पोल्यान्डमा नेपाली युवकको छुरा प्रहार गरी हत्या , मारिएका नेपाली खाेटाङका राजेश दाहाल

इटहरी ।धन कमाउने आसमा पोल्यान्ड छिरेका एक नेपाली युवाको आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट हत्या भएको छ । यसरी मारिने नेपाली साकेला-१, खोटाङका २९ वर्षीय राजेश दाहाल रहेको एनआरएनए पोल्यान्डका सचिव उदयराज गिरीले पुस्टी गरेका छन् । दाहाल सन् २०२३ को जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्यान्ड गएका थिए। 

एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए। छुरा प्रहार लगत्तै उनको घटनास्थलमै मृत्यु भएको थियाे ।

राति ११ बजे छुरा प्रहारबाट ढलेका दाहालको शव प्रहरीको टोलीले आफ्नो प्रकृया पूरा गरी बिहान ४ बजे लिएर गएको दाहालसँगै काम गर्ने एक नेपालीलाई उदृत गर्दै एनआरएनए पोल्याण्डका सचिव उदयराज गिरीले जानकारी दिए। हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ।

मृतक दाहालको शव परीक्षणका लागि अस्पतालमा राखिएको र उनको निधनबारे परिवारलाई जानकारी गराइसकिएको गिरीले बताए। दाहाल काम गर्ने कम्पनी सम्पर्कमा रहेको र शव नेपाल लैजाने वा पोल्याण्डमै दाहसंस्कार गर्नेबारे परिवारसँगको परामर्शपछि सहजीकरण गर्ने उनको भनाइ छ। 

प्रतिक्रिया

सम्बन्धित