इटहरीमा काैसी खेती प्रवर्द्धन कार्यक्रम : ६० जनालाई वितरण गरियो कृषि सामग्री

इटहरी । बढदाे सहरीकरण सँगै कृषीक्षेत्र अाेझेलमा परिरहेको बेला इटहरी उपमहानगरकाे वडा नं ६ ले भने काैसी खेती प्रवर्द्धन कार्यक्रम अगाडी बढाएको छ । प्रविधिको विकाससँगै आधुनिक तरिकाले खेती गर्न सकिने उपाय र मानव स्वास्थ्यलाई पुग्ने फाइदा बारे जानकारी सहित सोमबार काैसी खेती प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा ६० जना भन्दा बढी स्थानीयको उपस्थिति रहेको थियो । काैसी खेतीलाई प्रवर्द्धन गर्न वडाले विभिन्न प्रजातिका तरकारी तथा फलफूलका बिरुवा साथै ड्रम सेट , कुटे लगायतका सामग्रीहरू वितरण गरिएको थियो । बढ्दो सहरीकरणका कारण कृषि क्षेत्र विस्थापित हुँदै गएको बेला हामीले चैँ घरको छत वा कुनै खाली स्थानलाई सदुपयोग गर्नुका साथै मानव स्वास्थ्यलाई समेत फाइदा पुग्ने गरी काैसी खेती अभियान ल्याएको इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए । 

कार्यक्रम एराइज नेपाल सोसाइटी सुन्दरहरैंचा ७ कि सचिव प्रतीक्षा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले सहभागीहरूलाई काैसी खेतीबारे जानकारी गराएका थिए ।

घर भित्रै भएका फालिएका वा खेर गएका सामग्रीहरू जस्तै पाेलेथिन , बिग्रेको टिन , प्रयोग नभएको गमला लगायतका सामग्रीहरू प्रयोग गरेर आफ्नो छतलाई हरियाली बनाउन सकिने कार्यक्रममा प्रस्तुत गरिएको थियो । कौसी खेतीमा ठाउँअनुसार तरकारी र फलफूल उत्पादन गर्न सकिने कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

यस्तो खेतीमा काँक्रा, फर्सी, लौका, घिरौँला आदि लहरे खेती गर्न सकिन्छ । गमला र अन्य भाँडाहरूको प्रयोग गरी टमाटर, बन्दा, काउली, खुर्सानी आदि तरकारी उत्पादन गर्न सकिने दर्साइएको थियो । होचो बोट हुने कागती–सुन्तला आदि फलफूलहरू पनि लगाउन सकिने कार्यक्रममा बताइएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित