बिपरीत धुर्ब मा चलेको हाम्रो समाज र सोच

खेमराज दाहाल
खेमराज दाहाल

भर्खरै मात्र सामाजिक सञ्जाल मार्फत हिट हुन पुगेकी कुसुम श्रेष्ठ (तरकारी वाली) तरकारी बेच्दै गरेको र तरकारी बोकेर बेच्न लादै गरेको तस्बिर ले उनलाई नसोचेको उचाई मा पुर्यायो ।बास्तबमै हाम्रो जस्तो कृषि प्रधान देश मा एउटा किशान की छोरी ले एस्तो कार्य गर्नु नौलो कुरा अबस्य थिएन । यधपि अहिले को नया पीडी हरू जस्ले आफ्नो घर को काम लाइ शरम मानेर गर्न खोज्दैनन् उनी हरूलाई भने एउटा उधाहरण दिएको छ ।

एउटा कृषक की छोरी ले सामान्य ढँग मा आफ्नो पेशा लाई आगलेर गरेको कार्य लाई समग्र समाज मा पर्याउनु राम्रो होला , तर आज तिनै सामान्य केटी लाई मोडल को रूप दिएर स्टाइलिस तस्बिर हरू खिचायेर नेपाल का मूलधार का मीडिया हरू ले आफ्नो परिचय दिएका छन् ।कुसुम श्रेष्ठ (तरकारी वाली) को हुन र उन्को पृष्ठभुमि के हो त्यो सँग यो पंगतिकार लाई कुनै सम्बन्ध छैन र पुरबाग्रही ढँग बाट उन्को बिरोध गरेको पनी हैन । समग्र मा ऊनि एउटी किसान की छोरी हुन र उन्ले गरेको पेशा को उच्च कदर गर्दै उनलाई कृषि पेशा तर्फ आकर्षित गरी अन्य समाज का नया पीढीका युबाहरू लाई पनी उधाहरण बन्ने गरी उन्को पेशा र कार्य को सम्मान गर्न पर्ने मा एउटा कृषक की छोरी ले तरकारी बेचेको तस्बिर बापत मोडलिँग गरायेर खाली खुट्टा तिग्रा देखिन्जेल का तस्बिर खिचायेर प्रचार प्रसार गरिनु एउटा कृषि प्रधान देश को नै बेइज्येति भएनर ?नेपालमा राजनीती देखि लिएर धार्मिक , सामाजिक, लैंगिक, जातिय जस्ता बिभिन्न कुरा हरू मा धेरै जस्तो बिबादित भई रहन्छ । एस्ता महत्व पुर्ण कुरा हरू सामाजिक सञ्जाल मा छरपष्ट देखिने गर्छन् । एस्ता बिबिध समस्या हरू को समाधान मा कहिले गम्भीर भएर नलागेका मुलधारे मीडिया हरू एस्ता माथी उल्लेखित सामान्य कुरा हरू मा अल्झीयेर बस्नु हास्यास्पद नै हो ।

नेपालको राजनितिक गतिबिधि का कारण देश ले ठुलो क्षेती बेहोर्दै गएको कुरा त हामी सबै लाई अबगत नै छ । हाम्रो देश का नेतृत्व हरू बाट भएका कयेउ गलती हरू को अहिलेका केही शिक्षित बर्ग हरू ले समीक्षा गरेका छन् । तिनै नेतृत्व बाट भएका र हुने गरेका गलती हरू को भण्डाफोर गर्न कतिपय शीर्षक हरुमा सामाजिक सञ्जाल मार्फत खबरदारी गर्दै बिरोध गरिएका छन् तर त्यस्ता कार्य को अहिले भएका मुलधार मीडिया हरुले उनि तरकारी वाली जस्तो महत्व पुर्ण दिएर कहिले देश र जनता कहाँ बस्तबिकता पुराउन सहयोग गरेको देखिन्दैन ।

देश को गौरभ शाली योजना अन्तर्गत परेको कर्णाली परियोजना सामाजिक सञ्जाल मार्फत केही अभियेन्ता हरू ले जोड तोड़ का साथ कर्णाली बचाऔ’ अन्तर्गत बिरोध गरी रहेका छन । भारत को जीएमआर  कम्पनी सँग भएको कर्णाली समजौता देश र हामी जनताको हितमा नभयको कुरा हामी ले धेरै पडेका देखेका छौ । एस्तो राष्ट्रघाती समजौता हुदै गर्दा सामाजिक सञ्जाल मार्फत बिरोध र खबरदारी भएको यती लामो समय सम्म भई सकेको छ । तर यती धेरै सामाजिक सञ्जाल मार्फत बिरोध हूदै गर्दा पनी तरकारी वाली को तस्बिर लाई मॉडलिंग गरी पूरा पन्ना भरिको बनाएर पत्रकारिता गर्ने मुलधार का मीडिया हरू ले कहिले पनी कर्णाली बचाऔ अभियान लाई महत्व दिएनन् ।

नेपालको जलस्रोत माथी एकाधिकार कायम गर्ने उदेश्य भारत ले नेपाल के धेरै जसो उच्चकोटि का आयोजना हरू कोशी ,गण्डक , र महाकाली जस्ता नदी हरू आफ्नो हित बमोजिम गरी सकेको बिभिन्न बिज्ञ बाट सुन्न पाइएको छ । ऐसै अंतगर्त पछिल्लो समय मा माथिल्लो कर्णाली परियोजना पनी राष्ट्रको हित बिपरीत भएको र चौतर्फी बिरोध भै रहेको हामी सबै लाइ अबगत नै छ । एस्तो बिरोध भै रहदा पनी सरकार जनभाबना बिपरीत कार्य गर्दै आएको हामी लाइ थाहा छ । एस्तो अबस्था मा केही देश भक्त नागरिक ले बिरोध र दबाब मूलक कार्य गर्दै बिभिन्न तबर ले सरकार र सरोकार वाला हरू को बिरोध गरिरहेको छ ।एस्तो गौरब शाली अभीयान को आफु लाइ सहभागीता नजानाइ यती  हाम्रो समाज का युबा हरू देश का सञ्चार माध्यम हरू एउटी किसान की छोरी ले तरकारी बेचेको तस्बिर लाई कवर तस्बिर बनाएर उनै सँग गरिएका बार्तालाब हरू लाई हैडलाइन बनाएर पत्रकारिता गरेको ठान्दै हिदछन् ।

जब सम्म हामी र हाम्रो समाज ले आफु लाई पहिचान गर्न सक्दैन तब सम्म यो समाज र हामी ले सामुन्नत समाज को निर्माण गर्न, राजनीतीक संक्रमण र मीडिया आतंक बाट बच्न सक्दैनौ ।

प्रतिक्रिया

सम्बन्धित