?

जबकि, अघोषित रुपमा नाकाबन्दि सिर्जना भई त्यहि रुपमा अन्त्य भएर नेपाली जनताले नर्कको कष्ट भोग्नुपर्छ, सिमा क्षेत्रमा सिमाना मिचिएर अनि दशगजा क्षेत्रमा अन्तराष्ट्रिय कानुनलाई लतार्दे अग्ला तटबन्धन बनाएर लाखौँ जनता डुबेका छन् । तर अझ सरकार भन्छ, राष्ट्रपतिको भ्रमण द्विपक्षिय सम्बन्धमा सुधार भयो ! सरकारको मन, मष्तिस्क र नजर सम्पूर्ण झुकाव भारतप्रति भक्तिभाव निर्माण गर्न तर्फ उत्साहित हो वा अन्य केहि कारण छ ? जनस्तरमा महसुस हुनेगरि मिचिएको सिमाना, डुबानमा पारिएको भुमी, १८ बर्ष अघि देखि बढ्न नसकेको पञ्चेश्वर परियोजनाका बारेमा के कति छलफल भयो र निश्कर्ष निकालियो ? कि लोकतन्त्र, समाजवाद, शु शाशन, विकास आदिको हल्ला गरेर राज्य आतंक मच्चाउनेहरुसँग भएका भित्री सहमतिलाई सतहभन्दा भित्र मात्र बुझेर सम्बन्ध सुधारको दुर्गन्धित वातावरणबाट जनता जहिल्यै पिल्सिरहने ?

अचम्मको कुरा त यो छ कि, छिमेकि राष्ट्रपतिको भ्रमणका क्रममा सत्कार पु¥याउन भन्दै कुटनितिक नियोगमा समेत विदा दिइयो । साक्षत्कार विदेशीलाई बोलाएर संविधानमा यो वा त्यो भएन भनि बहस गरियो । “नेपालको संविधान २०७२” लाई नमानेर आन्दोलनमा रहेका मधेषी मोर्चाका सात अध्यक्ष र भारतीय राष्ट्रपति बिच भेटवार्ता हुँदा संविधान संसोधानका बिषयमा छलफल भएको कुरा संचार माध्यममा आउँदा त्यसको प्रतिकृया कसैबाट आउन आवश्यक ठहरीएन । अनि समग्रमा चिसिएको सम्बन्धमा न्यानोपन स्थापित भएको देख्नेहरुको बोलाबाल स्थापित भयो ।

जुन कुरामा संसदको प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि आफ्नो संस्थागत निर्णय गर्न सकेन र अनौपचारीक रुपमा मात्र सरकारको कदमको विरोध गरी लोकतन्त्रमा रचनात्मक प्रतिपक्षको धर्म (भुमीका) निर्वाह ग¥यो । अब शंका यो उब्जिएको छ कि, अन्ततः भारतसँगको सम्बन्धमा यति नगर्दा सम्म न्यानोपन निष्ठुरी हुन्थ्यो भने त ऊ बेला भारतीय विदेश सचिव एस. जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदिको विशेष दुत भई नेपाल आएर संविधान घोषणा रोक्न गरेको आग्रह( घुमाउरो निर्देशन) पालना गरेको भए न त नेपाली जनताले ६ महिना लामो नाकाबन्दि भोग्नुपर्ने थियो न त भारतसँग सम्बन्ध न्यानो तुल्याउन यति धरै नुर निहु¥याउनु पर्ने थियो !

लम्पसारवादको अर्को पराकाष्ठा यहाँ पनि देखिन गयो कि, सत्तामा रहेका दलहरुले राष्ट्रपतिको भ्रमणलाई अत्यन्त सफल भनि कहनु त सामान्य नै हो तर सरकारले संविधान संसोधान विधेयक पेस गर्न नसकेको भनि अर्को आन्दोलनको तयारीमा रहेको मधेशी मोर्चाका नेताहरुले पनि बढो शालिन ढंगमा मुखर्जीको भ्रमण अत्यन्त सफल र द्विपक्षिय हित अभिबृद्धि गर्न सकरात्मक भएको बताउन भ्याए । मुख्य कुरा यहि छ कि, हाल सत्तामा सबैभन्दा ठुलो दलको रुपमा रहेको दल नेपाली कांग्रेस र मधेशी दलका नेताहरुलाई अघिल्लो सरकारका प्रधानमन्त्री के.पी शर्मा ओलीले गरेको चिनसँगको पारवाहन तथा व्यपार सम्झौताले कत्रो हाउगुजि सिर्जना गरेको रहेछ ? मुख्य कुरा नजर र उक्त नजर निर्धारण गर्ने सोचाइ नै हो । मधेशी दल र नेपाली कांग्रेसको नजरलाई कसरी चिन्ने ? जबकि चिनसाँग गरेको सम्झौताको राम्रो र नराम्रो पक्ष केलाउनु त परकै कुरा भयो । ऊ बेला खुलेआम खोक्रो राष्ट्रवादसँग जोडेर पारवाहन सम्झौतालाई समेत औचित्यहिन भन्ने माला पहि¥याइयो ।

यसरी कुनै छिमेकिप्रति अति सहसयता प्रस्तुत गर्दा भौतिक रुपमा देखिने नाफा घाटाको कुरालाई त अलग राख्न सकिएला । तर संविधानमानै उल्लेख भए अनुसार सार्वभौमसत्ता र राजकिय सत्ता सम्पन्न नेपालीहरुको स्वाभिमान अभिबृद्धि हुन सक्दैन । आजको विश्वमा कोहि कसैप्रति बढि आश्रित भइरहनु र अझै पनि आश्रित सम्बन्धको डोरी गाँस्नु आफैँमा उपयुक्त हुन सक्दैन । दशकौँ देखि भूपरिबेष्ठित भएकै कारण विज्ञानसँग प्रतिस्पर्धा गर्न नसकेको तर्क अबका दिनमा सान्दर्भिक हुन सक्दैनन् । दक्ष जनशक्तिको निर्माण, स्रोत र साधानको परिचालन हुँदै परनिर्भरता कम गर्ने बाटो अगाल्नुपर्ने आजको आवश्यकता राष्ट्रको हो । जसका लागि भारतसँगको परम्परागत सम्बन्ध तोड्नुको विकल्प छैन ।

हालको लम्पसारवादि प्रवृतिले नेपालमा कुनै समय पनि विकास र स्थिरताको प्रत्याभुति हुने छैन । भारतसँगको परम्परागत सम्बन्धको डोरी तोड्न सम्भव छैन भने सुझबुझपूर्ण तवरले चिन र अन्य तेस्रो मुलुकसँग सम्बन्धकालागि पनि प्रयत्न गर्नुपर्दछ । तर अन्तरसम्बन्ध राख्ने जुनसुकै बिषयमा पनि यस्तो लम्पसारवादि प्रवृति भने आउनु हुन्न । तब मात्र जनताले सार्वभौमसत्ता आफुसँग भएको महसुस गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित