अपवित्र भएको रामजानकी मन्दिर पवित्र भएकै हो त ?

drajkdddoirala
– डी राज कोइराला

भारतीय निर्देशन अनुसार नेपाली नागरिकहरुलार्इ हुने नहुने भए नभएका कृतिम कुरा सुनाउँदै नेपालको राजकीय सत्ता हात पार्न सफल भएका शासकनेताहरुको जमातले नेपालालार्इ ध्वस्त पार्नकालागि तयार पारिएको १२ बुँदेका माष्टरमाइण्ड तथा हाल भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणका क्रममा शासक बनेका टेररिष्टहरुको जमातले नेपाली नागरिकहरुका सत्यकुरा भारतीय राष्ट्रपति प्रणव मुखर्जी छेउ राखेर भारतलार्इ चिड्याउँने भए भन्ने सोचेर अधोषित कर्फ्यु लगाइ सेना परिचालन गरेर भए पनि राजकीय भ्रमणको औपचारिकता पुरागरेर भ्रमण सफल भएको र भारतसंगको सदियौ पुरानो सम्बन्ध अझ सुदृढ भएको धोषणा गरी खुसी मनाउनुलार्इ ” हग्नेलार्इ भन्दा देख्नेलार्इ लाज” भने जस्तै हुन पुगेको कुरा धेरैले जान्न थालिसकेकै हो । अब यो तथ्य लुकाउने बिषय भएन ।

नेपाली नागरिकहरुले भारतका महामहिम राष्ट्रपतिको विरोध जमेर गरे । यो विरोध किन गरेका हुन त्यस्को अध्ययन गर्ने गराउनेकाम सरकारको भए पनि सरकार भने महामहिमको नेपाल भ्रमण अत्यान्तै सफल भएको भन्ने प्रचार प्रशार गराउनमा नै व्यस्त छ। सरकारको लाज ढाक्ने काममा खटिएका ठेक्केदारहरुले भने विदा दिएको र अघोषित कर्फ्युको मात्र सामान्य विरोध भएको हो अरु विरोध भएको होइन भनेर सरकारलार्इ रिपोर्ट दिएर र मिडियाहरुमा जोड तोडले झुटा कुरा प्रचार प्रशार गरी ठेक्का पुरा गरिरहेकै छन ।

यदि यो कुरो साँचो हो भने नेपालका शासकनेताहरुका काम कार्वाहीको खुलेर विरोध गर्नु पर्नेमा राजकीय भ्रमणमा आएका भारतका महामहिम राष्ट्रपतिको विरोध किन भएको हो त ?

सरकारले सुरक्षाको हावादारी हुइँया नपिटी सडक बन्द नगरेको भए राजधानी काठमाण्डौमा पनि नेपाली नागरिकहरुले सडकका दायाँबायाँमा उभिएर नेपालको राष्ट्रिय झण्डा हल्लाउँदै, भारत सरकारले नेपाल र नेपाली प्रति गरेका हस्तक्षपका गुनासाहरु सुनाउँदै, पुष्प गुच्छा दिदै, खादा चढाउँदै, सयपत्रीका माला लगाउँदै, भारतीय हस्तक्षप बन्दहोस, लिपुलेक कालापानीबाट भारतीय फौज हटोस, भारतीयहरुले निलेको सुस्ताका खेतहरु फिर्ता होस, भारतले लेखापढी गरेर फिर्तागरेको टिष्टा काङ्गडा हस्तान्तरण होस, भारतमा नेपालीहरु प्रति गरिने दुर्व्यवहार बन्दहोस, जस्ता कुराहरु महामहिम भारतीय राष्ट्रपतिलार्इ सौहार्दपूर्ण वातावरणमा भन्ने अवशर नेपाली नागरिकहरुले पाएको भए वास्तविक स्वागत र नागरिक अभिनन्दन हुने थिएन र ?

सरकारले नेपालका हितमा कुरा राख्न नसकी टाउको दुखेको ओखती नाइटातिर दल्दै भारत भक्तिमा मात्रै व्यस्त रहेकाले नेपाली नागरिकहरुले भारतीय थिचो मिचो र नेपालको राष्ट्रिय हितका बिषयमा महामहिम राष्ट्रपति मार्फत भारत सरकारलार्इ आफ्नो देशको कुरा राख्ने अवसर नपाएकैले “सौताका रिसले पोइको काख हग्ने ” भन्ने उखान जस्तै शासकनेताहरुलार्इ गरेको गाली महामहिम भारतीय राष्ट्रपति तिर ठोक्किन पुगेकोले अब उसो भने आक्रोसित बनेका नेपाली नागरिकहरुले होसमा आएर सच्चिदै झुक्किएर महामहिमलार्इ गरेको गाली शासकनेताहरु तिर फर्कने दिन नजिकिदै आए जस्तो लाग्न थालेको छ ।

राष्ट्रपति आउने दिन उन्को सवारी हुने सडकका दायाँ बायाँ चोक चोक तथा बिभिन्न ठाउँ ठाउँमा भेला भएर नेपाली नागरिकहरुले भारतले नेपाल र नेपाली प्रति गरेका देखेका जानेका भोगेका सुनेका ऐतिहासिक तथ्यपरक प्रमाणित विवरण र घटनाहरुको निराकरणकालागि महामहिम राष्ट्रपति मार्फत भारत सरकार छेउ सबै कुरा पुगुन भन्न खोजेकोमा सो अवशर नागरिकहरुलार्इ दिदा सरकारमा बसेका शासकहरु अपमान हुने ठानेर अवशर नदिएको हुनाले चित्त दुखाउँदै आक्रोसित भएको भिडले महामहिमको विरोध गरेको देखिन्छ ।

हुन पनि हो (मार्सल) लडाकु जातिका नेपाली नागरिकहरुले रिसको झ्वाकमा काठमाण्डौमा कालो झण्डा देखाउन खोज्नु, पोखरामा विरोध जुलुस निकाल्नु, स्वागतद्वार भत्काइदिनु, राष्ट्रपति चढेको जाहाज अवतरण हुने बेलामा पटका पड्काएर चराहरु उडाइदिनु, बेलुनमा कालो झण्डा बाँधेर आकासमा छोडिदिनु, जस्ता घटनाहरु सार्वजनिक हुनु भनेको वर्तमान सरकारको शासन प्रणालिको धज्जी उडाएकै होइन र ?

