आशिर्वाद ! आशिर्वाद मात्र नहोस् !

आयू द्रोण सुते श्रीयो दशरथे सत्रुक्षयं राघवे !
ऐश्वर्य नहुष गतिश्च पवने मानञ्च दु¥यो धने !
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्ती सुते !
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे !

dashain

प्रस्तुत हरफ हिन्दु नेपालीहरुको महान् चाड बडा दशैँ (विजया दशमी) को दशौँ दिनबाट सुरु भई कोजागत पूर्णिमाका दिनसम्म गाउँ–शहर, लेक–बेसी, तराई–पहाड, रात–दिन हेक्का नगरि गुञ्जन मै व्यस्त हुनेछ । हरफ अर्थात् बडा दशैँमा आफन्त तथा मान्यजनहरुबाट प्राप्त हुने यस प्रकारको आशिर्वादको भावनार्थ द्रोण पुत्र अस्वत्थामाको जस्तो दिर्घायु होस्, दशरथ राजाको जस्तो श्रीसम्पति प्राप्त होस्, भगवान श्रीरामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वेर्य प्राप्त होस्, पवन पुत्र हनुमानको जस्तो गतिशिलता होस्, दुर्योधनको जस्तो मान–सम्मान होस्, सुर्य पुत्र कर्णको जस्तो दानवीरता मिलोस्, कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यता हाँसिल होस्, विदुरको जस्तो ज्ञान प्राप्त होस् तथा नारायण भगवानको जस्तो किर्ति प्राप्त होस् भन्ने हुन्छ ।

आश्वीन शुक्ल प्रतिपदाबाट कोजागत पूर्णिमा सम्मको समय चक्रमा प्रतिपदाबाट क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री, गरी नवदुर्गाको पुजा गर्दै चण्डि पाठ गरि दुर्गा माताका साथै तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पुजा आरधनाले अन्ततः आफ्ना मान्यजनको हातबाट रातो टिका र पहँेलो जमरा सहित निधार रंगाई आर्शिवाद लिने अवसरले ढोका खोल्ने गर्दछ । जसलाई कतिपयले विजया दशमी त कतिपयले बडा दशैँका नामले सम्बोधन गर्ने गर्दछन् ।
स्वभावैले रातो रंगले क्रान्ति र विजयको संकेत गर्ने मान्यता छ ।

महिषासुर राक्षसलाई बध (नष्ट) गरिएको, श्री रामले रावणमाथि विजय हाँसिल गरेको, दुर्गा माताले दैत्य–मुण्ड तथा शुम्भ–निशुम्भलाई बध गर्न सफलता प्राप्त हुँदाको समयलाई आधार मानेर नै जमरा राखेको दिनबाट विशेषतः दशौँ दिनमा टिका र आर्शिवाद थाप्ने गरिएको पौराणिक मान्यता पनि रहेको छ । जहाँसम्म “दशैँ” लाई सम्बोधान गरीने प्रशंग छ, एक थरीले अर्काको बध गरेर खुसीयाली मनाएको पर्वलाई “विजया” भनेर सम्बोधन गर्नु भन्दा “बडा दशैँ” नामले सम्बोधन गर्नु उचित ठान्दछन् भने कु –रिति र कंलंकित मानसिकताको नष्ट गरि शान्ति र सुु– संस्कृति स्थापनार्थ सफलता हाँसिल गरेको कार्यसँग जोडिएको हुनाले “विजया दशमी” भन्दा अनुपयुक्त नहुने अर्को थरीको तर्क छ ।

rup-chandra
                                      रुपचन्द्र अधिकारी

जे सुकै भएता पनि पौराणिक कालदेखिनै चलि आएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो । कृषि प्रधान हाम्रो मुलुकमा अन्न बालि लगाइसकेर यस बिचमा राम्रो लगाउने मिठो मसिनो खाने तथा आफन्त तथा मान्यजनहरुसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्दछ, दशैँ ! तर सबै कुरा ठिकै र राम्रै भइरहँदा आशिर्वादको कुराले केहि पृथक व्यहारिकता संग सम्बन्ध राख्दछ नै । किनकि मनै देखि पस्किएका ति कोमल शब्दहरुले व्यहारमा त्यहि किसिमले सामिप्यता राख्दछन् नै भन्न पनि सकिन्न । तर हिन्दु धर्मावलम्बीहरुले कि त सम्पूर्ण आस्था र विश्वासमा अल्झिएका संस्कृतिलाई बहिस्कार गर्नुपर्छ नत्र आफुभन्दा अग्रजले खुला हृदयले दिएको आशिर्वादलाई कञ्चनताका साथ स्वीकार गर्नु पर्छ ।

भलै शिक्षा,वाणिज्य तथा मानवीकी संकायमा स्नातक तथा स्नाकोत्तर गर्दै गरेका हामी युवा वर्गलाई आशिर्वाद दिने क्रममाम ५ दशक अघिल्लो पुस्ताले (बाबु÷बाजे) डाक्टर, पाइलट भएस् ! भनि दिँदा अशिक्षाको एक हद प्रकट भएको व्यहार नै किन नहोस् ! जबकि नेपालमा जो कोहि पनि डाक्टर, पाइलट, इन्जिनियर हुन सक्ने अवस्था छैन । जसको मुख्य कारणको रुपमा समग्र शैक्षिक प्रणाली र युवाहरुको भविष्यप्रति राज्यको उदासिनता तथा राज्यको आर्थिक अवस्था साथमा गुणस्तरिय शिक्षामा कहिल्यै सबैको पहँुच स्थापित हुनै नसक्ने गरि सिर्जित वर्गीय खाडल विराजमान छन् ।

यति मात्र नभएर यदि आशिर्वादहरुलाई राष्ट्र र हामी जनतासँग जोड्ने हो भने खण्ड खण्डमा केलाउन सक्ने अवस्था हामीमाझ विद्यमान छ ।हामी विकृत आधुनिकतासँग निकै परिचित छौ्रँ तर विश्वको वास्तविक आधुनिकतासँग र विकासको गतिसँग भने टाढा छौँ । अस्वत्थामाको दिर्घायुको कुरा गरिरहँदा हामीमाझ अकालमा दिनहुँ जिवन मृत्युसामु अनावरण गर्ने ठुलो संख्याको कारणहरुको रुपमा जोखिमपुर्ण वैदेशिक रोजगार यात्रा, देशभित्रै जोखिमपुर्ण सडक यातायातको अवस्था, जोखिमपुर्ण हवाइ यात्रा आदिले जिस्काइरहेको छ ।

दशरथ राजाको श्री सम्पति एउटा भावना भयो तर हाम्रो मुलुकमा बिहान बेलुका हातमुख जोर्ने र आधारभुत आवश्यकता पुरा गर्न असक्षमहरुले के दशैँमा आशिर्वाद नलिने ? श्री रामको जस्तो शत्रु नाश होस् भनिरहँदा दलिय, धार्मिक, वर्गिय, जातिय र क्षेत्रीय रुपमा हामी विभाजित हँुदो अवस्थाप्रति अग्रसर छौँ । नहुष राजाको ऐश्वेर्यता र हनुमानको गतिशीलता, दुर्योधानको मान, कर्णकोे दानवीरता, बलरामको बलको कुरा गरिरहँदा युधिष्ठिरको जस्तो सत्यता त निकै विरानो हुन आउँछ । विदुरको जस्तो ज्ञान र नारायणको जस्तो किर्ति एक आफँैमा समयसँग संघर्षशील रहन्छ ।

भन्न खोजिएको यो होइन कि, आशिर्वाद गलत भयो ! तर कम्तिमा यस प्रकारका भावना निश्चित चाडपर्वमा मात्र नआएर सदैव गतिशील भने रहनुपर्छ । दैवी कालका विभिन्न देवताको गुणसँग तुलना गरेर त कुनै अर्थ रहने छैन तथापि इमानदारिता, सत्यता, दानवीरता, गतिशीलता, ज्ञानता, आदिको संयोजनले सम्पूर्ण कुराहरुलाई एकिकृत गरि नौलो किसिमको आयाम भने पक्कै सिर्जना गर्दछ । एउटा व्यक्ति परिवार भन्दा अलग रहन सक्दैन, परिवार समाजभित्र रहन्छ र समाज राष्ट्रको एक अंगको रुपमा चरितार्थ प्रकट भइरहेको हुन्छ । अन्ततः राष्ट्रका जनताको भविष्य र सम्भावना राज्य संचालनको व्यवस्थासँग जोडिन्छ । तर आज दुर्योधनको दिर्घायुसँग आशिर्वाद साटि रहँदा अकालमा मृृत्यु अनावरण गर्नेहरुको संख्या दैनिक दाहोरो संख्यामा बढिरहेको छ । कारणका रुपमा जुनै हिसाबले पनि राज्य र यसका अंगहरु जोेडिएका छन् ।

चाहे ति निति निर्माणका शिलशिलामा भएका कमजोरी हुन् वा कार्यान्वयनका पक्षहरुमा भएका लापरवाहि नै किन नहुन् ? आ आफ्नो धर्म र परम्परालाई अन्य कुरा मान्ने हो भने, के राज्यसत्ता संचालनका मतियारहरु मध्ये कोहि पनि हिन्दु थिएनन् त ? के उनीहरुले युधिष्ठिर जस्तो सत्यवादिता र विदुर जस्तो ज्ञानी हुनु भन्ने आशिर्वाद आर्जन गरेका थिएनन् त ? नत्र नेपाल किन विश्वको आधुनिकतासँग पराजित भइरहेको छ ? यसर्थ आशिर्वादको रुपमा खास समयमा प्राप्त गरिने यस प्रकारका मेहेनति कर्णप्रिय शब्द प्रवाहहरु अब सधैँ आशिर्वादमा मात्र सिमित नहुन् । व्यहारिकतासँग कम्तिमा जोडिन सम्म सफल रहुन । राष्ट्रमा सुख, शान्ति र समृद्धिको ढोका खुलोस् ! बडा दशैँको सबैलाई शुभकामना !

प्रतिक्रिया

सम्बन्धित