सेयर काराेवारमा अचाकली परिवर्तन , ३ मिनेटमै अर्काे ब्रेक

इटहरी । सत्ता गठवन्धन परिवर्तन भए लगत्तै सेयर काराेवारमा अचाकली परिवर्तन देखिएकाे छ । काराेबार भएकाे ३ मिनेटमै सेयर बजारले नयाँ रेकर्ड ब्रेक गरेकाे छ ।  अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । दाेस्रो सर्किटपछि  नेप्से परिसूचक ९८ अंक बढेर २०५९ अंकमा पुगेको छ ।अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत विन्दु वा कुल ५ प्रतिशत घटेमा वा बढेमा दोस्रो सर्किट ब्रेक लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित