अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ

काठमाडाैं । अमेरिकामा एकजना नेपाली भाषीको कुटेर हत्या गरिएको छ। बेलायती पत्रिका डेली मेलका अनुसार अमेरिकी राज्य टेनेसीको राजधानी न्यासभाइलमा आयोजित कन्सर्ट हेर्न पुगेका ४१ वर्षीय उमेश दाहालको हत्या भएको हो।

अमेरिकी समयानुसार गत शनिबार राति दाहाललाई दुई जनाले कुटेका थिए। त्यसपछि अस्पताल लगिएका उनलाई मंगलबार मृत घोषणा गरिएको हो। हत्यामा संलग्न आरोपमा अमेरिकी प्रहरीले नेपाली भाषी नै २६ वर्षका विशाल राईलाई पक्राउ गरेको छ। झगडा मिलाउन खोज्दा दाहाललाई कंक्रिटको भुइँमा पछारेर टाउकोमा लात्ताले हानिएको डेली मेलले उल्लेख गरेको छ। 

झापाकी दमन्ता काफ्लेसँग विवाह गरेका दाहालका दुई छोरी छन्। दाहाल भुटानी मूलका नेपाली भाषी भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित