ट्राफिक प्रहरी व्यवस्थापन र सडक यातायात तथा सडक मार्ग

                    अतिन अाचार्य

देशको मुख्य पुर्वाधार भनेको नै सडक यातायात छ नेपालमा।देशको मेरूदण्ड भन्दा पनि फरक नपर्ला सडक यातायातलाई।समग्रमा राष्ट्रको ऐना भनेपनि वा चरित्र भनेपनि सडक यातायातलाई नै जाने गर्दछ।सडक यातायातले नेपालको अन्तर्राष्ट्रिय नाकासम्म पुग्नको लागि विशेष सहयोग पनि गरेको छ।समग्रमा भन्नुपर्दा नेपालमा पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म नै सडक यातायातको सञ्जाल फिजिएको अवस्था छ।नेपालको अार्थिक,सांस्कृतिक तथा सामाजिक परिवेशलाई जोडने काम गरेको छ।

सङक्षिप्त रूपमा भन्नुपर्दा नेपालको सम्पुर्ण व्यवस्था धानेको नै सडक यातायातले छ।सडक यातायातले  जीवन र संस्कृति पनि जोडिएको छ।भनिन्छ त्यो देशको अार्थिक अवस्था कस्तो छ भन्नको लागि त्यहाँको सडक मार्ग कस्तो छ भनेर अवलोकन वा निरीक्षण गर्ने बितिकै थाहा हुन्छ।यानिकि देशको अार्थिक अवस्था सँग प्रत्यक्ष रूपमा सडक मार्ग जोडेको हुन्छ।हरेक देशमा नियमन निकाय हुन्छन संरक्षण र सुरक्षा दिनको निम्ति नेपालमा सडक यातायातलाई सुरक्षा र चेकजाँच गर्नको निम्ति सडकमा ट्राफिक प्रहरी परिचालन गरिएको हुन्छ।

सडकमा सवार गर्ने सडक यातायात देखि यात्रु महानुभावलाई सचेत र सजग तथा एक जिम्मेवारी नागरिक तथा पेशामा मर्यादित बनाउनको लागि।पैदल यात्रुको जीवन रक्षा वा दुर्घटना कम गर्नको लागि सचेतना मुलक कार्य गरि नागरिकलाई सुसूचित बनाउनु पर्दछ। विशेषगरी ट्राफिक प्रहरीको कार्यक्षमता र व्यवहारिकतामा प्रभावकारिता खोज्ने पनि गरिन्छ ट्राफिक प्रहरी भित्र।समय-समयमा ट्राफिक प्रहरीलाई अाधुनिक प्रविधि सँग प्रत्यक्ष संलग्न गराइ सडकमा कार्यान्वयन गर्नको निम्ति प्रेरित गर्नुपर्छ।

जस्तै:सडकमा क्यामेरा राख्ने देखि द्रुत गति मापन गर्न सक्ने यन्त्रको जानकार राखी अाफ्नो कार्य क्षमतालाई तिखार्ने प्रयास गर्दा अझ राम्रो हुन्थ्यो।सडकमा बर्दी लगाएर उत्रने बितिकै वहाँहरूको असल कार्य क्षमताको सही मूल्यांकन तथा हौसला प्रदान गरी अझ कर्तव्यनिष्ठ बनाइ अगाडि बढदा राम्रो हुन्थ्यो।विशेषगरी वहाँहरू खुल्ला अाकाशको मुनि बसी बिच सडकमा उभिएर होस या सडकको दायाँबायाँ बसी अहोरात्र खटी अाफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन।वास्तवमा वहाँहरूको पेशा अरू पेशाको भन्दा फरक कार्यशैली छ र वहाँहरूको बढी मेहनत र लगाव पनि छ।

यसो भन्दै गर्दा यो पङक्तिकारले सबै कुरामा दक्ष तथा निपुर्ण छन भन्न खोजेको होइन।वहाँहरूको कार्यशैलीलाई देखेर पनि विविध  विषयमा अनावश्यक टिप्पणी नसुनेको भने चाहिँ होइन है।वहाँ हरू कुनै दिन वा एक समय पारेर सडकमा सडक यातायातको चेकजाँच गर्न भनी एकान्तमा निस्कन्छन् र त्यो बेलामा सडकमा गुड्ने सवारी साधनको पत्र चेकजाँच देखि सवारीको विविध पार्टसको निरिक्षण गर्ने गरिन्छ त्यो बेलामा।सवारी चालक पत्र देखि सवारीको बिलबुक चेकजाँच गर्ने गरिन्छ।त्यो समयमा सवारी चालकपत्र र सवारीको बिलबुक सही छ भने ठिक छ नत्र भने राज्यले तोकिए बमोजिमको शुल्क असुल्ने गरिन्छ सवारी चालक सँग।

बेला बेलामा ट्राफिक प्रहरीले बिच बिचमा बसेर अनावश्यक शुल्क लिएर विकृति फैलाएको भनेर पनि बाहिर नराम्रो हल्ला वा टीका टिप्पणी पनि सुन्ने गरिन्छ।इटहरीका एक व्यवसायी ध्रुब भण्डारी भन्छन ट्राफिक प्रहरीको म समय समयमा यो सवारीसाधनको चेकजाँचमा विकृति देख्छु भनेर भन्ने गर्छन त्यसैगरी तरहराको एक व्यावसायि भेषराज वन पनि भन्दै थिए कि राज्यले सही नीति र जनमुखी संविधान नल्याउदा पनि सरकारको राष्ट्रसेवक कर्मचारीको मनोपोली हावी भएको भन्दै थिए।यी त भए समग्रमा राष्ट्रसेवकको राम्रा क्रियाकलाप र अवाञ्छनीय क्रियाकलापको उजागर।

मैले माथि नै उल्लेख गरिसकेको छु कि नेपालको सडक यातायात देशको मेरूदण्ड हो भनेर।नेपालको सडक यातायातलाई लिएर भन्नू पर्दा वा लेख्नैपर्दा पनि वास्तवमा एकदमै नाजुक अवस्था देखेको छु।नेपालको भौगोलिक अवस्था पुर्ण रूपमा मिलेको छैन।नेपालको अधिकांश भाग पहाडी भेगले अोगटेको छ।नेपाली नागरिकको पहाडी भेगमा ४०% बसोबास गरेको पाइन्छ।त्यहाँको नागरिकको जनजीवन प्रत्यक्ष सडक यातायातमा जोडिएको छ।त्यहाँ सुविधा सम्पन्न सडक यातायात तथा व्यवस्थित सडक मार्ग बनेको अवस्था छैन।

बर्सेनि पहाडी भेगमा सवारी दुर्घटना परी हजारौंले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ।त्यहाँको अधिकांश भेगमा कच्ची सडक र माटोको मात्रै सडक मार्ग बनेको छ।पहाडी भेगको नागरिकको यात्रा बडो कष्टकरमय छ। यात्रामा सहजता खोज्ने त अहिले त्यहाँ कल्पनाको कुरा मात्रै भको छ।पहाडी भेगमा अहिले हुलाकी राजमार्गको कार्य थालनी भइसकेको छ।त्यहाँ जबसम्म पक्की सडक मार्ग बन्ने अवस्था रहन्न तबसम्म त्यहाँको नागरिकले सहजताको यात्रा सडक यातायात बाट गर्न पाउदैन।पहाडी भेगमा भनौ या तराईको सडक मार्ग पनि व्यवस्थित भएको छैन।तराईको सडकमा कच्ची सडकमा सडक यातायात सवारी साधन सहज ढंगले यात्रा गर्न सके पनि कतिखेर कहाँ के हुन्छ भनेर कसैलाई थाहा हुन्न।

वर्षेनि नेपालमा सडक दुर्घटनामा परि हजारौ नागरिकको ज्यान अनाहकमा गइसकेको छ।यसको मुख्य दोषी चालकको लापरबाही र सडक अव्यवस्थित भएको जुन मापदण्ड बनाएर निर्माण गर्नुपर्थ्यो सडक त्यो अनुरूप सडक मार्ग निर्माण नगर्दा दुर्घटना हुने गर्दछ।।तराइको अधिकांश सडक पक्की भए पनि त्यहाँको सडक मार्गको बिच बिच भागमा खाडल भएको हुन्छ त्यही खाडल एकदिन सडक दुर्घटनाको एक पर्याय बन्ने गर्दछ।सडक मार्ग पक्की बनेको हुन्छ बनेको केही महिनामा अाफै भत्कन्छ।सडक मार्गको नियमन निकाय भएर पनि सही अवलोकन र निरीक्षण गरेको पाइन्न।मुख्यतया सडक निर्माण गर्ने भनेको सडक  लागि भनेर गरिन्छ।सडक यातायात मार्गमा अनेकन यानिकि धेरै  किसिमका सवारी साधन गुडिरहेका हुन्छन।

ती सवारी साधनको लागि उपयुक्त छन या छैनन त्यो मार्ग त्यसलाई पनि मापन गरेर सञ्चालनमा ल्याउदा राम्रो हुन्छ।दिनानुदिन यातायातको सवारीसाधनको नयाँ नयाँ रूप तथा विविध अाकारमा देशमा सवारी साधन भित्रिने क्रम जारी छ।यसरी सवारीसाधन देशभित्र अायात हुदा देशको राजस्वमा भारि वृद्धि हुन गई देशको अार्थिक पक्ष सबल हुन जान्छ यी र यस्ता फाइदाको कारणले भएपनि राज्यले सडकमार्गको चाहिँ उचित व्यवस्थापन गर्नुपर्दछ।सडकमार्ग साँघुरो हुन जादा सडकमा ट्राफिक जाम जस्तो समस्या अाइपर्छ त्यसैले सडकमार्ग निर्माण गर्दा वैज्ञानिक पद्धति अपनाइ अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सडक मार्ग निर्माण गरिनुपर्छ।

सडक मार्ग निर्माण गर्दा सदा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखि सडक मार्ग निर्माण गरिनुपर्छ अन्यथा सडक दुर्घटनामा परि सवारीसाधनमा यात्रारत महानुभावमा असर पर्न जान्छ।कसरी सडकमार्गमा सवारीसाधनको सुरक्षा गर्ने त? भन्ने प्रश्न अाउन सक्छ यस्तो अवस्था नअावस  भन्नको लागि सडकका दुवै छेउका किनारामा ब्लक स्टीलका बार लगाइ सडकदेखि बाहिर नजानको निम्ति सहयोग गर्छ।त्यसैले हामीले कोक्रो बनाउनु भन्दा पनि कोक्रोमा राख्ने नानी बनाउन जरुरी हुन्छ भने जस्तै सडकमा यातायात कस्ता वा कति गुडछन भन्ने भन्दा पनि सडक मार्ग निर्माण गर्दा चाहिँ सवारी साधनको लागि यो सडक मार्ग उपयुुक्त छ छैन भनेर सम्बन्धि निकायको ध्यान जरुरी देख्दछु।

          सडक मार्गमा प्रत्यक्ष रूपमा ट्राफिक प्रहरीको सम्बन्ध जोडिएको हुन्छ।सडकमा जब-जब ट्राफिक प्रहरी अाफ्नो कर्तव्यको निम्ति सडकमा अाउदछन त्यो बेलामा वास्तवमा सुरक्षाको महसुुस गर्दछन वा पैदल यात्री तथा सवारी चालकले।वहाँहरूको कार्यमा नागरिकले सदा अपेक्षा राख्छन कि हामीलाई राष्ट्रसेवकले सुरक्षा दिएका छन र हामीलाई दुइ कदम अगाडि बढन प्रेरित गर्नुहुन्छ भनेर।सडकमा जब पैदल यात्री निस्कन्छन तब गुरु सम्झन्छन ट्राफिक प्रहरीलाई।मुख्यतया सडक मार्ग ट्राफिक प्रहरी एक अर्काको परिपूरक हो भन्दा पनि हुन्छ।

प्रतिक्रिया

सम्बन्धित