गौतमबुद्धको मावली देवदह खयरडाँडामा भेटियो प्राचीन इनार
लुम्बिनी । गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यही जेठ १६ गतेदेखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इँटाको माथिल्लो भाग मात्रै देखा परेको थियो ।
‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको बेस (तल्लो भाग) सम्म जाने योजनाअनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ’, उप्रेतीले भने । उनका अनुसार सो इनार कुन समयको भन्ने कार्बन डेटिङपछि मात्रै यकिन हुनेछ । इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष पनि भेटिएको उप्रेतीले बताए । उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन् ।
स्थानीयहरुले पुरातात्विकस्थल भन्ने थाहा नहुँदै इँटा लगेपछि संरचनाहरु देखिएको उप्रेतीको भनाइ छ । गौतमबुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने भन्दै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनको भनाइ छ ।
रोहिणी पूर्वका नागरिकहरुले देवदहवासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताए । तर बुद्धका समय र त्योभन्दा अगाडिका माटाका भाँडा र टुक्रा भने पण्डितपुरमा भेटिएका थिए । स्थानीयले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् ।
पुरातत्व विभागका अधिकृत राजेश परियारले तत्कालीन कोलीय राज्यका क्षेत्रमा निरन्तर उत्खनन आवश्यकता रहेको बताए । उनले खयरडाँडाको उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदम अगाडि बढाइने बताए ।
देवदह नगरपालिका–९ स्थित खयरडाँडा क्षेत्रमा देवदह नगरपालिकाको रु १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानीय पालिकाको साझेदारीमा गरिएको यो पहिलो उत्खनन भएको बताइएको छ । लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञ शुभेच्छा पोख्रेल उत्खननमा खटिएका थिए । उत्खनन थप एक महिनासम्म चल्ने जनाइएको छ ।
![लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि](https://snowberry.prixacdn.net/media/gallery_folder/lumbini_ts56KFFKeH_wfl71ciypstqa1s7q8hxsvbacjxuw3cc7esrlul7em09c3tkcwa6bmnhyr6r_3KIeYx76VN_ijelhwluv8cnxn1ky3ndq4fgyqwhoyjulygp49kq0rxh3pntgva0gljzdty7.jpg)
लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि
![सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/dang_jKWbuGdLpP_3frkbr87ljscsqkrf55longtlygzz2nu7nqzqiyowh90eqnyn3mik7nvq0pm_QohRsHX7l6_htupdcamcm95xohut1ogukaciuklfwtpcrsmveefzq8mawkkdocjlz3boxik.jpg)
सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण
![ठेकेदारबाट बैंक खातामै घुस खाने लुम्बिनी विकासका इन्जिनियर भट्टराई भ्रष्टाचारी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj-bhattrai-lumbini_8UnfaV3Jas_yorbzcozriusvsjomb02a3sygwv8o7yax1dpcjerdu2dz5uernwknh85cdkf_tagmqlFQBO_m0asfvcb4ggfn0pugobabzff1izhxpv6ydktjg2nzbyldp4usejitqaj8tbr.jpg)
ठेकेदारबाट बैंक खातामै घुस खाने लुम्बिनी विकासका इन्जिनियर भट्टराई भ्रष्टाचार…
![पाल्पामा श्रमान्-श्रीमतीसहित तीन जना मृत फेला](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
पाल्पामा श्रमान्-श्रीमतीसहित तीन जना मृत फेला
![बसको ठक्करबाट बुटवलमा साइकलयात्रीको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
बसको ठक्करबाट बुटवलमा साइकलयात्रीको मृत्यु
![हराइरहेका एक व्यक्तिको गुल्मीमा एक महिनापछि शव फेला](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
हराइरहेका एक व्यक्तिको गुल्मीमा एक महिनापछि शव फेला
![प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग
![डेंगु संक्रमणबाट शिक्षकको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया