विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Bideshi-Mudraa_QKzP29oQLB_jdndsgceud2si8lgicxjsrxtla6jlo3fqk8av3erchozpez3ribrdtfulhlh_BfllPu5lQV_7afuspfe6fzapbi3uwrxfiz6gnzzrjkc3upw7qhragkdywuwj22lxmqa0gxr.jpg)
काठमाडौ / नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा कायम गरिएको छ । अघिल्लो दिन अर्थात बुधबार डलरको कारोबार स्थिर रहेको थियो। सो दिन डलरको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा रहेको थियो ।
बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ३० पैसाले घटेको हो । बुधबार भने यसको खरिददर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ २१ पैसा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३९ पैसा कायम गरिएको छ । बुधबारको तुलनामा ११ पैसाले याउण्डको भाउ बढेको छ । बुधबार पाउण्डको खरिददर १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ९३ र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ९३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३७ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ९७ पैसा र बिक्रीदर २८ रूपैयाँ १० पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ र बिक्रीदर ४३३ रूपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
![डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/prabhu-pkr_yatayat_8TZ9oDXJMu_ff4q3aauvarnq18wmu7jes2qrmqbp9adrdwpstck5smc8nywqces3v0wl1ss_NcSJMJ3pgG_p4jbbq0wwh2ugdofoq03gwouomrmsq8dezgpooqswbbckl5eeaspdgy5dhzj.jpg)
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य
![वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/interest-decrease_JQ71sbmKxQ_4evhxgtmsolwzrjqjailkwjx1lixol7pwjdkcjlwywp9isl7wgmkgmkfmsya_uU4jgxsIBq_qyvjwhayi1fwnpasra9vznlbmns0mjh1ec9entnpcpkimqen74wwg4regehy.jpg)
वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
![वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/15113661809891430478_rsBxA0qJuD_pi9sgdfleeoad6d6wzzs9wdc1sveipjupstwz5upzrva1ru959ds331rdzsu_udFJNuuavs_h5pmswqwrbotpffx7ghxh0yro2qcrpymj0rhkzgeazbzrn7ry59orj9a7egv.jpg)
वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ
![भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-2207_sqWPpgsaLv_quskyfut75oideshnf3olxujp9zrlae20uregkhlkuxnyi6gvrtud60q2r7o_bJsK20sDAg_nxvz2bvie6x7arjib1jpsj4bjs9rnhald4r2zd6ktjuxwdiden93esw8bepl.jpg)
भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर
![संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rastra-bank_LfysPo8fjI_wvnttts7cgzo1pustn8xzxqvoctok86pidhwj2ttaoponhmarc7wn66ft9im_DvtWpU04SH_pfzlezonqhr3uudmdo3u8bywrpcciyzhgyopigmqu2vffvaj7uvlr4hacraf_Q2jxJOOwcA_jp9cuftkduu2keakoxkxwtvoihxzubmwtuwteswtc86ij1xpebjdhwxsiwyv.jpg)
संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन
![सेयर काराेवारमा अचाकली परिवर्तन , ३ मिनेटमै अर्काे ब्रेक](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse-bridhi_HpCYmpSJGZ_yyb5rczcwqf92byyrwc9zyp8e2gytqxxnpc13rcexvfcvdltqszy2anwjjpu_etNOXoifW8_odvfz9nqdgfyfjoyxzt38jdlryytklyx6yeh6njel6ljrmts9z2l6ektd9bj.jpeg)
सेयर काराेवारमा अचाकली परिवर्तन , ३ मिनेटमै अर्काे ब्रेक
![एनआइसी बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/NIC-AsiaFI_ZltW66835D_bagcyxch5xq6axjbuvtkbmxuxrotimnt6xdxuwad5r3vlwwp5bodrqxmqidi_E6viysCPQ8_hilpixoskboplczeq9mhb37gn4cm6h420xyyi4axcnkmdxssefse0c4f6s68.jpg)
प्रतिक्रिया