जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/suntala.jpg-1_tCchS5QDRF_y45gmekdlrmjyo9m600lfy7rzp2tf1u3ixqe94olyvvfi4oqyztxipah8i7x_ILD1x7Rfsr_kdtuof5imnxvp7ezsuqn0x8kpizs4so4xqvrcwdxezquja2tcvg3tbjertib.jpg)
सुर्खेत । सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्य भोगिरहेका किसानहरुका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका बिभिन्न ठाउँमा सेलार स्टोर स्थापना गरेर यस्तो काम गरिएको हो ।
किसानले उत्पादन गरेका सुन्तलाबाट राम्रो आम्दानी गरि आर्थिक रुपमा सक्षम बनाउका लागि जाजरकोटमा छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । सिजनमा ४० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गर्न समेत हैरानी भोग्दै आएका किसानहरु अब सेलार स्थापनासँगै खुसी भएका छन् ।
सुन्तला सेलार स्टोरमा राखेर फागुन देखि चैत सम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेश बिक्रम शाहले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना , परियोजना कार्यान्वन इकाइ कार्यालय जाजरकोटको आर्थिक सहयोगमा निर्माण भएका सेलार स्टोरमा सुन्तला जम्म गरि सुरक्षित राखेमा चैत महिना गर्मी याममा राम्रो आम्दानी गर्न सकिने उनले बताए ।
गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएपछि सो समय सम्मा सेलार स्टोर बाहेक अन्यमा सुन्तला राख्न समस्य हुने गर्दछ । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उदेश्यका साथ सेलार स्थापना गरिएको परियोजनाका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए ।
कुशे गाउँपालिका–५,७ र ८ ,छेडागाड नगरपालिका–१०र १२ , नलगाड नगरपालिका– ३ मा सेलार स्थापना भएका हुन् । यि क्षेत्रमा सबै भन्दा बढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारीहरु बजारमा ल्याइ बिक्री वितरण गरि आर्थिक रुपमा बलियो बन्नु रहेको छ । सिजनमा सस्तोमा बिक्री वितरण तथा कुहिएर खेर जाने समस्य हल गर्नका लागि यो काम थालिएको पोखरेलले जानकारी दिए ।
प्रतिसेलार १५ लाख ८५ हजारमा निर्माण गरिएका सेलारलाई परियोजनाले १० लाख ३३ हजार ३३३ रुपैयाँ र कृषकले ५ लाख ६१ हजार ६६७ रुपैयाँ ब्यहोरेर सेलार स्टोर निर्माण गरिएको छ । ६ वटा ठाउँ यही तरिकाले अनुदान उपलब्ध गराएको छ ।
किसानलाई आधुनिकीकरण र व्यवसायीकरणमा जोडनका लागि सेलार सिस्टमा लगानी गरेको प्रमुख पोखरेलले जानकारी दिए । सडकको पहुँच सबै ठाउँमा नहुँनुका साथै सस्तोमा बिक्री गर्दा आर्थिक रुपमा ठुलो नोक्सान हुने भएकाले सेलार स्टोरमा सुरक्षित गरि उचित समयमा बिक्री गर्न सकिने उनले बताए ।
५ मेट्रिक टन क्षमताको रहेका सेलारहरुमा ६ महिना सम्म सुन्तला सुरक्षित गर्न सकिन्छ । त्यस्तै सुन्तलालाई हुकाउन तथा बढाउनका साथै प्राविद्यिक सल्लाह समेत दिने गरिएको छ । त्यस्तै बिभिन्न तरकारी तथा फलफूल ढुवानी गर्नका तीन वटा गाडी खरिदमा परियोजनाले आर्थिक सहयोग समेत गरेको छ । विद्युत पुगेको ठाउँमा विद्युतबाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको छ ।
परियोजनाका अनुसार किसानको मागहरु प्रत्येक वर्ष नयाँ ,नयाँ सेलारहरु स्थापना गर्दै जाने योजना रहेको छ । किसानको खेतबारीमै पुगेर मल प्रयोग , काटछाट तथा औषधि दिने सम्मको प्राविद्यिक कुराहरु दिएर किसानलाई सहयोग गरिरहेको परियोजनाका धरम चन्दले जानकारी दिए । परियोजना लागू भएको ठाउँमा किसानको माग अनुसार प्राविद्यिक खटिएर सहयोग गदै आएको उनको भनाई छ ।
खेर जाने सुन्तलाबाट पछिल्लो समय जाजरकोटका किसानहरुले राम्रो आम्दानी गर्दै आएका छन् । वर्षेनी लाखौको सुन्तला बिक्री हुँदै आएको कुशे ५ दम्दालाका दिपक ओलीले जानकारी दिए । सुन्तलाको माग उच्च रहेको समेत उनको भनाई छ । आफ्नै गाडी भएकाले माग अनुसार बिभिन्न ठाउँमा लिएर बिक्री हँुदै आएको उनले जानकारी दिए ।
![मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/mugu.png_JFUZVbzAbt_02lsjskaigorwvw059tpmdzbkmqrwqn6vb7mutk0awwsswjpzvwvtunrbx2h_G2uC9BWEOG_y3kenjny3ftm0quxwswump5rcwrbgmz6zsxkv5rcodwihwaha0gxtpq92ixy.png)
मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ
![जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या १७ प्रतिशत](https://snowberry.prixacdn.net/media/gallery_folder/jumla-village_9CdEy22Hko_7iuij9pxhzs6sgcglflzsumfast8sclpfuljo0xs5saptylphmskvtxhyqo7_fQriVT4hS3_mfsrv0dehlqxno1jportfimm8qxausxnfoahqkqp7lmpmhwgknkxvypehxdv.jpg)
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या १७ प्रतिशत
![नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक](https://snowberry.prixacdn.net/media/gallery_folder/rara-tal-mugu2024-05-30-07-05-59_pmIXoHZGHo_eojfdi07fdpfxtwxh08dtnux3o1vk0i0luf2a1eoszp6i4buvutydjntb5qf_pMWIiYJbBa_htdafc2tqy0ksv1e79wobjsk8l2w51pk1rvm0l0emm6rpzjqjpro76jaitln.jpeg)
नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
![रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा](https://snowberry.prixacdn.net/media/gallery_folder/rara_lake_DBK6j9kci9_kgoehaslelwgefg02covfybst8tdpkx1pya60eprm01qbwzgdpnnpssveo5n_VVqyK5q8sN_liz18redxngaxzpc6kesyjw9p7rzbplvmxerspinxl0qgr91km9zmkthmrpb.jpg)
रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
हिंडेरै अस्पताल गएकी युवतीको पाठेघर सफा गर्दा मृत्यु, कर्णाली प्रदेश अस्पतालमा…
![छोरीको बलात्कार, छोराको हत्या गर्ने बुवा पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/614867_n_TcVCZjRa5Y_7tmrdmygv3spcgu5wbur8krosacinjoahwmdz69t7wdz7yzbxjvohe1owwyn_hVakgJIr49_jvula1f5susm3fx0nyelcdi9b7reftlo3oablhkdtjw7aaserpevi696zbok.jpg)
छोरीको बलात्कार, छोराको हत्या गर्ने बुवा पक्राउ
![फुपूको घर हिँडेकी बालिका बलात्कृत](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया