धरान – इटहरी सिमा बिवाद : धरानवासीले अाफ्नाे अडान त्याग्नुपर्छ

itahari

यतिबेला सिंगो राष्ट्रनै सिमांकनको बिषयलाई लिएर बिवादमा फसेको छ । सिमांकनको समस्या सामधानकालागि राजनीतिकदलहरुको भुमिकापनि उत्तीकै सरहानीय छ तर ठोस र्निणय र उचित निष्कर्ष निस्कन नपाउदा मुलुक र्अर्को संकटमा पर्दै जाने खतरापनि देखिएको छ ।सिमांकनकै कुरा गर्दा अहिले र्पूवाञ्चलका बिकसित जिल्ला धरान र इटहरीपनि बिवादमा तानीएको छ । एउटै जिल्लाका यि दुई सहरहरु यतिबेला प्रत्येक सञ्चारमाध्यमहरुमा हेडलाइन बनीने गरेका छन । नेपालकै नमुना सहरको रुपमा चिनिन्छन धरान र इटहरी । दुवै नगरपालीका एकै पटक उपमहानगरमा बढुवा भएपछि यसको र्चचा सिंगो नेपालभरी चलेको थियो ।

 हालै धरान उपमहानगर स्थित नेपाली कांंग्रेसले चारकोशे झाडी अन्तरगत सेउती वारी इटहरी उपमहानगरले गाडेको आफ्नो सहरको स्वागत बोर्ड उखेलेर फालेपछि यो बिवाद सत्रुतामा परिण हुन जाने देखिन्छ । बर्षौदेखि तत्कालीन हाँसपोसा गाविस र इटहरी नगरपालीकाले संरक्षण गर्दै आएको जमिनलाई एकाएक धरान उपमहानगरपालकिाले आफ्नो भन्दै दाबी गरेपछि यति बेला दुवै सहर धरान र इटहरी बिवादसंगै चर्चामा छन । हालै धरान उपमहानगर स्थित नेपाली कांंग्रेसले चारकोशे झाडी अन्तरगत सेउती वारी इटहरी उपमहानगरले गाडेको आफ्नो सहरको स्वागत बोर्ड उखेलेर फालेपछि यो बिवादले उग्र रुप लिएको देखिएको छ ।

tej
                              तेज बन

धरान इटहरी सिमा बिवाद यो पहिलो भने होइन चारकोशे झाडीको ठुलो क्षेत्रफलको भुभाग धरान इटहरी संगै हाँसपोसाले पनि रेखदेख र्गदै आइरहेको समयमा एउटै जिल्लामा रहेका दुई नगरपालीका धरान र इटहरी एकैपटक उपमहानगरमा बढुवा भएपछि सीमा बिवाद सुरु भएको थियो ।सरकारले जनसंख्या, एमसिपिएम मूल्यांकनसँगै क्षेत्रफलको आधारमा पनि अनुदान पठाउने गरेको जानकारी पाएपछि मात्रै धरानले आफ्नो वास्तविक क्षेत्रफल र सिमाना कोट्याउ दै बिवाद सुरु गरेको देखिन्छ ।

राजय पुनःसंरचना अन्तरगत नयाँ बन्ने स्थानीय तहकाे सिमांकनकाे मुख्य अाधार इलाकालार्इनै मान्ने भनेर शिर्ष राजनीतिकदलहरू बिच सहमती भइसकेकाे अाधारले पनि इटहरीले सेउतीखाेलाकाे वारी सम्म् अाफ्नाे क्षेत्र दाबी गर्नु स्वभाविक देखिन्छ । तर धरानले त्यही क्षेत्रलार्इ पछिल्लाे समय अाफ्नाे भनेर दाबी गरिनु अस्वभाविक देखिन्छ । त्यसाे त इटहरी इटहरी उपमहानगरपालिका अन्तरगत हाँसपाेसाकाे भवानीपुर सामुदायिक बनले सेउती खाेलादेखी उत्तर  ७सय मिटर सम्म रेखदेख र भाेगचलन गर्दै अाएकाे छ । उसले पनि अाफ्नाे सिमा दाबी गर्ने हाे भने धरानकाे अाधा चारकाेशै हाँसपाेसाकै सिमामा पर्न जान्छ । धरानले बास्तवमै अाफ्नाे सिमा त्यतीबेला खाेज्नुपर्थ्याे जुनबेला तत्कालिन नगरपालीका हुँदा अाफ्नाे नगरकाे स्वागत बाेर्ड सेउती वारी राखीयाे जुन अहिले पनि त्यही छ । त्यतीबेलै अाफ्नाे स्वागत बाेर्ड किन हाँसपाेसाकाे पानीपियामा गाडेन ?  अहिले इटहरी उपमहानगरपालीकाले अाफ्नाे सिमामा गाडेकाे स्वागत बाेर्ड किन उखेलेर फाल्याे याे बुझ्न जरूरी देखिन्छ ।जानकारी नपाएसम्म दुवै उपमहानगर आफैमा तै चुप मै चुप रहेका थिए ।

हाँसपोसाको पानीपिया देखी सेउति खोला वारी सम्मको भुभाग इटहरी उपमहानगरस्थित शान्तिगर सामुदायिक बन र हाँसपोसा सामुदायिक बनले लामो समयदेखी संरक्षण गर्दै आइरहेका छन । तर हालै सोही क्षेत्रफलको भुभागलाई धरान उपमहानगरपालीकाले आफ्नो स्वामित्व दावि गरेपछि दुई उपमहानगर बिच बिवाद बढेको देखिन्छ । सिमा बिवाद हुनु कुनै नौलो बिषय भने होइन तर एउटा सहरले गाडेको स्वागत बोर्ड र्अको सहरले उखेलेर फाल्नु अमानवीय कार्य रहेको ठहरीन्छ । यसमा दुबै उपमहानगरपालीकाका राजनीतिकदलहरू , बुद्धिजिवी नगर अधिकृत लगायत सराेकारवालाह बसेर समस्याकाे सामधान निकालिनु पर्थ्याे ।

त्यसाे त इटहरी इटहरी उपमहानगरपालिका अन्तरगत हाँसपाेसाकाे भवानीपुर सामुदायिक बनले सेउती खाेलादेखी उत्तर  ७सय मिटर सम्म रेखदेख र भाेगचलन गर्दै अाएकाे छ । उसले पनि अाफ्नाे सिमा दाबी गर्ने हाे भने धरानकाे अाधा चारकाेशै हाँसपाेसाकै सिमामा पर्न जान्छ ।धरानले बास्तवमै अाफ्नाे सिमा त्यतीबेला खाेज्नुपर्थ्याे जुनबेला तत्कालिन नगरपालीका हुँदा अाफ्नाे नगरकाे स्वागत बाेर्ड सेउती वारी राखीयाे जुन अहिले पनि त्यही छ । त्यतीबेलै अाफ्नाे स्वागत बाेर्ड किन हाँसपाेसाकाे पानीपियामा गाडेन ?सिमा बिवाद हुनु कुनै नौलो बिषय भने होइन तर एउटा सहरले गाडेको स्वागत बोर्ड र्अको सहरले उखेलेर फाल्नु अमानवीय कार्य रहेको ठहरीन्छ । यसमा दुबै उपमहानगरपालीकाका राजनीतिकदलहरू , बुद्धिजिवी नगर अधिकृत लगायत सराेकारवालाह बसेर समस्याकाे सामधान निकालिनु पर्थ्याे ।

चारकोशे झाडीको ठूलो क्षेत्रसँगै इटहरीले उत्तरतर्फ रहेको सेउती पुललाई आफ्नो सीमा मान्दै आएको छ । प्रहरी प्रशासनले पनि त्यही सिमालाई आधार मानेर कार्य गर्दै आएको छ । यता धरान उपमहानगरले पनि सोही क्षेत्रलाई आफनो स्वामित्व दावि र्गदै आएको छ । दुवै उपमहानगरले आ– आफ्नो आधिकारिक वेभसाइटमा पनि सोहि क्षेत्रको नक्सा राखेका छन भने गुगल म्यापलेपनि सोही नक्सा राखेको छ ।

