सुन्तला राष्ट्रिय फल घोषित

काठमाडौं । मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ । आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको छ,’ उनले भनिन् । सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग हुँदै आएको थियो । कृषि आनुवंशिक स्रोत केन्द्रले पनि सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन प्रस्ताव गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित