मुस्लिम समुदायले मनाउने ईदुल अजहाँ र कुर्बानी

idul

मुुुस्लिम समुदायको इदुलफित्रपछिको दोस्रो ठुलो पर्व इदुलअजाहा हो । इदुलफित्रमा जस्तो यो पर्वमा एकमहिनै कठौर व्रत बस्नै बाध्याकारीक नियम नभए पनि यसको पनि आफनै विशेषता छन । अल्लाह तवारक ताआलाले पवित्र पुस्तक कुरान मजिदमा भनेको छ ,फसल्लीली रब्बीक वन्हर अर्थात यसको अर्थ यो हो कि मोहम्द सल्लाह अलैहैवसलम तपाई आफनौ अल्लाहको नमाज पढनु र कुरवानी दिनु मो.सल्लाह अलैहैवसलम माथि कुरवानी जसरी फरज थियो मुसलमानहरु माथि पनि कुरवानी दिनु वाजिब छ ।

मो.स.ल.भनेको छ कि कुरवानीकोे दिनमा कुर्वानी भन्दा अरु कुनै पनि चिज अल्लाह तवारक ताआलाले मन पराउनु् हुनेछैन । र कुनै पनि काम यस काम भन्दा ठुलो हुनेछैन । ईदुल अजहाँ इस्लामिक पात्रो अनुसार प्रत्येक सालको १२ औं महिनामध्यैको अन्तिम महिना जिलहिज्जा १० ,११ ,१२ गरी तीन दिन सम्म चल्ने चाडपर्व हो । आएशा रजिउल्लाह अन्हाको भनाइ अनुसार कुर्वानीको दिन रगत बगाउनु भन्दा प्रिय अल्लाहलाइ कुनै काम मान्य हुनेछैन र त्यो जनावर महाप्रलयको दिन आफनो सिंग ,रौं र रगतका साथ आउनेछ र कुर्वानीको रगत भुइँमा खस्नुपूर्व अल्लाहलाइ मान्य भइहाल्छ ।

कुरआनमा भनिएको छ ,अल्लाह समक्ष न त कुर्वानी गरिएको जनावरको रगत नै पुग्ने छ नत मासु नै केवल कुर्वानी गर्ने व्यतिmको नियत र अल्लाहका निम्ति उसको हृदयमा भएको डर मात्र पुग्नेछ । कुर्वानी दिएको जनावरुको रगत भुईँमा झरेभन्दा पहिलै अल्लाह तवारक
ताआलाले कुर्वानी कबुल गर्नु हुन्छ । जुन मुस्लिमसँग साढै ५२ तौला चाँदी र साढै सात तौला सुन बराबरको धन सम्पति छ उसको माथि कुर्वानी दिनु अनिवार्य छ ।

नवी मो.स.ल.ले भनेको छ जुन मुसलमानसँग साढै ५२ तौला चाँदी र साढै सात तौला सुन बराबरको धन सम्पति भएर पनि कुर्वानी दिदैन त्यो
ईदुलआजाहाँको नमाज पढनु र नपढनुको कुनै अर्थ हुदैन । एकचोटी साहाबा मो.स.ल.को साथीहरुले मो.स.ल.सँग कुर्वानीको सच्चाई के
हो भनेर सोध्यौ तब मो.स.ल.ले भन्नु भयौ ईब्राहिम अलैहीसलामको सुन्नत अर्थात तरिका हो । ईब्राहिम अलैहीसलाम लाई अल्लाह तवारक ताआलाले धेरै कुरामा परिक्षा लिएर जाँच्नु भयौ र ईब्राहिम अलैहीसलाम सबै जाँचमा सफल हुदै गयो ।

idul

ईब्राहिम अलैहीसलामको सबैभन्दा ठुलो परिक्षा यो थियो की अल्लाह तवारक ताआलाले ईब्राहिम अलैहीसलाम सँग भन्नु भयो तिमी आफनो छोरा ईस्माईल अलैहीसलाम लाई हाम्रो खुशीको लागि कुर्वानी दिनुपर्छ । ईब्राहीम अलैहीसलाम आफनो छोरा ईस्माइल अलैहीसलामको कुर्वानी दिन्न पनि तयार भयो र ईस्माइललाइ भन्यो त्यो पनि कुर्वानीको हुनको लागि तयार भयो । अल्लाह तवारक ताआलाको आज्ञा अनुसार ईब्राहिम अलैहीसलाम आफनो छोरा ईस्माइल अलैहीसलामको कुर्वानी दिनको लागि घरभन्दा निकै टाढाको एउटा
जँन्गलमा लग्यो ।

ईब्राहिम अलैहीसलाम आफनो छोरा ईस्माइल अलैहीसलामको कुर्वानी दिन्नका लागि घाँटीमाथि छुरा चलाउनु भयो छुरा चलैन तब ईब्राहीम अलैहीसलामले छुरासँग सोध्यो तँ किन चल्दैन अनि छुरा अर्थात खुकुरीले जवाफ दिइयो जुन अल्लाहले तपाईलाइ आफनौ छोराको कुर्वानी दिनको लागि आदेश दिनु भएको छ । त्यही अल्लाहले मलाई चल्नको लागि आदैश दिनु भएको छैन । अल्लाह तवारक ताआलाले लिनु भएको सबै जाँचमा सफल भएका ईब्राहीम अलैहीसलाम अल्लाहको खुशीका लागि आफनो छोरा ईस्माइलको कुर्वानी गर्नपनि पछाडी नहटै पछि अल्लाह तवारक ताआलाले भन्नु भयो बस गर ईब्राहीम म तिम्रो परिक्षा लिइ रहेका थिए ।

त्यसै यादलाइ ताजा पार्नको लागि मुिस्लम धर्मालम्बीहरुले प्रत्येक वर्षको ईदुलअजहाँमा कुर्वानी दिनै चलन रहि आएको छ । ईदुलअजहाँमा मुस्लिम समुदायले बाख्रा,भैडा,भैसी,उँट, रागा लगायतको जनावरहरुको कुर्वानी दिनै गरेका छन । खाडी मुलुहरुमा उँट बढी मात्रामा पाउने हुदाँ उतm मुलुहरुमा प्राय उँटको कुर्वानी दिने गरेको पाइन््छ भने नेपाल तथा अन्य दक्षिण एसियाली तथा एसियाली मुलुमा कुर्वानीमा बढी खसी र बाख्राहरुको कुर्वानी गरिन्छ । यसरी कुर्वानीमा दिएको जनावर तन्दुरुस्त र विना कुनै अंगभंग नभएको हुनु पर्दछ ।

idul

यसै प्रकारको जनावरको मासु कुर्वानीका लागि हलाल अर्थात जायज मानिन्छ । ईदुल अजहामा दिएको कुर्वानीको मासुलाई तीन भागमा बाडिन्छ एक हिस्सा कुर्वानी दिएको व्यतिmले राख्छ ,एक हिस्सा इष्टमित्र तथा साथीभाई लाई दिन्छ भने अर्को एक भाग गरिबहरुमा बाड्ने गरिन्छ । यसरी दिएको कुर्वानी बाट मुसलमानहरुलाई धेरै नैकी अर्थात पुण्य कुरा पनि उल्लेख गरिएको छ । कुरआनमा अल्लाह तवारक ताआलाले उल्लेख गरेअनुसार कुर्वानी दिनै व्यतिmले दिएको जनावरको रौं बराबरको नैकी पाउने छ ।

ईदुल फित्रमा जहाँ दीन दुखी गरिबहरु लाई रुपैया पैसा तथा लताकपडा दिएर सहयोग गरिन्छ त्यैगरी ईदुल अजहाँमा पनि मुसलमानहरु पर्वमा आवश्यक सरसमान,सव्वै तथा आफुले कुर्वानी अर्थात दिएको बलीको मासुको एक भाग दिएर उनीहरुलाई पनि परिवारका साथ खु्शीका साथ चाडवाड मनाउनै अवसर प्रदान गर्छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने मुसलमानहरु समाजमा रहेका दीन दुखी र गरिबहरुलाई हरदम सहयोग गर्न तल्लीन रहेको बुझन सकिन्छ । साथै मुस्लिम समुदाय कुनै धर्मको विरोधी नभए सबै धर्र्म समान दृष्टिले हेर्ने धर्म हो भन्ने कुरा पनि छर्लड. हुन्छ ।

ईस्लाम धर्मको विशेषता छ कि कुनै पनि पर्वमा सामाजका गरिबलाई बिर्सदैन बल्कि उनीहरुको सहयोग गर्नु ईस्लाम धर्मको एक महत्वपुर्ण विशेषता होृ । यस ईदुल अजहाँ पर्वले सबै मुस्लिमहरुलाई एक आपसमा भाईचारा कायम गर्नुको साथै सँगसँगै हिडन सिकाउँछ । सत्यबाटोमा आफनो सबै चिज त्याग गर्न प्रेरित गर्दछ । यस चाडपर्वमा मुस्लिमहरु ईदुल अजहाँको २ रिकात नमाज ईदगाह वा मस्जिदमा पढेपछि जनावरको कुर्वानी दिने चलन छ । कुर्वानी ३ दिन सम्म दिन सकिन्छ ।

मुसलमानहरु यही अन्तिम महिनामा ईस्नामको पाँच खम्बाहरुमध्ये एक खम्बाको रुपमा रहेको हज पवित्र धार्मिक स्थल साउदी अरबको मक्काको काबाको जियारत गरेर मनाइन्छ । यसपालि नेपालबाट पनि लगभग एक हजार जना हज गर्नका निम्ति मक्का पुगेकाछन ।
कुर्बानीका दिनहरुमा प्रत्येक हाजीले हाफनो तर्फबाट कुर्बानी गर्नु अनिवार्य छ ।

प्रतिक्रिया

सम्बन्धित