सुनचाँदीको भाउ स्थिर

काठमाडौ / नेपाली बजारमा लगातार दोस्रो दिन मंगलबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनचाँदीको भाउ फेरबदल नभएको हो। 

मंगलबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। सोमबार भाउ स्थिर रहँदै सुनको त्यतिमा नै कारोबार भएको थियो। 


चाँदीको भाउ पनि मंगलबार स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ साेमबार पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।  

प्रतिक्रिया

सम्बन्धित