मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ

मुगु । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका वडा नं. ०१ डोल्फु गाउँको २४ वटा घर र एउटा सार्वजनिक गुम्बा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा जेठ १२ गते राती बिष्णु बहादुर बुढा समेतका ७/८ जना अपरिचित व्यक्तिहरूको समुहले गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।

उनीहरुले अन्दाजी सुन ३५ तोला, चाँदी ९९४.५ तोला, बुद्धको मुर्ति-२, रिणमोक्षको मुर्ति-१, मुगाको माला अं.९५ तोला, यार्सा, मोबाईल, नगद ५० लाख २५ हजार समेतका धनमालहरु लुटी  फरार रहेका व्यक्तिहरु मध्ये तीनजना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मुखमा मास्क लगाई हातहतियार सहित गाउँमा प्रवेश गरी गोली पड्काई केही स्थानीय मानिसहरूलाई कुटपिट समेत गरी डरत्रासमा पारी चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित