२५ औँ एसियन एथ्लेटिकस् च्याम्पियनसिपमा सहभागी खेलाडीहरूलाई शिवम् सिमेन्टको प्रायोजन

काठमाडौँ- यही असार २७ गते देखि श्रावण १ गतेसम्म थाइल्याण्डको पटैयामा सञ्चालन हुन लागको २५ औँ एसियन एथ्लेटिकस् च्याम्पियनसिपमा सहभागी खेलाडीहरूलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ।

काठमाडौँमा भएको एक कार्यक्रमका बीच नेपाल एथ्लेटिक्स एसोसिएसनका तर्फबाट सचिव आर.क. विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका थिए।

यसअघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलहरूमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजनको रूपमा सहभागी भइसकेको छ।

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा को २५ औंँ संस्करणका लागि नेपालबाट विभिन्न विधाहरूमा सहभागी जनाउन आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोम बहादुर कुमाल र दीपक अधिकारी गरी ७ जना खेलाडीले सहभागी जनाउने भएका छन्।

एथ्लेटिक्समा सहभागी हुने खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल च्याम्पियनसिपहरूमा विभिन्न पदकहरू हासिल गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित