सन्दर्भ”आमाले बच्चा खाँदिनन्, देवीले बलि माग्दीनन् ”

सवै मानिसहरु सँग मन हुन्छ । करुणा, प्रेममय आत्म हुन्छ, जसले गर्दा  अरुको कष्ट देख्दा असह्य हुन्छ । श्रेष्ठ मानिस आफुले पालेको वा जिवित देखिरहेको जनवारलाई मारको देख्दा अथावा देख्नु परेमा उसलाई असह्य पिडा हुन्छ । किनकी मानिसहरुलाई जनवारहरुलाई देखिराख्दा उनिहरु प्रति एक खालको माया ममताको भाव श्रजाना हुन्छ । तर उनीहरुको मर्ने वेलाको चित्कार सुनेर पनि पनि फेरी तिनकै मासु खान कदापि पनि सक्दैन तर पनि निर्दयी भएर आफुले मामता प्रदा गरको प्राणिको हत्या गर्दछन र मासु खन्छन ।

प्रकृतिले सवै जिव जन्तुलाई विभिन्न खालको स्वरुप प्रदान गरेको छ जसले गर्दा प्रकृतिमा सवैको आ–आफ्नो असतित्व रहेको छ । मानिसहरु देवि देवताहरु सँग आफ्ना इच्छा हुरु पुरा गरिदिउन भनि,देवि देवाताहरुलाई खुसी पार्न बलि दिने अंधविश्वासी भाकल गर्दछन्, । ति निर्दोश जनवारहरुलाई मारेर मानिसहरु बली दिने गर्दछन् । जनवारहरु मारेर तिनिहरुकै रगतमा टेकेर मन्दिरमा प्रवेश गरि तिनीहरुको मासु देवी देवतालाई चढाउनु भनेको आमालाई उनकै सन्तानको मासु बलि चढाए जस्तौ हो र यो अत्यान्तै ठुले भुल हो ।

कुनै पनि धर्ममा देवि देवताहरुले निर्दोश जनवारको बलि लिने कुरा लेखेको नै छैन र देवि देवाताहरुले बलि मागेका छैनन् जसको फल स्वरुप हमिले धर्म गर्ने नाममा ठुलो माहा पाप गरि रहेका छौ । कुनै घरमा बच्चा र बाख्राको पाठो वा पाठि एकै दिन जन्मन्छन र बाख्रोको पाठो ठुलो भए पछि घरमा बच्चाको आमालाई पौष्टिक तत्वका लागि मासुका परिकार खुवाने वाहाना वा बच्चा जन्मिएको र हुर्किदै गएको उपलक्क्षमा आफन्तहरुलाई भेला गर्दा बच्चा सँग सँगै जन्मिएको त्यो बाख्रो पाठोलाई आफ्नो स्वार्थ पुरा गर्न हामि मारकाट गर्न पछाडि पर्दैनो ।

तर हामिलाई थाहा हुदैनकी त्यो कति ठुलो भुल र निर्दयी कुरा हो भन्ने । हाम्रो कपडामा रगत लाग्यो भने त्यहाँ कहिल्यै नमेटिने दाग लाग्छ र कापडा सफा हुदैँन तर पनि मानिसहरु उहि रगद खान्छन भने के त्यो मानिसको चित्त निर्मल र सफा होला त ! हामिले मरेको लासलाई छोए पछि नुहाएर सुद्ध भए पछि मात्र घर भित्र पस्दछौ, खाना खान्छौ र आरुलाई छुन्छौ फेरि त्यहि मरेको जनवारको लासको मासु खान्छौ ।

ragat-ma-terera-mandir

सुँगुरले फोहोर गर्छ, दिसा पिसाव खान्छ फेरी हामि सुगरको मासु स्वादीस्ट हुन्छ भनि त्यसैलाई खान्छौ । जुन गोरुले हामिले खाने अन्न उत्पादन गर्न खेतवारी जोत्छ फेरी हामिले त्यासलाई मारेर त्यसकै मासु खान्छौ । जुन भैसी जसले हामिलाई साझँ विहान दुध दिन्छ, जुन गाई जसले हामिलाई दुध दिन्छ र हामि साक्ष्त लाक्ष्मी र गौरी भनि पुजा आर्चना गर्दछौ तर फेरी हामि धर्मकर्मलाई, साझ विहान खानेको लागि दुघ दिने गाई भैसीलाई विर्सिएर त्यसैलाई मारेर त्यसको मासु खान्छौ ।

धिक्कार छ हामिलाई संंसारको सवै भन्दा सर्व श्रेष्ठ प्राणि भनि आफैले आफुलाई त्यसको उपमा दिन । जनवारहरुको पनि मानिसहरुको जस्तै आत्म र समझ हुन्छ तसर्थ प्राणिहरुको दया माया गनुनै संसारको ठुलो र माहत्वपुर्ण धर्म हो । धर्मको नाममा बलि दिने गतल प्रचार गरि प्राणि हिंसा बन्द गर्नु पर्दछ । देश विदेशमा भैरहेको विभिन्न खालेको हिंसाको सुरुवात जनवारको मारकाट बाट भएको हो तसर्थ हामिले प्राणि हत्या वाट टाढ बस्न जरुरी छ । भागवाद बुद्धको “ बाँच र बाँच्न देउ” भन्ने उपदेशको अनुशरण गर्न पर्दछ ।

अन्त्यमा के बुझ्न सकिन्छ भने प्राणीहरुलाई बचाँउनु धर्म र मार्नु माहापाप हो । त्यसैले ”आमाले बच्चा खाँदिनन्, देवीले बलि
माग्दीनन् ” भन्ने नारका साथ प्राणि हिंसा अन्त्यको माहा अभियानमा जुट्न जरुरी छ । काटमार बन्द गर्नु नै सवैभन्दा ठुलो धर्म हो ।

प्रतिक्रिया

सम्बन्धित