नेपालमा संघीयता अन्तर्गत सीमांकनको सवालमा सबैभन्दा बढी विवादमा परेको जिल्ला नै सुनसरी हो। देश संघीय स्वरुपमा जानुअघि सुनसरीलाई लिम्बुवान, कोचिला, मधेस, किरातजस्ता प्रदेशमा राख्नुपर्ने भन्दै विभिन्न आन्दोलनरत समूहहरूले माग गर्ने गरेका थिए। पूर्वमा कम्तीमा तीन वटा प्रदेश बनाउनुपर्ने विभिन्न संगठनको माग थियो भने प्रदेशको दावी गर्ने सबै समूहले सुनसरीलाई आफ्नो प्रदेशमा राख्नुपर्ने माग गरेका थिए।

के चाहन्छ धरान ? 

पूर्वाञ्चल विकास क्षेत्रमा अवस्थित धरान नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको शहर हो । हालको आधुनिक धरान रहेको स्थानमा शुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको ‘धरान’ शहरको नामकरण भएको भनाइ छ । धरान अाफैमा एक सक्षम र शुन्दरनगरीकाे पहिचान बाेकेकाे सहर हाे ।  सिमा बिवादले पछिल्लाे समय धरानपनि बिवादमा तानीयाे ।  बर्षाैदेखि इटहरी र साविक हाँसपाेसा गाविसले रेखदेख गर्दै अाएकाे चारकाेशे झाडीकाे क्षेत्रफललार्इ धरानले अाफ्नाे भनेर दावि गरेकाे प्रति केही धरानबासीनै असन्तुस्ट रहेका छन ।

धरानमा मुख्य समस्या भनेकाे खानेपानी हाे । अहिले पनि धरानले अाफ्नाे नगरक्षेत्रमा पानीकाे जाहाे हाँसपाेसा र चारकाेशे झाडीबाटै गर्दै अाएकाे हामि सबैलार्इ जानकारी नै छ ।  अरूले रेखदेख गर्दै अाएकाे जमिनलार्इ एक्कासी अाफ्नाे भनेर दाबि गर्नु धरानले सम्पूर्ण पानिकाे श्राेत अाफ्नाे मुट्ठीमा पार्न खाेजेकाे जस्ताे देखिन्छ । बर्खाकाे बेलामा जसाेतसाे पानीकाे समस्या टार्ने धरानले हिउदकाे बेला पानीकाे काकाकुल हुने गरेकाे छ । यसै समस्या सामधानकालागि एसियाली बिकाश बैंकलेपनि कराेडाै रकम लगानी गर्दै अाएकाे थियाे ।

तर धरानले समयमै पानीकाे श्राेत जुटाउन नसकेपछि एडिबी परियाेजनाले दिदै अाएकाे कराेडाै अनुदान बन्द गरिदिएपछि झनै समस्या उत्पन्न भएकाे देखिन्छ ।यतिबेला माैसम परिवर्तनसंगै धरानमा खानेपानी अभाव चर्किन्छ । धरानलार्इ भाेलीका दिनमा हाँसपाेसाले पानीकाे मुहानमा बन्देज लगाए के गर्ने भन्ने चिन्ता छ ।२०१७ सालमा नगरपालिका घोषित भएको धरानले अहिलेसम्म किन खोजेन अाफ्नाे सिमाना ? अहिले आएर छिमेकी शहरलाई चिढ्याउनु कदापि राम्रो हैन । त्यसैले धरानले व्यावहारिक पक्षलाई हेर्दै सेउतीयताको भाग इटहरीलाई नै छोड्नुपर्ने देखिन्छ ।

राजनीतिकदलको भुमिका

मुलुकमा लोकतन्त्र स्थापनासंगै संघियतामा गएको छ । यो बेला सिङगो देशनै सिमाङकनको बिवादमा अल्झीएको छ । धरान – इटहरी सिमा बिवाद पनि स्वभाविकनै मान्नुपर्छ । तर एउटा उपमहानगरले गाडेको बोर्ड अर्को उपमहानगरवासलिे उखेलेर फाल्नु अमानवीय कार्य हो यसमा धरानले आफ्नो गल्ती स्विकार्नुपर्छ र मेरो गोरुको बाह्रै टक्का भन्ने अडान छाडनु पर्छ । धरान – इटहरी सिमा बिवादमा फसेको यो सहित दाश्रो पटक मानिन्छ । लामो समयदेखि मच्चिएकाे याे बिवाद सामय पार्नकाे निमित्त दुवै उपमहानगरका राजनीतिकदलहरू एक अर्का प्रति अाराेप प्रत्याअाराेप लगाउदै बसिरहेका छन । यस्ताे बेलामा दुवै उपमहानगरमा रहेका राजनीतिक दल , बुद्धीजिवी , नागरिक समाज , नगर अधिकृत , तथा सराेकारवालाहरू बसेर समस्याकाे सामधान निकालिनुपर्छ । समयले डाडा काट्नु अघी नै सम्बन्धित सराेकारवाला तथा राजनीतिक दलहरूले चासाे देखाएर सिमा बिवाद टुंग्याउन लागि नपरे धरान र इटहरी बिचकाे मैत्रिपूर्ण सम्बन्धमा समेत दरार अाउने देखिन्छ ।

इटहरीबासीले खेल्नुपर्ने भुमिका 

इटहरीमा हालै अाएका नयाँ कार्यकारी अधिकृत टिकादत्त रार्इ जुन बेला धरान उपमहानगरका कार्यकारी अधिकृत थिए त्यही बेला देखी सिमा बिवाद सुरू हुनु , उनी इटहरीमा अाउनु ३ दिन अघी धरान कांग्रेसले सेउतीवारी राखेकाे स्वागत वाेर्ड उखेले फाल्नु , यसमा कार्यकारी अधिकृतकाे धरान कांग्रेससंग मिलेमताे रहेकाे समस्त इटहरीवासीले ब्यक्त गर्दै अाएका छन । स्थानीय चिया पसल तथा सार्वजनीक स्थानहरूमा समेत यही कुराले निकै चर्चा पाएकाे अवस्था छ ।

तर समग्रमा भन्नुपर्दा हिजाे टिकादत्त रार्इले धरानमा कार्यकारी अधिकृत भएर जिम्मेवारी  धरानकै समग्र बिकाश हेरेर काम गर्नुपर्थ्याे भने अाज इटहरी अाउदा उहाले इटहरी उपमहानगरकै बिकाशकाे बारेमा बाेल्नुपर्छ र गर्नुपर्छ जुन कुरामा उहा चुक्नुपनि हुदैन । यसमा इटहीवासीले कार्यकारी अधिकृतलार्इ दाेषी देखाउदै गफ लडाउनुभन्दा धरानवासीकाे पिडामा मलम लगाउने कार्यमा जुटे भाेलीकाे दिनमा राम्राे उदहारणिय बनिने पक्का छ ।

यतिबेला माैसम परिवर्तनसंगै धरानमा खानेपानी अभाव चर्किन्छ । धरानलार्इ भाेलीका दिनमा हाँसपाेसाले पानीकाे मुहानमा बन्देज लगाए के गर्ने भन्ने चिन्ता छ ।याे चिन्ताबाट मुक्ती दिलाउन इटहरी उपमहानगरवासी , राजनीतिदल , बुद्धीजिवी , समाजसेवी लगायतले धरानकाे खानेपानीकालागी उपयुक्त मानीने स्थानकाे खाेजी गर्दै हातमा हात मिलार्इ अघी बढनुकाे कुनै बिकल्प देखिदैन । यसाे गरे भाेलीका दिनमा धरानसंग अझ सुमधुर सम्बन्ध कायम रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित