डिआईजी नवराजलाई सलाम – धनबहादुर पुरी

dig

नेपाल प्रहरीकै हिम्मतवाला प्रहरी हुन सिलवाल,देशभर अपराधिक गतिविधि गर्नेहरुलाई प्रहरी खोरमा कोच्न सक्ने हिम्मत राख्दै प्रहरी भित्र भएका कुहिएका आलुहरुलाई छानी छानी फ्याक्ने अभियानमा होमिएका उनलाई सम्पूर्ण नेपालीले एक पटक सलाम गनै पर्छ ।

नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल प्रहरी संगठनका एक कहलिएका चर्चित नाम हो । उनको नाम चर्चामा मात्र हैन ब्यावहार र काममा पनि उस्तै छ । पूर्व क्षेत्रमा एक वर्ष प्रमुख भएर वस्दा पूर्व उज्यालो भयो । उनको नाम न सुपारी काण्डमै जोडियो न कुनै आर्थिक काण्डमा । एउटा प्रहरी संगठनको उच्च ओदाहमा वसेर प्रहरीकै आचरण सुधारमा समेत लागेका डिआईजी सिलवाललाई मन पराउँने प्रहरीहरु अत्याधिक छन । यस अर्थमा पनि सिलवाल एक निष्ठावान नेपाल प्रहरी कर्मचारी हुन ।

अहिले सम्म विवादमा नतानिएका डिआईजी सिलवालले अपराध रोक्न देशब्यापी अभियान थालेका छन । संगठनकै सुद्धिकरणमा खरो रुपमा लागेका सिलवाल देशभरी हाई हाई छन । नागरिकमुखी कार्यक्रम, गुन्डागर्दी नियन्त्रण जस्ता कामले उनी चर्चामा आईरहेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हेडक्वार्टरका प्रमुख समेत रहेका डिआईजी सिलवाल बर्षौं अघिका फाइल खोजेर अपराधि पक्राउ गर्ने अभियानमा छन । सिआइबीको प्रमुख बनेको छोटो समयमै २५ देखि २९ बर्षअघि अपराध गरेका र खुलेआम हिँडिरहेकाहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका सिलवाल अहिले यो अभियानलाई निरन्तरता दिन चाहान्छन । यसरी समग्र देशको हितमा लाग्ने सिलवाललाई नेपाली जनताले सलाम गर्ने पर्छ । उनले गरेको काम,उनको अभियान, साच्चै नेपालको हितको लागी छ भन्दा फरक नपर्ला ।

प्रहरीहरु ब्यावहारीक मुखी हुनु पर्छ भन्ने अभियना नेपाली जनताहरुको लागी राम्रो हैन र ? यसरी समाजमा भएका अपराधहरुलाई न्यूनिकरण गर्ने अभियनामा होमिएका डिआईजी सिलवाललाई राजनितिज्ञहरुले पनि साथ दिनु पर्छ । पैसाको पछि कुद्ने प्रहरी अधिकारीलाई नै चुनौती दिने उनको अभियानमा हामी जनता किन नलाग्ने ? जटिल र गहन प्रकृतिको अपराध अनुसन्धानका लागि स्थापना भएको केन्द्रीय अनुसन्धान ब्युरोमा उनको गरेको कामको प्रसंसा हामीले किन खुलेर नगर्ने ? बीस अर्षअघि ठमेलको रेगी पवमा इटालियन नागरिकको हत्या गरेर भागेका टासी गुरुङदेखि २९ बर्षअघि एघार वर्षीय बालक मारेर फरार भएका विष्णु बहादुर थापा सम्मलाई पक्राउ गर्ने हिम्मत अरुले किन गरेको थिएनन ? र उनकै पालामा पक्राउ कसरी परे ।

‘दण्डहीनताको अन्त्य गर्नु हाम्रो अभियान हो भन्दै प्रहरी संगठनमा लागेका डिआईजी सिलवाल एउटा नमुना प्रहरी उच्च अधिकारी हुन भन्दा फरक नपर्ला । कसैको प्रलोभन,दवाव सम्म नमान्ने उनी साचै नेपालको उदाहरणीय प्रहरी अधिकृत हुन ।

सिलवालले चालेको कदमकै कारण अपहरण,फिरौती असुली, हत्या जस्ता जघन्य अपराध लगभग सून्यमा पुगेको छ । एक अधिकृतले सिंगो प्रहरी संगठनलाई हेर्ने धारणामा परिवर्तन ल्याउन सक्दारहेछन भन्ने प्रमाणका रुपमा डिआईजी सिलवाल जिउँदो प्रमाण हुन । उनी आफैमा स्वच्छ छवि भएको प्रहरीमा गनिन्छन । भविष्यमा प्रहरी प्रमुख हुने हैस्यत राख्छन सिलवाल । प्रहरी संगठन भित्र मात्र नभई नागरिक समाजमा पनि इमान्दार र चुनौतिसंग जुध्न सक्ने क्षमता भएको प्रहरी अधिकृतका रुपमा परिचत सिलवाल निकट भविष्यमा नै प्रहरी संगठनका आइजीपीका एक नम्वरको प्रवल दावेदार मानिन्छ । उनी अहिले सम्म प्रहरी संगठनको हिरो नै हुन भन्दा फरक नपर्ला । यसरी एक जना देशका इमान्दार प्रहरीलाई प्रमुख हुन नदिने नियत राखेर हिड्ने केहि उच्च प्रहरी अधिकृतहरुको ब्यावहार सुध्रियोस्। यदी प्रहरीमा साच्चै परिर्वतन गर्ने हो भने राजनितिमा लागेर हिडेका दल,मन्त्री र नेताहरुले सिलवाललाई आईजीपी वनाउँनुको विकल्प छैन ।

पूर्व वस्दा के के गरे ?

एक वर्ष पूर्व क्षेत्रीय प्रमुख भएर वस्दा जनताको मन जिच्ने काम गर्ने सफल भए । ४ सय ३९ किलोमिटर क्षेत्र खुल्ला सिमाना भएको पूर्व क्षेत्रमा हुने साना हतियार, लागु औषधको कारोवार र चोरी तस्करीवाट हुने सजिलो आम्दानीका कारण हुने अन्य सामाजीक अपराध नियन्त्रण गर्ने सफल भए । लोभ लालचमा नपर्ने डिआईजी सिलवालकै कारण मातहतका घुस खाने प्रहरीहरु समेत सुध्रिका छन भन्दा अहिले पनि अन्यथा हुदैन ।

त्यस भन्दा अगाडी सम्म आर्थिक चलखेल हुने प्रही कार्यलयहरुमा लगभग आर्थिक कारोवार सुन्य जस्तै भएको प्रहरीहरु नै वताउँछन । सिमा अपराध, तस्करी, गुन्डागर्दी लगायतका उपराधहरु नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलको उनले पूर्वी नेपालको ब्यापारीक केन्दं्र इटहरी तथा आसपासका क्षेत्रहरुमा गुण्डागर्दी, तथा दिउँसै लुटपाटको घट्ना हुने ठाउँलाई सुधार्ने उनको मुख्य हात छ । उनको पूर्वाञ्चल आगमनसंंगै पूर्व क्षेत्रमा खास गरी झापा, मोरङग, सुनसरी,सप्तरी र सिरहामा पेशेवर रुपमा संचालित सुपारी तस्करी नियन्त्रणमा आए । नेपाल सरकारले अति संवेदनशिल जिल्लाको रुपमा घोषणा गरिएका सिराहा र सप्तरीमा शान्तीसुरक्षा र अपराध नियन्त्रणमा डिआइजी सिलवालको अहम भूमिका रह्यो ।

जातीय क्षेत्रीय राजनितिकले चर्को रुपमा सडक आन्दोलन देखी सदन आन्दोलन सम्मको कार्यक्रम सार्वजनिक गदै छ यसमा जनताको सुरक्षाको प्रहरीले चलाख्याई गदै पूर्वमा निकै राम्रो भुमिका निर्वाह गरेको सिलवाल नेपाल प्रहरीको प्रमुख भए आम नेपालीहरुले साच्चै शान्तीसुरक्षाको महसुस गर्ने थिए । यसरी राम्रो काम गर्ने प्रहरीलाई सर्मथन गदै प्रहरी आचरण विरुद्ध काम गर्ने प्रहरीको आलोचना गर्नु सचेत नागरीकको कतब्य वन्न जान्छ । यसरी नै जनताको पक्षमा निस्वास्र्थ भावनाले काम गदै आएका सिलवाल भविष्यमा प्रहरी प्रमुख वनेर प्रहरी भित्र र समाजमा लुकेका अपराधहरु वाहिर ल्याउँन यही छ सुभकामना ।

प्रतिक्रिया

सम्बन्धित