डिजिटल पेन्टसले तिजको अवसरमा "डिजिटल तिज फोटो कन्टेन्स्ट २०८१" आयोजना गर्ने, यसरी बन्नुहाेस् सहभागी

इटहरी । नजिकिँदै आएको महिलाहरूको महान् पर्व हरितालिका तिजको पावन अवसरमा डिजिटल पेन्टसले डिजिटल तिज फोटो कन्टेन्स्ट २०८१ आयोजना गरेको छ । प्रतियोगीहरू मध्ये उत्कृष्ट ३ जनालाई विजेता घोषणा र उपहार स्वरूप आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने  जनाइएको छ । फोटो कन्टेस्टकालागि डिजिटल पेन्टसले निम्न सर्तहरू राखेको छ । सो सर्तहरू अनिवार्य पालना गर्नुपर्ने छ ।   

१. सहभागी हुनको लागी Digital Paints को पेज लाइक तथा सेयर अवश्य गर्नुपर्नेछ ।

२. फोटो सफा र एकल (सिङ्गल) हुनु पर्नेछ ।

३. साडी, लेहेंगा र कुर्था लगाएको फोटो हुनु पर्नेछ ।

४. Digital Paints को पेजको म्यासेज बक्समा नाम, थर र ठेगाना सहित फोटो पठाउनुपर्नेछ ।

५. फोटोमा Mention, Share र Comment गर्न सक्नु हुनेछ ।

६. अटोलाइक, सेयर लाई मान्यता दिइने छैन ।

७. पेज लाइक नगरी फोटो लाइक मात्र गरेकोलाई मान्यता दिइने छैन ।

८. फोटो लाइक, सेयर, कमेन्ट र पेज लाइक हरुलाई मूल्याङ्कन गरेर २०८१।०५।३१ गते विजेता घोषणा गरिनेछ ।

९. प्रतियोगिता सम्बन्धी सम्पूर्ण निर्णय Digital Paints मा निहित रहनेछ ।

१०. सहभागीको उमेर १६ वर्ष देखी ५५ वर्ष सम्मको हुनुपर्नेछ ।  ग्राहकहरूलाई सर्वसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले  चाडपर्वलाई लक्षित गर्दे विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

छोटो समयमा कोसी प्रदेशका  मुख्य तथा साना ठुला सहर गरी ८० भन्दा बढी आधिकारिक डिलरहरू मार्फत ग्राहकहरूलाई सुलभ मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ ।  कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा विक्री वितरण गर्दे आएको छ।

प्रतिक्रिया

सम्बन्धित