यि हुन संसारकै धनी परिवार : ६५ अर्बको घर, ८ वटा प्राइभेट जेट, सयौं कार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dhani_1sc3LqiV8t_bnphcm1vl5j8h0bjqwtrjyqznfmutc75kyhuetpllb8fay3iancrwl8fouin_ImS01A5v86_gu50ybo81nqdodmklhvvwxia3trusgwlotrjill1d4lek1jraa95gngiccmu_7PnkzsY7Q4_ekbaxyx6mmoeku5pgrjsw84gj3yvlgatigsouk90c28md1pniygidvqyxfsx.jpeg)
एजेन्सी । आफ्नो परिवारलाई नै संसारको सबैभन्दा सुखी, खुशी तथा धनी परिवार बनाउने चाहना कसको पो नहोला र ? तर कल्पना र चाहनाको विषय न हो, सबै यथार्थमा परिणत हुनसक्ने कुरा भएन । त्यसोभए दुनियाँको सबैभन्दा धनी परिवार कसको होला त ? यो जान्ने उत्सुकता अवश्य पनि छ होला । हो, दुनियाँमा एउटा यस्तो शाही परिवार छ जो ६५ अर्ब रुपैयाँ मूल्य पर्ने घरमा बस्छ । त्यो परिवारका प्राइभेट जेट त आठवटा छन् भने कारको त गणनै छैन । यो परिवारको कुल सम्पत्ति तीन खर्ब पाँच अर्ब डलर छ ।
दुनियाँकै धनी यस्तो डलर खर्बपति परिवार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानको हो । को सूचीमा शेख मोहम्मद बिन जायदको परिवार शीर्ष स्थानमा रहेको छ । उनी अबुधाबीका १७औं शासक हुन् । ब्लुम्बर्गका अनुसार यो शाही परिवारसँग तीन खर्ब पाँच अर्ब डलरको सम्पत्ति छ । एमबीजीको नामले पनि चिनिने मोहम्मद बिन जायदसँग विश्वको करिब ६ प्रतिशत तेल भण्डारको स्वामित्व रहेको द न्युयोर्करमा उल्लेख छ ।
यो परिवारले विश्वका विभिन्न प्रसिद्ध व्यवसायहरुमा लगानी गरेको छ । उनी इंगलिस फुटबल क्लब म्यानचेष्टर सिटीका मालिक हुन् भने विभिन्न अटोमोबाइल कम्पनीहरुमा पनि उनको हिस्सेदारी छ । न्युज वेबसाइट जिक्यूका अनुसार यो परिवारसँग सुनबाट बनेको कसर अल वतन नामक राष्ट्रपति महल छ । यो यूएईमा रहेका ठूला महलमध्ये एक हो । ९४ एक्कड क्षेत्रफलमा फैलिएको छ यो महल ।
एमबीजी सो परिवारका मुख्य व्यक्ति हुन् । उनका १८ भाइ तथा ११ बहिनी छन् । साथै उनका ९ जना छोराछोरी र १८ जना नातिनातिनी छन् । यी शासकका कान्छा भाइसँग ७०० वटा कार छन् । यो परिवारसँग यूएईका अतिरिक्त पेरिस र लण्डनमा पनि सम्पत्ति छ । न्युयोर्करले सन् २०१५ मा एक रिपोर्टमा उल्लेख गरे अनुसार यो परिवार बेलायती शाही परिवारभन्दा पनि धेरै धनी छ । एमबीजीको अबुधाबी युनाइटेड ग्रुपले सन् २००८ मा बेलायती फुटबल क्लब म्याचनेष्टर सिटी ३५ अर्ब रुपैयाँ बराबरको मूल्यमा खरिद गरेको थियो ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_Q03R8w5xnu_9txzbdi8vlbsc1ftgzfwmmf37r2ridmity1tnvggjs2lqyl77g0lyhlwqhow.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_q6UPH50SkX_g9u73ccmxqri7rmigy45eghrdlgiyzkdrl0zcshghbqddrg7hauhvtbktxbd.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_Rs9qOdnurV_pis8danm9v2hklu5v8fjplbakb1nh28csavxr496ebhlptrf6vi8fmyjffsc.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_0FHv7w5tHc_xq5ld1gzvqfnbhsfkbwb7sbxbe068anrhlvhbhur9ritkccsdn6i7yqbehfq.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_0VCfIM0a05_gg4touzwk5q9ikfznyhmi6zqjmeu9lp9b5lcpzv0u3jbb8eqwlmmryrttmpw.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_fkGDyBfZ6k_1hqjjhnyqcurq3quqoouzdgqtz8yotg94zcled0bqf6mzhinrwprofwoxy6g.webp)
प्रतिक्रिया