तर यी घटनाहरुको ठीक विपरित जनकपुरमा भने खुल्ला हृदयले नागरिक अभिन्नदन भएको हो तर अभिनन्दन समारोहका सहभागीहरुमा २०४६ साल पछिका नेपालका शासक नेताहरुले भारतीय आदेशले १९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ७ लत्याउँदै लाखौं भारतीयलार्इ नेपाली बनाइदिएकाले रैथाने नेपालीहरुका भागको गाँस खोस्दै थिचो मिचो गरेर बसेका भारतीयहरु र अभिनन्दन समारोहमा ठूलो जमघट देखाउन भारतको बिभिन्न प्रान्तबाट ल्याइएका नेपाली नागरिकताधारी भारतीयहरुले उत्साहपुर्वक भारतका महामहिम राष्ट्रपतिको स्वागत गरेकै हो भने त्यस्ता भारतीयहरु र गृह तथा उपप्रधानमन्त्री बिमलेन्द्र निधीको टेररिजमले रैथाने नेपाली नागरिकलार्इ पनि उपस्थित गराउन सफल भएकै हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले अपवित्र पारिदिएको रामजानकी मन्दिर भारतीय राष्ट्रपतिले पवित्र पारी दिएपछि मन्दिर नै खुसी भएर मधेशवादीहरुको मनोबल बढाउने बरदान प्राप्त भएकै हुनु पर्छ ।

यदि शासकनेताहरुले यी नेपाली नागरिकहरुले राख्न खोजेका बोल्न खोजेका र भइरहेका कुराहरु सत्य होइनन् विरोधीहरुका भीडको हल्ला मात्र हो भन्छन भने गणतन्त्र भए पछि पालै पालो गरेर गठन भएका सरकारहरु मध्ये नेपालको कुन सरकारले भारत सरकारसंग लिपुलेक कालापानी भारतले हड्पेको कुरा राखेर त्यहाबाट हट्नु होस भन्न सक्यो ? भारत सरकारसंग कुन सरकारले भारतीयहरुले सुस्ता निलीरहेको कुरा राखेर भारतीयहरुले निलिरहेको नेपाली किसानहरुको लालपुर्जा भएको जमिन फिर्ता गराउनु होस भन्न सक्यो ?

कुन सरकारले ३१ जुलार्इ १९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धि कार्यान्वयन गरेर सन्धिले फिर्ता गरेको टिष्टाकाङ्गडा भित्रका सबै भूभागहरु फिर्ता गर्नुहोस भन्न सक्यो ? भारतबाट रोजगारी गरेर फर्केका नेपालीलार्इ सीमा नाकामा भारतीयहरुले लुट्ने गरेको कुरा बन्द गराउन कुन सरकारले पहल गर्न सक्यो ? नेपाल र भारतबीचको मैत्री तथा शान्ति सन्धि मिचेर भारतीय दवावले नेपाली बनाइएका भारतीयहरुलार्इ मन्त्रीसम्म बनाउने तर भारतमा सदियौदेखि बस्तै आएका नेपालीहरुले भोटरलिष्टमा नामसम्म राख्न नपाएर पुस्तौ पुस्ता विदेशी नै हुनु परेको यथार्थ कुन सरकारले राख्न सक्यो ?

उल्टै सुशिल कोइरालाको सरकारमा एमालेका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले नेपाली नागरिकहरुका आँखा छल्दै प्रबुद्धवर्ग मार्फत टिष्टाकाङ्गडा भारतबाट फिर्ता नलिनकालागि शुरु गरेको कामलार्इ एमालेका झोलेहरुले राष्ट्रवादी भन्ने गरेको ओली सरकारले निरन्तरता दिदै प्रबुद्धवर्ग भर्ना गरी भारत खुसी पार्ने काम शुरु गर्ने महेन्द्र पाण्डेलार्इ राजदूतको पुरस्कार दिएकै हो ।

यस पछिको दाहाल सरकार भने राष्ट्रवादी बनिनकालागि महेन्द्र पाण्डेले पाएको राजदूतको पुरस्कार खोसेकै भरमा पहिलेको खीलराज रेग्मी सरकारका परराष्ट्र मन्त्री माधव घिमिरेले शुरु गरेको राष्ट्रघाती कामलार्इ भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतलार्इ खुसी पार्न हस्ताक्षर गरिदिएर भारतसंगको सम्बन्ध सुधारेको नाममा भारतीय राष्ट्रपतिलार्इ नेपाल भित्र्याउने कुटनीतिमा प्रधानमन्त्री सफल भएको हल्ला फिजाए पनि नेपालको संविधानका बिषयमा महामहिम भारतीय राष्ट्रपतिले दिएको साविककै भारतीय निर्देशन पालना गर्दै सिङ्गो राष्ट नेपालको गौरव र नेपाली नागरिकको निरिह बनेको स्वाभिमान कतिदिन निरिह नै भएर बस्ला त ? के लाटाको खुट्टो बाटामा पर्ने दिन आउदैन र ?..।।

प्रतिक्रिया

सम्बन्धित