पेरूमा भेटिए सबैभन्दा लामो आयुका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब
एजेन्सी । पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ । यसै महिना इङल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर पेरुभियन सरकारले दावी गरेको छ कि उनको देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति छन्, उनी पेरुको मात्रै होइन, सिंगो विश्वको सबैभन्दा वृद्ध मानिस हुन् ।
मार्सेलिनो अबाद टोलेन्टिनो उर्फ मासिको नामका व्यक्ति पेरुको हुआनुकोको पहाडी क्षेत्रमा बस्छन् । हालै मात्रै पेरुको सरकारले एक विज्ञप्ति जारी गर्दै मार्सेलिनो विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भएको बताएको छ । ह्वानुको क्षेत्रको मौसम नै मार्चेलिनोको लामो आयुको रहस्य रहेको पनि बताइएको छ ।
सरकारले विश्वको सबैभन्दा जेठो व्यक्ति हुनुका साथै अहिलेसम्म सबैभन्दा लामो आयु बाँच्ने एक मात्र व्यक्ति भएको बताएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । हुआनुकोको वनस्पति र जीवजन्तुको शान्तिको बीचमा मार्सेलिनोले स्वस्थ जीवनशैली र आन्तरिक शान्ति फेला पारेका छन । जुन उनीहरूको राम्रो स्वास्थ्य र व्यवहारमा झल्किन्छ ।
त्यसैले उनले आफ्नो जीवनको १२ दशक लचिलोपन र कौशलताका साथ बिताउन सफल भए । हिउँले ढाकिएका पहाडहरू, तातो उपत्यका र अमेजन जंगलहरूका साथै हुआनुको सहर पहाड र हरियो जंगलले घेरिएको छ । पेरुको यो सहरमा रहेका पुरातात्विक भग्नावशेष र मन्दिरहरू हेर्न टाढा टाढाबाट पर्यटक आउँछन् ।
मार्सेलिनो के खान्छन त ?
मार्सेलिनोले अप्रिल ५ मा आफ्नो १२४ औं जन्मदिन मनाएका थिए । उनी पेशाले किसान भएको बताइएको छ । उनको जन्म सन् १९०० मा भएको दावी गरिएको छ । पेरुका अधिकारीहरूले मार्सेलिनोलाई गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सरकारले सहयोग गरिरहेको बताएका छन् । विज्ञहरूको टोलीले मार्सेलिनोको जन्मसँग सम्बन्धित कागजातहरू पनि जाँच गर्नेछ ताकि यो उपलब्धिलाई कुनै शंका नगरी प्रमाणित गर्न सकिन्छ ।
न्यूयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार सन् २०१९ मा छागला नामक सानो गाउँमा पहिलो पटक उनको परिचय खुलाइएको थियो । त्यसपछि सरकारले उनलाई परिचयपत्र र पेन्सन उपलब्ध गराएको थियो । मार्सेलिनोले आफ्नो आहारमा फलफूल र मासु समावेश गरेको बताइएको छ । उनी कोका पात चपाउन पनि मन पराउँछन् ।
भर्खरै मात्रै इङ्गल्याण्डका जोन अल्फ्रेड टिनिसवुडलाई आधिकारिक रूपमा विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति घोषित गरिएको थियो । जोन १११ वर्षका छन् । योसँगै सबैभन्दा लामो समय बाँच्ने व्यक्तिको कीर्तिमान उनको नाममा गिनिज बुकमा दर्ता भएको छ । तर अब मार्सेलिनो उनलाई चुनौती दिन आउँदै छन् ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_QEgdGIhJ8g_akowo5qtpym0yaouw61i6wkekrrn282fcdm5kty9tacqk0jpnrll6tw4dycw.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_NmuFYn5N7j_6h51ypadkxvihxvgq52mksv1nh1ohchydzvkf5btnyngjr9l42lr5sahibxz.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_KtkyuEAiGR_r4rhlw4bniwtewvtub1ppwnzjsuugrzsdaijhu6pfevrjpezjlcxutq1j4gk.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_wvDPlBi75s_nmpnukoltarv8iwp3qbjiyaryibhsuhbgygvvt8qg8myxxcnd2hcmm4i003z.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_8z7W13XznU_higzq2mzrcopqe4eqdc82aeobrctg61jg2tztrsajixnxm1npgpw0xfawbk3.webp)
प्रतिक्रिया