भारतभक्त हनुमानहरुले सत्ता कब्जा गरेपछि

dfd-hanuman

सन् १९७५ को २५ फेब्रुवरीका दिन तात्कालिन राजा श्री ५ वीरेन्द्रले सिङ्गो राष्ट्र नेपालका तर्फबाट बिश्वका सामु राखेको प्रस्तावको दुर्इवटा वाक्य यस्ता छन :- । ” We need peace for our security, We need peace for our independence and we need peace for our development. As a matter of fact, Nepal in the past signed formal peace and friendship treaties with both our neighbours”.

राजाले बिश्वका सामु राखेको यो प्रस्तावलार्इ छिमेकको भारत बाहेक संसार भरका सबै राष्ट्रहरुले उचित प्रस्ताव हो भनेर समर्थन गरेकै हो । यो प्रस्तावलार्इ भारतले समर्थन गर्दा ३१ जुलार्इ १९५० को नेपाल भारत मैत्री तथा शान्तिको धारा ८ अनुसार नेपाललार्इ फिर्ता गर्नु पर्ने २ डिसेम्बर १८१५ को सुगौली सन्धिको धारा ३ र ५ मा उल्लेखित मेचीनदीदेखि पुर्व टिष्टा नदी हुँदै बंगला देशसम्मका भूभाग र महाकाली नदी पश्चिम सतलज काङ्गडासम्मका भूभाग फिर्ता गर्नै पर्ने भएकोले भित्रभित्रै चिडिएको भारतले समर्थन नगरेको हो भन्न अाइतबार बार्नु पर्दैन । यसरी चिडिएको भारतले भित्रभित्रै षडयन्त्रकव तानावाना बुनेर राजाको यो प्रस्तावलार्इ जसरी भए पनि तुहाउन सक्ने, नेपाललार्इ अस्तव्यस्त बनाइ दिन सक्ने, कुनै न कुनैरुपमा नेपाललार्इ आफ्नो अधिनस्थ बनाइदिन सक्ने र भारतको तावेदारीमा लागिरहने इमान्दार नेपाली मानिसको खोजीमा लाग्न वाध्य भएकै हो ।

यस्तो मानिसको खोजी गर्दा भारतमा नेपालले अराष्ट्रिय तत्व घोषणा गरेकैले निर्वासित जीवन बिताइरहेका कांग्रेस र कम्युनिष्टहरुका अनेक खेमासग सम्पर्क राख्दा कांग्रेसका नेता बी पी कोइराला बाहेक अरु सबै टोली बृगेडीहरुले सहमति जनाएकै कारणले भारत छोड्नै पर्ने बाध्यात्मक परिस्थितिलार्इ स्वीकार गरी मेल मिलापको नीति भन्ने भनाइ लिएर नेपाल आएका बीपी कोइरालाको देहवसान भए पछि भारतले उन्का सहोदर भाइ गिरिजा प्रसाद कोइरालालार्इ हनुमान बनाइ प्राय बिभिन्न बिचारका बामपन्थीहरुलार्इ पनि एकै ठाउँमा ल्याएर समाजवादी पार्टीका चन्द्रशेखर, सीपी (आइ)एम पार्टिका हरकिसन सिंह सुरजीत,जनतादलका सुब्रम्हणयम स्वामी र काग्रेस पार्टीका ए जे अकबर जस्ता नेताहरुलार्इ नेपाल पठाएर बिभिन्न प्रलोभनमा पारेर शुरु गरेको राजाले राखेको उक्त प्रस्ताव तुहाउने अभियान सफल बनाउन लगाएकै हो ।भारतीय आड भरोशा, सल्लाह, सुझाव लिएर जनतालार्इ अधिकार सम्पन्न बनाउने नाममा राजालाइ अधिकार बिहिन बनाउँन सफल देखिएका कांग्रेसी र कम्यूनिष्टहरुले बाध्यभएर भारतलार्इ खुसी राख्नै पर्ने नत्र राजा शक्तिशाली हुने छन भन्ने भारतले बेलाबेला देखाइदिने हाउगुजीको डर बोकेर भारतका हनुमान बनेकै हुन । उनीहरुंको अरु वैकल्पिक उपाय सोच्न सक्ने विवेकको खील उनीहरुले थाहानै नपाइ पहिले नै भारतबाट झिकिएकै हो ।

त्यसैको फलस्वरुप नेपालमा आवत जावत गरिरहने भारतीयहरुलार्इ अन्यायमा परेका अधिकार विहिन जनताका नाममा नागरिकता वितरण गरेर कसैलार्इ बसजको, कसैलार्इ अंगिकृतको नागरिकता दिएर आ-आफ्ना पार्टीका भोटर बढाउने प्रतिस्पर्धि कामगरेर तरार्इलार्इ भारतमय बनाएकै हो । भारतलार्इ खुसी पारेर सत्तामा रमाउनु बाहेक उनीहरुलार्इ राष्ट्र भन्ने के हो? देशको साँध सीमाना भनेको के हो ? कता हो? राष्ट्रिय स्वाभिमान भनेको के हो ? राष्ट्रिय एकता भनेको के हो ? राष्ट्रिय गौरव भनेको के हो ? सार्वभौमसत्ता भनेको के हो? नागरिकता भनेको के हो ? नागरिक अधिकार भनेको के हो?

सन् १९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धि भनेको के हो? देशमा शासन कसरी गर्नु पर्छ भन्ने के थाहा ? उनीहरुले जानेको भनेको भारतीय आडमा देश लुट्नु थियो लुटे ! देशलार्इ बलत्कार गर्नु थियो बलत्कार गरे ! भारतलार्इ नसोधी पिसाप फेर्न हुदैन भन्ने बुझेकाहरुले त्यसै गरे र हालसम्म पनि यो क्रम यथावत जारी छ ।

नेपाली नागरिकलार्इ दिग्भ्रमित पारेर सत्तामा अडिएका शासकनेताहरुले नेपाल र नेपाली नागरिकका हितमा सोच्नु, योजनाबद्धरुपमा काम गर्नु भन्दा भारतलार्इ खुसी पारेर सत्तामा हाली मुहाली गर्ने, देश लुट्ने, भएका उद्योग धन्दा, कल कारखाना, सस्थानहरु समाप्त पार्ने, र देश र जनतालार्इ भारतबेगर बाँच्नै नसक्ने हालतमा पुर्याउने काम गरेकै हुन ।

भलै पार्टी अनेक भए तर मान्छे र मान्छेको चरित्र तथा स्वभावमा भारतले सिकाए भन्दा अरु गरेनन् ।त्यसैले राजाका अधिकार खोस्ने भन्दै जनताका आँखामा छारो हालेर मनपरी तन्त्रका अाधारमा निष्कण्टक शासनसत्ता कायम राख्ने नीति लिएका शासकहरु धनी भएर मोज गर्ने भए भने अवशरबाट बन्चित गराइएका जनतालार्इ गरिव बनाएर बिदेश पलायन गराउने बाहेक देशमा कुनै परिवर्तन आउने कुरै भएन । नेपाललार्इ निरिह पारी भारतलार्इ खुसी पार्ने शर्तमा नेपाली नागरिकलार्इ दिग्भ्रमित पारेर सत्तामा अडिएका शासकनेताहरुले नेपाल र नेपाली नागरिकका हितमा सोच्नु, योजनाबद्धरुपमा काम गर्नु भन्दा भारतलार्इ खुसी पारेर सत्तामा हाली मुहाली गर्ने, देश लुट्ने, भएका उद्योग धन्दा, कल कारखाना, सस्थानहरु समाप्त पार्ने, र देश र जनतालार्इ भारतबेगर बाँच्नै नसक्ने हालतमा पुर्याउने काम गरेकै हुन ।

दुख पाएर विदेश गएका नेपालीहरका माध्यबाट समेत शासकहरुले मनपरी गरेका कुराहरु बल्लतल्ल बुझ्न थालेका नेपाली नागरिकहरुले शासकनेताहरु उनीहरुका पार्टीहरु, पार्टीका धुपौरेहरु, उनीहरुका आशे, गाँसे, छाते,बैठके, हुक्के, झोले, बुद्धि बेचुवा बुद्धिजीवी, डिग्रीधारी बिद्वान, आशामुखी बनेर शासकहरुका तावेदारीमा लागेका परराष्ट्रबिद, एतिहासिक तथ्य लुकाउने इतिहासविद,

मालिकको निर्देशनले कामगर्ने पत्रकार, गतिलो पारिश्रमिकका मोहमा शासकनेताहरुले भने बमोजिम भ्रमपूर्ण कुराहरु लेखिदिने लेखन्दासहरुको सक्कली अनुहार छर्लङ्ग देखिन थालेकोले निकट भविष्यमा हुने भनिएको सविधान संसोधनमा पनि नेपालीका हितमा होइन भारत र भारतीयहरुका हितमा हुनेछ भनेर यथार्थ बुझेका नेपाली नागरिकहरु समुह समुह बनाएर अापू अाफूमा पनि सतर्क हुन थालेको देखिन्छ । किन भने संविधान सभाबाट नेपालको संविधान धान २०७२ बनाउँदाका समयमा बहुशंख्यक नेपाली नागरिकहरुले राजाको प्रस्ताव ठीक रहेछऽ शासकनेताहरु र पार्टीका मान्छेहरु बेठीकमात्र होइन देश डुवाउने ठेक्का लिने भारतीयदलालहरु रहेछन भन्ने कुरा थाहा पाएर नै जनस्तरबाट दवाव हुन थाले पछि अप्ठ्यारोमा परेका षडयन्त्रकारी शासकनेताहरुले नेपालीलार्इ बिश्वाशमा लिन गरेको अभिनयको परिणाम नै नाकाबन्दी हो । होइन भने मसी नसुक्दैको संविधान कस्कालागि संसोधन गरिएको हो ? । मधेशवादी दलकालागि हो भने उनिहरु किन सन्तुष्ठ भएनन् त ? नाकाबन्दी हटाउन संविधान संसोधन गरेको हो भने मन्त्री तथा प्रधfनमन्त्रीहरु भारत जाँदै भारतले नेपालको संविधान मान्ने भयो ! स्वागत गर्यो ! किन भन्नु परेको हो? केही सामान्य कुरा संसोधन गर्ने सल्लाह भारतले दियो भनेर किन भन्नु परेकJ हो? वास्तविकता चै अर्के छ । मन्त्री प्रधानमन्त्रीले ढाँटेको मात्र हो भन्ने बुझ्दा अब उसो कुनै असजिलो छैन ।

राजाको शान्तिक्षत्रको प्रस्ताव तुहाउन गिरिजालार्इ भारतभक्त हनुमान बनाउका दिन जस्तो थियो अाज पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पनि उस्तैछ । नेपाल प्रतिको भारतीय चाहनामा कुनै फरक अाएको छैन बिभिन्न माध्यमबाट खेलिने षड्यन्त्रकारी भारतीय खेल ।

भारतसंग ठीक ढङ्गले कुरा राख्न सक्ने हैसियत नेपालका शासकनेताहरुमा छदै छैन ।उनिहरुले भारतको नून धेरै खाएकाले गुन तिर्न बाध्य भएका हुनाले के अाशा राख्नु ? अाशा राख्नुको कुनै अर्थ छैन ।

त्यसैले हालका नेपाली शासकनेताहरुको काम भनेको भारतीय अादेशमा संविधान संसोधन गरेर, भारतले नेपाललार्इ भारतमय बनाउनकालागि पठाइएका र अाफै अाएका नेपाली नागरिकता माग्ने सबै भारतीयहरुलार्इ पूर्ववत् नागरिकता दिने तथा यी नै भारतीयका छोरी चेलीले भारतीयसंग बिवाह गरेर जन्माएका सन्तानलार्इ आमाका नामबाट नागरिकता दिने साथै भारतबाट विवाह गरेर ल्याएका बुहारीहरु र अन्य अंगीकृत नागरिकहरुलार्इ नेपालका ठूला ठूला पदहरुमा पुग्न सक्ने संवैधानिक व्यवस्था गरिदिनकालागि बाध्यभएका शासकनेताहरु हतारिएका हुन ।

जस्को फलस्वरुप तरार्इलार्इ भारतमय बनाउने र तरार्इलार्इ भरसक एकमधेश एक प्रदेश नभए एक मधेश दुर्इ प्रदेश बनाउने जस्ता भारतीय चाहना पुरा गर्न सके चुनावजितेर बनेका नेपालका प्राय सबैखाले शासकनेताहरु सुरक्षित हुने ठानेकाले कांग्रेस माओवादी दलमात्र होइन एमाले राप्रपा लगायतमा रहेका भारतभक्तहरु पार्टी फुटाएर भए पनि यी कामहरु फत्ते गरेर तै छाड र मै छाड गर्दै भारत भक्ति प्रदर्शन गर्न आतुर देखिएकै हुन । भारतकालागि यी काम नगरे राजा बिरेन्द्रको हालत होला भन्ने मनगडन्ते डर शासकनेताहरुले पालेर राखेकै छन् ।

यो अवस्थामा शासकनेताहरुले नेपालको हितमा काम नगरे नेपाली जनताले निकट भविष्यमा नै एक एक गररेर नेता हुँ भन्ने जतिको छानी छानी छाला तर्लान भन्ने डर र अर्कोतिर भारतीयका हितमा काम नगरे भारतले कार्वाही गर्ने अप्ठ्यारो परिस्थितिमा रहेका यी शासकनेताहरुले उनीहरुका हितमा अरु के कस्ता षडयन्त्र रचेका होलान । ।

प्रतिक्रिया

सम्बन्धित