” अन्तत: लोकमान जनताको कठघरामा “

lokman

हिजो आज  जताततै ,पत्रपत्रीका,टैलिभिजन,रेडियो र सामाजिक संजालमा चर्चाको बिषय बनेको छ लोकमान प्रकरण ,लोकमान र सर्बोच्च बिचको जुहारी  | प्रस्न उठ्ने गरेको छ लोकतन्त्र ठुलो कि लोकमान ? हामिले लोकतन्त्र स्थापना गर्यौं कि लोकमानतन्त्र ? आम जनसमुदाय को यही प्रस्न छ सबै दल र यस्का नेताहरुलाई जस्ले उनलाई नियुक्त गर्न भुमिका खेलेका थिए ,अब भोलीका दिनमा उनिहरुले जवाफ देलान या नदेलान,थाहा छैन मैले फेरी यस्तै लोकमानको नियति भोग्नु पर्ला या नपर्ला ,मेरो छोराले फेरी अर्को लोकमान भेट्ला या नभेट्ला यि सबै प्रस्नको उत्तर भोलिका दिनमा हाम्रा राजनितिक दलहरुले चाल्ने कदममा भर पर्नेछ |

म सुबाश घिमिरे एक आम सर्बसाधारण , मैले अक्तियार प्रमुख ,लोकमानसिहँ कार्कीलाई त चिन्दिन ,चिनेको छैन र मेरो कामना आगामी दिनमा कुनै यस्ता लोकमान लाई चिन्न पनि नपरोस |तर म मानसिहँ कार्कि लाई राम्रो संग चिन्छु , मैले त्यसरी नै चिंने वा मलाई त्यसरीनै चीनाईएको थियो त्यो | जतिबेला उनि आफ्ना भाई लाई  भेट्न ईटहरी आउँथे त्यस ताका कैयो पटक कुराकानिहरु भएका थिए म त्यसबेला सानै थएँ तर याद छ मलाई मैले उनलाई अंकल नमस्कार भनेको र उनले नमस्ते बाबु भन्दै ढाडमा धाप मारेको ,सम्झदा हिजो जस्तो लाग्छ |

suwas
सुबाश घिमिरे

समय सधै एकनास रहेन म पनि कहीले कता ,कहीले कता कहां पुगें मानसिहँ अंकल पनि कता कता पुग्नुभयो के के भयो कथा बस्तु आ-आफैंलाई मात्र थाहा होला | केही बर्सको अन्तराल पछि मेरो हातमा सधैं झै नागरीक दैनिक पर्यो जस्को पहीलो पृस्टमा लेखिएको थियो अक्तियार प्रमुखमा लेकमान सिहँ कार्कि सिफारीस ,जब मैले त्यो हेडलाई पढैं मलाई केही याद भएन जब उनको फोटामा मेरा आंखा परे म झसंग भए त्यो फोटो उनै मैले चिनेको मानसिहँ अंकल सँग मिल्दो रैछ , हेर्दै गएँ ,बुझ्दै गए उनै मानसिहँ अँकल नै लोकमान सिहँ कार्की भएको पत्ता लाग्यो |

 मान्छे भेट नभएको त धेरै बर्सनै भैसकेको थियो तर चिनेजानेको हुनाले स्वभाबिकै हो मैले त्यस पछिका हरेक समाचार पछ्याईरहैं धेरै लामो रस्साकस्सि पछि उनै मानसिहँ अँकल अक्तियार प्रमुखको रुपमा लोकमान सिहँ कार्कि भएर उदाए, पछि बुझैं मैले भेट्दा ताका उनि तत्कालीन साहि सरकार मा मुख्यसचिब रहेछन ,पछि ०६२/०६३ को परीवर्तन पछि उनि भुमिका बिहिन भएका रैछन र रायमाझि आयोगले ०६२/०६३ को आन्दोलन दबाउन  बल प्रयोग गरेको भन्दै दोषी ठहर गरेको रैछ तर हाम्रा दलहरुले के हेरेर नियुक्त गरे त्यो त थाहा भएन | म यति त भन्न सक्छु ” हाम्रा नेताहरुको काम गराई कस्तो छ त्यो त लोकमान नियुक्ति प्रकरणले प्रस्ट मात्रै हैन छरपस्टै पारीदियो नि ” हैन र ?

उनको नेत्तृत्वमा अक्तियार ले केही भ्रष्टहरुलाई मुद्दा पनि चलायो ,केहीलाई पाता कस्यो पनि त्यस बैला सम्ममा नियुक्ति बिबाद बिस्तारै साम्य भैसकेको थियो , त्यस पछि एक ताका उनको हाई हाई पनि यही समाजले गरेकै हो ,जब डा. गोबिन्द के.सि. को अनसन सुरु भयो ,माग रह्यो अक्तियार प्रमुख र केही आयुक्त उपर महाअभियोग लगाईयोस , ठिक यस बैला सम्म नेपालि समाजमा लोकमान र अख्तियारको छबि राम्रै थियो ,धेरैले डा.के.सि. को यो माग को खुलेरै बिरोध गरे भने कतिले भित्र भित्रै ,मैले पनि यस क्रममा यो माग जायज हैन भनेर केही पोस्ट पनी गरें कि कोही ब्यक्ति बिरुद्ध यसरी अभियोग लगाउंदै जान मिल्छ ,सकिन्छ  तर असत्य र झुट र देखाऊन गरीएको प्रचारले कतिदिन पो थेग्छ र , हाम्रो नेपालि समाजमा एउटा भनाई छ नि ” जति दिन थुन्छेले छोप्न सक्छौ छोप तर जुन दिन डोकाले छोप्छौ त्यो दिन सारा समाजले देख्नेछ ” ठिक त्यस्तै भयो यहाँ पनि |

 ” पछिल्लो राजनितिक परीवर्तनलाई ईन्सल्ट गर्ने लोकमान नै सम्भवत नया संबिधान अनुसार दण्डित हुने पहीलो संबैधानिक अधिकारी हुन यस ले परीवर्तन नरुचाएका अझै कैयो मावनियहरु हुनुन्छ उहाँ हरुको लागी गतिलो झापड हानेको  छ | यसबाट सम्बन्धित सबै ले पाठ सिक्न जरुरी छ |बल्लतल्ल संसदले आफ्नो भुमिका खोजेको छ संसदमा लोकमान बिरुद्ध महाअभियोग को प्रस्ताव दर्ता भएको छ ” आफुलाई सर्बै सर्बा ठान्ने लोकमान अन्तत: जनताको कठघरामा ऊभिनुरेको छ | ढिलै  भएपनि लोकमानको दादागिरी बिरुद्ध संसद हरुले देखाएको साहस र चालिएको यो कदम सरानिय छ |

” उनके केहीलाई पाता कसेछन तर त्यो भन्दा धेरैलाई पोसेछन पनि बिस्तारै बाहीर आउंदै गयो ,जतिलाई उनले पाता कसे त्यो भन्दा धेरैलाई पोसेछन ” आंफुसंग नआऊनेलाई पाता कस्ने र आंफुसंग आऊनेलाई मस्त पोस्ने उनको यो प्रबृति जनतामाझ बिस्तारै छताछुल्ल हुन थाल्यो ,” अक्तियार एउटा संबैधानिक आयोग हो,भ्रस्टचार छानबिन आँफैमा एक गहन अनुसन्धानको बिषय हो यो कुनै चटकेले रत्नपार्कमा देखाएको चटक जस्तो हैन”तर उनले त्यही नियत अंगिकार गरे |

उनमा यस्तो पनि भ्रम र अहम देखियो कि मानौ” अक्तियार भन्दा पनि लोकमान नै ठुलो लोकमान नै सबै सर्बै सर्बा हुन ” यसै अहमता बाट निर्देसित भएर अनि निरन्तर अगि बढिरहे ,लोक मानको सनकमा कैयौं निर्दोसलाई यसरी फसाईयो कि उनिहरुको आज सम्म पनि समाजमा भयानक बैईजत भैरहेको छ ,राम्रा लाई हैन हाम्रा लाई हेरे उनले ,अक्तियार को आडमा उनले एउटा छुट्टै गिरोहनै सञ्चालन गरेका रैछन पर्दा पछाडि जुन कुरा नियुक्ति को फायल अदालतले माग्दा भुकम्पमा परी हरायो भनि सरकारले दिएको हास्यास्पद जवाफ, म्याद तामेल गराउन गएका तामेलदार बाटोबाटै सम्पर्क बिहिन हुनु,वडा सचिब कार्यलय बाटै गायब हुनु ,घरमा हुल हुज्जल पठाएर म्याद टास्न नदिनु बाट प्रस्ट रुपमा पर्दामा देखापरेको छ |

उनलाई अख्तियारमा सिफारिस गरेर दलहरुले सुरुमै गम्भिर गल्ति गरेकै हुन ,अख्तियारको आडम्बरमा लोकमान यति सक्तिसालि भएकि सुरुमा उनलाई त्यहाँ सिफारीस गर्ने दल र यस्का नेताहरुनै उनि सँग झुक्नु मात्रै परेन उनको दादागिरि टुलुटुलु  हेरेर बस्न बिवस भए ,सिंगो लोकतन्त्र नै लोकमान सामु निरिह प्राय: रह्यो |

बर्तमान संसदले पनि लोकमानको दादागिरि टुटु टुलु हेरेर बसेकै हो हुंदा हुंदा अदालतलाई टेर्ने छाडे ,आँफु बिरुद्ध मुद्दा चल्नै,चलाऊनै नमिल्ने ब्याबहार देखाउन थालेपछि भने बल्लतल्ल संसदले आफ्नो भुमिका खोजेको छ संसदमा लोकमान बिरुद्ध महाअभियोग को प्रस्ताव दर्ता भएको छ ” आफुलाई सर्बै सर्बा ठान्ने लोकमान अन्तत: जनताको कठघरामा ऊभिनुरेको छ | ढिलै  भएपनि लोकमानको दादागिरी बिरुद्ध संसद हरुले देखाएको साहस र चालिएको यो कदम सरानिय छ |

” महाअभियोग पारीत भए लोकमान त जान्छन सबैलाई थाहा छ तर यि दलहरुले फेरी कुन नमुनालाई उठाएर ल्याउने हुन त्यो कसैलाई थाहा छैन “महाअभियोगमा एमाले र माओबादी का संसदहरुले मात्रै हस्ताक्षर गरे पनि कांग्रेसको पनि यसमा सहमति बुझिएको छ यद्दपि उसको आधिकारीक धारणा बाहीर आएको छैन तर यसमा समर्थन गर्न कांग्रेस पनि बाध्य हुने छ |

लोकमानलाई कारबाही गर्नु भनेको अक्तियारलाई कमजोर बनाउनु हो भनेर बुझियो भने त्यो अर्को गम्भिर गल्ति हुनेछ ,लोकमानलाई कारबाही गर्ने बहानामा अक्तियारलाई कमजोर बनाऊने अवस्था आउन हुंदैन ,उनको पितलो र उत्ताउलो सैलिबाट अक्तियार प्रति आम जनतामा जुन धारणा पैदा भएको छ त्यो अब हट्नु पर्छ | अक्तियारको नेत्तृत्वमा निस्पक्ष र स्वाच्छ छवि भएको ब्यक्तिलाई ल्याएर भ्रस्टचार बिरुद्धको अभियान लाई ब्यापक बनाऊन जरुरी छ |

लोकमान बिरुद्ध को यो महाअभियोग ले  अक्तियार दुरपयोग गर्ने,संबैधानिक मर्यदामा नबस्ने जोसुकै पनि अन्तत: जनताको कठघरामा उभिनु पर्छ भन्ने सन्देस आज जनता बिच प्रबाह गरेको छ र सार्भभौम संसदनै नै सक्तिको अन्तिम र एकमात्र स्रोत हो भन्ने प्रमाणित गर्दैछ |  ” पछिल्लो राजनितिक परीवर्तनलाई ईन्सल्ट गर्ने लोकमान नै सम्भवत नया संबिधान अनुसार दण्डित हुने पहीलो संबैधानिक अधिकारी हुन यस ले परीवर्तन नरुचाएका अझै कैयो मावनियहरु हुनुन्छ उहाँ हरुको लागी गतिलो झापड हानेको  छ | यसबाट सम्बन्धित सबै ले पाठ सिक्न जरुरी छ ||

सुबाश घिमिरे

इटहरी सुनशरी

http://facebook.com/us.aasu2

प्रतिक्रिया

सम्बन्धित