सुजताकाे  क्यान्सर र गगन  थापाकाे  सेन्सर

झण्डै  एक  दशक  पहिला साप्ताहिक पत्रिकामा  माननीय  सुजता  काेइरालाका केही  तस्बिर र  त्यस  तस्बिरबारेमा   तल विभिन्न  काेटसनहरु  लेखिएका  थिए। सुजता  काेइरालाकाे  ब्याग  जसकेा  मूल्य  मात्र  नेपाली 1लाख   पचास  हजार,उनले  लगाएकाे  चश्मा  जसकाे  मूल्य ७५ हजार  अनि  कपडा र अन्य  सामानकाे  त  कुरै  छाड्याै । उनकाे  शरिरमा  झुण्डिएका महंगा कपडा  र  गरगहनाकाे  हिसाब  निकाल्ने  हाे  भने  हामी जस्ता  साधारण  नागरिककाे  जिन्दगि  निर्वाह हुन्छ । उनले  लगाउने  हाइटेक  महंगा कपडा  गहनाकेा  मुल्य  सुन्दा नै  साताे  गएकाे  थियाे  त्यतिबेला । मनमनै  साेचे अहाे  कति  सम्म  धनी  रहिछन  सुजाता  काेइराला ।

हुन त  पटक पटक  देशकाे  प्रम  भएका  गिराजिकी   छाेरि न परिन। उनकाे  महंगाे  बिलासिता  जिवनकाे  प्रचार  देख्दा  हामी  जस्ता  गरिवहरुलाइ  अाफ्नै अबस्थाले  खिसिटिउरि  गरे झै  लाग्थ्याे  । जति  बेला  म  स्वंयम   कापि  नभएर  एक  दुइदिन  बिद्यालय  नै  गएकाे थिएन । कराेडाैकाे  गाडि  घर  र  ब्यालेन्स  भएकि  सुजाता  काेइरालाइ सरकारले  क्यान्सर  उपचारकाे  लागि पचास  लाख  दिने निर्णय  गरेकाे  खबर सुन्दा ,उनका  त्यि लाख  पर्ने  चश्मा,ब्याग  भिरेका  तस्बिरहरुले  मलाइ  हमाला  गर्याे ।  अाखिर  देशकाे  स्राेत  साधन  तिनका  बाउले  बनाइदिएकाे बिर्ता हाे  ,झनक  चल्याे ।

कसैलाइ  राेग  लाग्नु  दुखकाे  कुरा  हाे ।  जसलाई  पनि  लाग्न  सक्छ । सुजाताकाे  स्वास्थ्य लाभकाे  कामना गर्छु तर  एक  छाक  भात  खाना  नपाएर निर्दाेष  छाेराछाेरि सहित  सामुहिक  बीष    गमन  गरि मर्नुपर्ने  देशकि एकजना महिला  नेतृ, जसले लाखैा  करेाडा‌ै  रकमका  सेन्डिल किन्न  सक्छे  लाखका  ब्याग  र  चश्मा  लगाएर  हिड्छे के  उसले  अाफ्नाे  उपचारका  लागि  रकम  खर्च  गर्न  सक्दैन ?  बिदेशमा  हल्लिएर  बिदेशी  माेजमा  बिग्रिएकाे उनकाे   छातिकाे , रिपेयरिङ  साधरण  नागरिकले  घन  ठाेकि ठाेकि ,अरबकाे खाडिमा  मृत्यु हत्केलामा  राखेर कमाई तिरेकाे  राज्यकाेषकाे  पैसाबाट गरिदिनु  पर्ने?

बागलुङ  बाट  रमेश  सेन्चुरि  भाइले  मलाई  एउटा  म्यासेज  गरे।  सज्जन  दाइ ,बागलुङ नपा ७कि  धनमाया  बिश्वकर्मा  ब्लड क्यान्सरकाे  उपचार  गर्न  पैसा  अभाव भएर  जीवन  र  मृत्युकाे  दाेषादमा  हुनुहुन्छ । सक्नुहुन्छ  भने  अलिअलि  सहयाेग  उठाएर  उहाकाे  ज्यान  बचाउन  पहल  गरा‌ै  दाइ । गरिव लाइ किन  लाग्छ  हाेला  राेग । राेगले  पैसा  नहुने  र  हुने  भन्ने  किन चिन्दैन  हाेला ?यदि  चिन्दाे  हाेत  किन  बिहाना  बेलुका  श्रम  गरेर  हातमुख  काे  मिलन  बनाउनेहरुलाइ  बाच्नै  नसक्ने  गरि राेग  लाग्छ। न  उनिहरुलाइ  सरकारले  रकम  निकाशा  गरिदिन्छ  नत  कुनै  सहयाेग । सरकारि  भनिएका  अस्पतालमा  डाक्टरहरु  निशुल्क  अाैषधीकाे  कमिसन  नपाएर  रन्किन्छन ।

बिरामि भए  कि  मर्नु र  कि सहयाेग का  लागि  अालाप  बिलाप  गर्नु  पर्ने  अबस्था  अाम  नागरिककाे  कथा  बनेकाे  छ   एकातिर । अर्काेतिर अाजकाल  सहयाेग  उठाउने    ब्यबसाय  जस्तै पनि  बनाएका  छन  कतिपयले । सुरुमा  मलाइ  याे  सहयाेग  उठाउने  कुरामा त्यति  मन  लागेन तर    एक  जना  अशाह  महिला  काे ज्यान  बचाउन  हामिले  गर्ने  सानाे  प्रयत्नले  सहयाेग पुग्छ  भने  अलिअलि  सहयाेग किन   नउठाउ  भन्ने   लाग्याे ।   नागरिककाे  स्वास्थ्य उपचारकाे ग्यारेन्टी   राज्यले  लिनुपर्छ  । तर  नागरिकका  लागि याे  राज्य   काम  लागेकाे  छैन । राज्यकाेष  काम  लाग्ने  दिन  अाएन  ।

अाखिर बाच्ने  दिन  सम्मलाई  केही  सहयाेग  गर्नु  त  महानता  हाे  भन्ने  लाग्याे ।  ,दुई  चार हजार  भए  पनि उठाइदिन्छु  भनेर  अाफ्ना  नजिकका  साथिभाइलाइ  मेसेज  फरवार्ड  गरे । अहिले झण्डै 40/50  हजार  जति  नेपाली  रकम  जम्मा  गरिदिएकाे छु र केही  रकम  उठाएर  ब्लड  क्यान्सर संग  लडिरहेकि  धनमायालाइ  पठाइदिने छु । साधरण नागरिक  जाे  संग  एक  रुपैया  पैसा छैन, कतै  पहुच  छैन, कुनै  जग्गा  जमिन  छैन  उनिहरु  एक एक  रुपैया  सहयाेग माग्दै  जिवनकाे भिख  मागिरहका  छन । ब्लड  क्यान्सर  पिडित  धनमाया  यदि  कसैले  सहयाेग  गरेनन्  भने  उपचार  नपाएरै  संसार छाड्ने  छिन । धनमाया  मात्र  हाेईन , भरतपुर क्यान्सर।हस्पिटल र देशका  पुरापुर हस्पिटल मा  हजाराै  धनमायाहरु छाति र शरिरमा  पिप  र  पीडा बाेकेर  बाचेका  छन । उनिहरु अार्थिक  अभावमा  उपचार नपाइ  तड्पि तड्पि  माेर्ने  अकस्था  छ?  के सरकारले  १  रुपैया  दिएकाे  छ ? के  राज्यले  उनिहरुलाइ  वास्ता   गरेकाे  छ ?

पैसा  अभावका   कारण  उपचार  गर्न  नसकि  केही  समय  अगाडि चिटिङ अस्पतालमा  एक जना युवाले  हाम  फाले । कस्ताे  बियाेगान्त  छ  अबस्था । के  गरिव  र पैसा  नहुनेले बाच्न  पाउने  अधिकार छैन, नेपालमा । यदि  छ  भने पहुचका  अाधारमा  दलका  नेतालाई  लाखाै  लाख  पैसा  दिने ? नागरिक  तड्पि तड्पि  उपचार  नपाएर  मर्नुपर्ने ,कहिले  सम्म ?

