संसारमै पहिलो पटक जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण
![](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_ZHTTApXWjP_ecrxoryqe6qwlz0cenhdbtfijnelwrsnjjapkuevjjbregye787wksbyesek_TEVewijUtt_h30mouuamylcijzldwv8rnpz8kpcyq6enex8uspabxtpslpuyhlz3zv28mj7.jpg)
एजेन्सी । अमेरिकामा शल्य चिकित्सकहरुले सुँगुरको मृगौला जीवित मानिसमा प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेका बीबीसीले जनाएको छ ।
जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै यो पहिलो पटक हो । यसअघि गएको भदौमा अमेरिकाकै न्यूयोर्क यूनीभर्सिटीका अनुसन्धानकर्ताले ब्रेन डेथ अर्थात दिमागको मृत्यु भएर शारीरिक प्रतिक्रिया मात्रै बाँकी रहेको अवस्थाका एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरेर अध्ययन गरेका थिए ।
यो पटक सुँगुरको मृगौला प्रत्यारोपण गरिएका बिरामीमा नयाँ मृगौलाले पिसाब उत्पादन गर्न थालेको र बिरामी केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने अस्पतालका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यदि आनुवंशिक रूपमा सुधार गरिएका जनावरबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिएमा डायलासिसको चलन नै सकिन सक्ने अस्पतालको दावी छ ।
डायलासिसले मानिसलाई जीवित राख्ने भए पनि सबैभन्दा उत्तम उपाय अङ्ग प्रत्यारोपण नै हो । तर अङ्गको अभावका कारण बर्सेनि हजारौं बिरामीले मिर्गौलाको पर्खाइमा ज्यान गुमाउने गरेका छन् । जनावरका अङ्ग मानिसमा प्रत्यारोपणबारेमा दशकौंदेखि प्रयास भए पनि सफल भएको छैन । पछिल्ला वर्षमा जिन सम्पादन र क्लोनिङलगायतका वैज्ञानिक प्रगतिले यसलाई वास्तविकताको नजिक पुर्याएको छ । जिन सम्पादन गर्दा अंगको सम्भावित अस्वीकृतिमा संलग्न जिन हटाउने र अनुकूलता बढाउन मानव जिन राख्ने गरिन्छ ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_q6UPH50SkX_g9u73ccmxqri7rmigy45eghrdlgiyzkdrl0zcshghbqddrg7hauhvtbktxbd.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_MaQ1FXVZno_cj2ek4neende0gxzwhsbeuyyyhuhqf2yu0vixapxdggxawllcyklizj0egjm.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_0VCfIM0a05_gg4touzwk5q9ikfznyhmi6zqjmeu9lp9b5lcpzv0u3jbb8eqwlmmryrttmpw.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
प्रतिक्रिया