सम्पती अरबाै छ तर पनि २९ वर्षीया यी युवतीले आखिर किन रोजिन् इच्छामृत्यु ?
एजेन्सी । तनावबाट पीडित नेदरल्याण्ड्सकी एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ । ती युवतीको नाम जोरया टेर बेक हो । उनी जर्मनीको सीमाना नजिकै नेदरल्याण्डमा बस्छिन् । उनले साढे तीन वर्षदेखि नेदरल्याण्ड प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गरेकी थिइन । द गार्डियनका अनुसार यो महिना उनको मृत्यु हुनसक्छ ।
जोरया धेरै वर्षदेखि अटिजम र असहनीय मानसिक समस्यासँग संघर्ष गरिरहेकी छन् । अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पुर्याउँछ । उसलाई आत्महत्या गर्ने सोच आइरहन्छ । जोरयाले अब आफ्नो समस्याको समाधान नभएको महसुस गर्दै इच्छामृत्युको माग गरेकी थिइन् ।
तर, उनी शारीरिक रूपमा पूर्णरूपमा फिट छिन् । यस्तो अवस्थामा उनको इच्छामृत्युको स्वीकृतिमा प्रश्न भने उठिरहेको छ । मानसिक रोगबाट ग्रसित मानिसहरुले इच्छामृत्युलाई अपनाउने गरेको बताउँछन् । जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार थिइन् ।
जोरयाले द गार्डियनलाई बताए अनुसार उनको समस्या बाल्यकालबाट सुरु भएको थियो । उनी क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट पीडित हुन थालिन् । यसबाहेक उनलाई अटिजमको समस्या पनि थियो । यसैमा उनी आफैंलाई दुःखी बनाउन थालिन् ।
जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) को ३० भन्दा बढी उपचार गराइन् । यसमा बिरामीलाई विद्युतीय झटका दिइन्छ । तर उनको स्वास्थ्यमा कुनै सुधार नआएको जोरयाले बताएकी छन् । १० वर्षसम्म विभिन्न तरिकाले उपचार गराएपछि निराश भएर अन्ततः स्वस्थ जीवन जिउने आशा त्यागेको जोरयाले बताइन् । त्यसपछि उनले इच्छामृत्युका लागि आवेदन दिएकी थिइन् । उनले इच्छामृत्यु प्राप्त गर्न त्यति सजिलो नभएको बताइन् ।
इच्छामृत्युलाई वैधानिकता दिने पहिलो राष्ट्र नेदरल्याण्ड्स हो । त्यहाँ सन् २००१ मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो । नेदरल्याण्डमा, इच्छामृत्युको लागि स्वीकृति पाएपछि, डाक्टरहरूले सामान्यतया अन्तिम मिनेटको प्रक्रिया सम्बन्धित व्यक्तिको घरमा गर्छन् । यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको मृत्यु हुन्छ । विशेष कुरा यो हो कि यो मामिला मृत्युपछि पनि छानबिन हुन्छ । चिकित्सकको तर्फबाट अलिकति पनि लापर्बाही गरेको पाइएमा १२ वर्षसम्म कैद हुनसक्छ । सन् २०२२ मा नेदरल्याण्डमा यस कानुनी विधिबाट कुल ८,५०१ जनाले इच्छामृत्यु रोजेका थिए ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_q6UPH50SkX_g9u73ccmxqri7rmigy45eghrdlgiyzkdrl0zcshghbqddrg7hauhvtbktxbd.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_KtkyuEAiGR_r4rhlw4bniwtewvtub1ppwnzjsuugrzsdaijhu6pfevrjpezjlcxutq1j4gk.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_gHBSVbGpLg_6aj1f4jgtwx1n9ve7xjm1uoow7xunlttv96xnthhhzkrchaletom02mjxgtv.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह
![बिबाह भएकाे ६ वर्षमा पनि नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A6%25E0%25A4%25A6_SKTwe0qARR_wpnkprp3v0f2qp1gam80uapytbeuo5bgumgwkrvxgpalzyxv1vefp1tevbln_UpMimKq0cC_eolj8zsspiscrljucphyvyi2piiokgc0g03re0ensntehwddgsrc5nuaqjpe.jpg)
प्रतिक्रिया