संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको हुन्छ मृत्यु

इस्तानबुल । टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ । परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन् । यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन् । यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ । प्राचीन समयमा मानिसहरूले यहाँ देवताहरूलाई प्रसन्न पार्न पशुबलि दिने गर्दथे ।

तर, अहिले मन्दिरको रहस्य खुलेको छ । अन्वेषकहरूका अनुसार मन्दिर भित्र पृथ्वीको कवचबाट खतरनाक ग्याँसहरू चुहिरहेका छन् । यति मात्र होइन, मन्दिरको प्रवेशद्वारमा कार्बनडाइअक्साइडको घातक सांद्रता भेटिएको छ । यही कारणले गर्दा कुनै पनि जीवित प्राणी मन्दिरमा प्रवेश गर्ने बित्तिकै मर्छ ।

पुरातत्वविद्हरूले अध्ययनमा मन्दिरभित्र कार्बनडाइअक्साइडको मात्रा धेरै भएको पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरू भन्छन् कि यस मन्दिरको दर्शन गर्नको लागि सबैभन्दा खतरनाक समय बिहान हो । किनभने रातमा ग्याँसको चुहावट धेरै छिटो हुन्छ ।

यदि कसैले बिहान उज्यालो हुनुअघि यस मन्दिरमा प्रवेश ग¥र्या भने उसको मृत्यु निश्चित छ । सूर्य उदाउने बित्तिकै ग्याँसको चुहावट कम हुन्छ । जसका कारण जीवित प्राणीको मृत्यु हुने सम्भावना पनि कम हुन्छ ।

स्ट्रोबीका अनुसार यो एक सानो खुला ठाउँ हो । यो ठाउँमा एक पटकमा एक जना मात्र प्रवेश गर्न सक्छन् । टाढाबाट हेर्दा गुफा जस्तो देखिन्छ । मन्दिरभित्रको दृश्य एकदमै धमिलो देखिन्छ । यस्तो अवस्थामा सतह हेर्न निकै कठिन हुन्छ । चरम अन्धकारका कारण त्यहाँ जाने जो कोही पनि खतरनाक ग्याँसका कारण खसेर मर्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित