नत म सिनेमा छाडन सक्छु न नाटक नै : दयाहाङ रार्इ

दयाहाङ राई अहिले नेपाली रजतपटका सफल अभिनेता हुनुहुन्छ । घरपरिवार सदस्यहरुलाई विदेश जान्छु भनेर ढाँटेर मनभित्र भने लेखन तथा  नाटक निर्देशन गर्ने सपना बोकेर काठमाडौ आएका उनी काठमाडौ आएपछि ‘शिरुमारानीनाटकबाट रंगमन्चमा प्रवेश गरेका राईले करिब डेढ दर्जन नाटकमा अभिनय गरिसकेका छन् भने ‘जिरो जिरो जेड’ ‘बैतरणी क्याफे’ लगायत आधा दर्जन नाटकहरुको  लेखन तथा निर्देशन पनि गरेका छन्। रंगमन्चमा सशक्त अभिनयले जम्दै गर्दा ‘अनागरिक’ चलचित्रबाट नेपाली चलचित्र उद्योगमा डेब्यू गरेका राईले लुट,लोफर, कबड्डी, झोले, कबड्डी कबड्डी, राहदानी जस्ता दर्जनौं लोकप्रिय चलचित्रहरु दिएका छन्। मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि सँगको सहकार्यमा पुर्वाञ्चल नाट्य यात्रा २०७३ जारी रहेको छ । नाट्य यात्रा अन्तर्गत पुर्वाञ्चलका पाँच विभिन्न सहरहरुमा नाटक तथा घुम्ती नाटक मन्चन भईरहेको छ । यसै सन्दर्भमा अभिनेता दयाहाङ राईसैग पुर्वेलीन्यूजले गरेको कुराकानीः

तपाइकाे नेतृत्वमा मण्डला थिएटरले नाटक प्रदर्शन गरीरहेकाे छ । यसकाे मुख्य उद्धेश्य चै के हाे ? 

यसरी नाटक देखाउनुकाे मुख्य उद्ध्येस्य भनेकाे चै दर्शकलार्इ नाटक देखाएर उहाँहरूसंग एक प्रकारकाे सुमधुर सम्बन्ध कायम गर्नु हाे भने अर्काे कुा नाटक जहिले पनि काठमाण्डाैमा मात्रै सिमित हुने हुँदा कमसेकम बर्षमा १ पटक भएपनि काठमाण्डाै बाहिर लान पाए माेफसलका दर्शकहरूमाझ प्रस्तुत हुने माैका मिल्छ र नाटकले देखाएकाे दृष्यहरूकाे बारेमा दर्शकहरूसंग प्रत्यक्ष प्रतिकृया लिएर सुमधुर सम्बन्ध कायम गर्नुनै हाम्राे मुख्य उद्ध्येश्य हाे ।

तपाइकाे मतलब नाटकलार्इ माया गर्ने दर्शकहरू बढी पूर्वाञ्चल क्षेत्रमा छन हैन त ? 

पूर्वमा त्याे त पक्कै हुन सक्छ । पूर्व पश्चिम हामिलार्इ त्यती नै माया गरिरहनुभएकाे छ दर्शकहरूले । हाम्रा अाधार नै कला र साहित्य हाे । यि अाधार बाेकेर हामि दर्शकहरूमाझ अाएका हाै । हामि पूर्वकाले मात्रै माया गर्ने अनी पश्चिमकाले चै नगर्ने त्यस्ताे हैन हामिलार्इ पश्चिमका दर्शकहरूले पनि उतिनै माया गर्नुहुन्छ । तर यसपाली चै हामि पश्चिम भन्दा पूर्वलार्इ फाेकस गर्दै अाएकाे ले त्यस्ताे देखिएकाे हाेला तर त्यस्ताे चै हइन ।

नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक सफल नायककाे रूपमा एउटा चर्चानी बटुलनु भयाे तपाइकाे चलचित्रहरूले पनि राम्रै बजार पाए तर एकाएक सिनेमा क्षेत्र छाडेर नाटकतिर अाउनुभयाे किन ?

हैन हैन म नाटकमा मात्रै त कहाँ सिमित छु र मेराे नाटक र सिनेमामा अाफ्नै समय तालिका छ । जसमा म समय र टिमसंग सल्लाह गरेर मात्रै निर्णय लिने गर्छु । यि दुवै कुरा मेरा जिवनकालागि अति अावश्यक पनि हाे नत म सिनेमा छाडन सक्छु नत नाटक नै । नाटकमा म निर्देशन पनि गर्छु र अभिनयपनि , सिनेमामा भने अभिनय मात्रै गरिराछु ।

तपाइलार्इ नाटक र चलचित्र बिधा मध्ये कुन एक राेज्नुस भन्दा कुन राेज्नुहुन्छ ? 

साह्रै अफ्ठेराे प्रश्न मेरा लागि दुबै प्रिय हुन । बिशेष गरेर म अभिनय गर्छु र एक अभिनेता पनि हु मैले कुनै एक छान्नु भन्दा पनि दुवैलार्इ अंगालेर लैजाने छु र लगिरहेकै पनि छु ।

चलचित्र लुटले यहालार्इ नेपालीदर्शक र बजारमा चिनाउन सफल भयाे पछिल्लाे समय लुट २ पनि अाउदै छ । तपाइ अभिनित चलचित्र थुप्रै बजारमा अाए तरपनि पछिल्लाे समय तपाइ अभिनित चलचित्रहरू त्यती सफल भएनन भन्ने गुनासाे पनि छ त्यसकाे कारण के हाेला ? 

मैले सुरूवातदेखिनै भन्दै अाएकाे छु कि सबै सफल चलचित्रहरू ब्यवसायिक रूपमा राम्रा हुदैनन । र सबै ब्यवसायिक रूपमा राम्रा मानिउका चलचित्रहरू सफल पनि हुदैनन । मुख्य कुरा त सिनेमा भनेकाे नै समयकाे डकुमेसन अर्थात एउटा निर्देशकले समयलार्इ सम्बाेधन गरे जस्ताे मलार्इ लाग्छ । ब्यवसायिक रूपले कुन सफल र कुन असफल भन्दा पनि त्याे सिनेमाले देखाउन खाेजेकाे र बुझाउन खाेजेकाे दृष्य चै के हाे ? त्याे बुझनु पर्छ भन्ने मलाइ लाग्छ । अर्काे कुा मैले गरेकाे चलचित्र मात्र असफल हैननी नेपालमा सर्वाधिक चर्चा पाएका नायकहरूकाे पनि चलचित्रहरू ब्यवसायिक रूपमा असफल चै भएका छन नी ।

हामि फेरी तपाइले निर्देशन गरेकाे नाटक डिग्री माइला तिरै जाउँ । अहिले याे नाटक लिएर तपाइ स्वयम पूर्वाञ्चलका बिभिन्न सहरहरूमा प्रदर्शन गराइरहनुभएकाे छ । याे नाटकले समाजमा के कस्ताे शन्देश दिन्छ ?

पहिलाे त याे डिग्री माइला भनेकाे हामिले भाेगेकाे समयकाे एउटा घटनाले असर पारेकाे पात्रले भाेगेकाे दैनिकी हाे । जुन हामिले पनि भाेग्दै अाइरहेका छाै । हाम्राे देशमा राजनीतिक , अार्थीक तथा बिविध कारणले धेरै कुराहरू परिवर्तन भइरहेका छन । ति परिवर्तनसंगै समाजमा बिभिन्न घटनाहरूपनि भइरहेका हुन्छन । त्यहि घटनाले समाजमा बस्ने पात्र एवम बिभिन्न ब्याक्तीहरूलार्इ कस्ताे असर परिरहेकाे छ ? मुख्य हामिले त्यस्लार्इ दर्शाएका छाै भने डिग्री माइलाले त्याे समय कसरी पार गर्ला त ? समाजसंग उ कसरी संघष गर्ला त त्यही देखाउन खाेजीएकाे छ ।

डिग्री माइला किन हेर्ने ? दर्शकहरूलार्इ के सन्देश दिन चाहनुहुन्छ ? 

डिग्री माइला भनेकाे अाज भन्दा ५ बर्ष अघिकाे समयमा मैले जे भाेगे त्यस्लार्इ अलिकती छुवाएर दर्शाउन खाेजिएकाे छ । त्याे भाेगाइ दर्शहरूमाझ प्रस्तुत गरीदा उहाहरूलार्इ केही महसुस हुन्छ त्यसैले डिग्री माइला नाटक हेर्न सबै दर्शकहरूलार्इ म अनुराेध गर्दछु ।

प्रस्तुतीः नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…