सुजाता  नेपाली  चेली हुन  उनमा  पर्न  गएकाे  दुखद  अबस्था  प्रति  हामी  सबै  चिन्तित  छाै । लगातार  नेपालमा  बढ्दै  गएकाे स्तन  क्यान्सर बारे  सजक  हुनु  र सुरक्षित  रहन  गरिनुपर्न  तयारि  बारे  अभियान  थाल्नु  जरुरि छ । राज्य  काेषकाे  रकम  लिएर  बिदेश  उपचार  गर्न  जाने  नेताहरुकाे  लस्कर  लामाे  छ । महान  रास्टवादिहरुले  राज्यकाेषकाे कराेडाै  रकम  स्वाह  पारेर  फाेक्साे,किड्निहरु  चलाइरहेका  छन । उनिहरुलाइ   ऊपचार गर्न  दिएकाे  रकम  हिसाब  गर्ने हाे  भाे , नेपालमा  ८–१०  वटा  ठुला  अस्पताल  बन्ने  थिए  । अाफनाे  देशमा  गतिलाे  अस्पताल  नबाउने  नेताहरुलाइ  राज्यकाेषकाे  बिटाे बाेकेर  बिदेशि  अस्पतालमा  गई गई  उपचार  गराएर  बाच्ने  अधिकार  छकि  छैन ? लाज  सरम  केहि  छ ? यदि  अाम  नागरिक  जसरि  उपचार  गर्छन  त्यसरि  गर्नुपर्याे ,राम्राे अस्पताल  देशमा  बनाउनु पर्या,देश  मै  उपचार  गराउनु  पर्याे मरिएछ  भने  देश मै  मर्छु  भन्ने  रास्टवादि  नेता बन्न  सक्ने  कि  नसक्ने ?

एक  जना  नेतालाई  उपचार  गर्ने राज्यकाेषकाे रकम  दिदा अन्य  नेताहरु  मुखमा  पिडालु काेचेर बस्छन   कि  अब  कुनै  दिन  अाफ्नाे  पनि  पालाे अाउछ  किन  बिराेध  गर्ने ? कुनै  एक  ब्यक्ती  सुजाताकाे  हाेईन  याे अाम  प्रवृत्तिकाे  बिराेध  गरिनुपर्छ । उनिहरुकाे  अार्थिक  हैसियत  र  उनिहरुकाे  त्याग  अनुसार  सहयाेग  दिनु  पर्छ ।

गगनकाे  सेन्सर

अहिलेका  स्वास्थ्य  मन्त्री  तथा काग्रेस युवा  नेता गगन  थापा  राज्यकाेषबाट  नेतालाइ  उपचार  खर्च  दिनुहुन्न भन्ने  पक्षमा उभिदै  अाएका  छन । तर  अाफु  मन्त्री  भएकाे  बेलामा  सुजतालाइ ५०  लाख  दिदै  गर्दा  उनी  अाफुलाई  चाेखाे  साबित  गर्न  खाेज्दै  छन  ।उनलाई  थाहा छ  सुजताकाे  अबस्था । अहिले स्वास्थ्य  मन्त्री ,गृह मन्त्री  र  प्रधानमन्त्री   तीन  जनातिर  याे  बिषय  तेर्सिएकाे  छ ।  कि  गगन  पनि  त  पिटे  जस्ताे  गर  म  राेए झै गर्छु  भन्ने  बुढाबुढिकाे  नाटकका  पात्र  जस्ता  देखिएका  छन ।

अाफ्नाे  किभागकाे  याे  बिषयमा  उनलाइ  नैतिक  रुपमा  ठुलाे  संकट  परेकाे  छद  यदि  उनले  नेताकाे  उपचार  खर्चमा  सेन्सर  लगाउने  अाट  गरेका  हुन  भने  भनुन  म  यस्ताे  सरकारबाट  राजिनाम  दिन्छु । प्रचण्ड  सरकारकाे  याे  निर्णयले  हामी  जस्ता  लाखाै  नागरिकलाई  पिडा बाेध  भएकाे  छ । कि  म्यादि  ९  महिने  सरकारमा  काग्रेसकाे  साथकाे  लागि प्रचण्डले  सत्ता  टिकाउन  यस्ता  देशबिराेधि  निर्णय  गर्नु दुखद  छ । अब नेतालाइ  उपचारकाे  नाममा  लाखाै  रकम  दिने  परम्परा  अब  अन्त्य गराै ।

प्रतिक्रिया

सम्बन्धित