तिहार बिशेष गजल 

 

puskar baralतिहारमा झिली-मिली होला गॉउघर बहिनी,

कस्तो उराठ लाग्दो म बसेको सहर बहिनी ।

रात पनि उज्यालो फुलहरु र रङ्गहरुले,

आए होलान् देउसे भैंलेका लहर बहिनी ।

सयपत्री मखमली माला गलाभरी लाउने,

कस्लाई हुँदैन् र जिन्दगीमा रहर बहिनी ।

नरुनु है सावन सरी फुल पनि रोलान्,

नआउने सुनेपछी मेरो खबर बहिनी ।

भाग्य हो कि कर्म सूर्य संग खेल्नुछ,

पसिनाकै बगाँउदै छु नहर बहिनी ।

दु:खी यो जीवनका छिचोल्नु छ पिरहरु,

ओखरमा फुटाई दिनु सबै कहर बहिनी ।

आउँछु भन्छु हरेक साल जञ्जीर तोडेर,

यस्पाली नि पर्नु पर्यो अभर बहिनी ।

 

पुष्कर बराल, ताप्लेजुङ् ( हाल- न्यूयोर्क )

[email protected]

प्रतिक्रिया

सम्बन्धित