कुवेतमा मालिककाे अत्याचार सहन नसकेर नेपाली चेलीले गरिन आत्महत्या
![](https://snowberry.prixacdn.net/media/gallery_folder/cheli_bvydZgkqG5_camgorn8usoz5ckqxi9fhtkp08nbkxayutgcmvyun1zhuf6j2edvlgwk4ydh_OAFZLFQpKe_bautn9kh4fcepvvf4ns5wxs55mkltd90scypto0heprq1fggo6plfzgwq65i.jpg)
काठमाडाैं । करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए ०५४९४९९ भएकी कुँवरले कुवेतको जाराहा भन्ने ठाउँमा आत्महत्या गरेकी हुन् ।
उनले आत्माहत्या गरेको जानकारी पाएपछि मृतकका बाबु वीरबहादुर कुँवरले बागचौर नगरपालिका कार्यालयमा छोरीको शव नेपाल झिकाउन माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वडा कार्यालयले पनि कुवेतस्थित नेपाली दूतावासलाई पत्र लेख्दै शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन अनुरोध गरेको थियो ।
वडाको पत्र प्राप्त हुने बित्तिकै दूतावासले कानुनी प्रक्रिया पूरा गरेर शव बिहीबार बेलुका नेपाल पठाएको छ । कुवेत पुगेपछि घर मालिकको दबाब सहन नसकेर ‘डिप्रेसन’को औषधि सेवन गरिरहेका बेला उनले आत्महत्या गरेको बताइएको छ ।
पछिल्लो समय अवैध बाटो हुँदै दलालका माध्यमबाट कुवेत आउने धेरै घरेलु महिला कामदारले आत्महत्या गर्ने गरेको त्यहाँ रहेका समाजसेवी घनश्याम थापामगर बताउँछन् । घर मालिकको मानसिक तथा शारीरिक यातना, यौनजन्य गतिविधि गर्ने जस्ता कारणले नेपाली महिलाले कुवेतमा आत्महत्या गर्ने गरेको समाजसेवी थापाको भनाइ छ ।
कुवेतमा घरेलु महिला कामदारको अवस्था दयनीय रहेको भन्दै उनले तत्काल नेपालबाट अवैध बाटो हुँदै कुवेत आउनेहरूलाई रोक्नुपर्ने थापाले बताए । यसरी नरोके धेरै नेपाली महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
‘हामी पनि एउटा कुनै कम्पनीमा कार्यरत कामदार हौं, कति जनालाई उद्धार गर्न सक्छौं र ?’ उनले भने, ‘दैनिक रूपमा उद्धार गर्नु प¥यो भनेर कल र म्यासेज आउँछ कतिलाई सहयोग गर्छाैं, कतिलाई भागेर नेपाली दूतावास जानू भन्छौं, हरेक दिन कोही न कोही भागेर दूतावास नगएको दिन नै हुँदैन, दूतावासमा पनि सीमित कर्मचारी हुँदा समस्या छ, त्यही पनि दूतावासले धेरै सहयोग गरिरहेको छ ।’
कुवेतमा घर मालिकको यातना सहन नसकी प्रत्येक दिन १५÷२० जनाको कल आउने र उद्धारमा सहयोग गरिदिन हारगुहार गर्ने गरेको उनले बताए । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर साहूको कुटपिट र यातना सहन नसकेर तत्काल भागेर वा मालिककै घरमा बसेर हारगुहार गर्ने नेपाली महिलाको संख्या ठूलो रहेको त्यहाँ रहेका नेपालीले बताउने गरेका छन् ।
दलालले भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैधानिक बाटो भएर गएको पत्तो नपाउने चेलीले बन्धकसरह काम गर्न‘ परेपछि मात्र आफूलाई फसाएको ’bout थाहा पाउने गर्छन् ।
खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने रहेका छन् । उनीहरू आफूलाई पर्ने समस्या र यस’bout कहाँ कसरी सम्पर्क गर्ने केही जानकारी नहुँदा उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।राजधानी दैनिकमा खबर छ ।
![अष्ट्रेलियालीले हरेक वर्ष फ्याँक्छन् सात लाख टन बढी खाना](https://snowberry.prixacdn.net/media/gallery_folder/food%2520west-austreli_AqRsiGNE5O_jikl6z0kscrzqnbm65mxrjvn5bcc5sy5whhwrjboa6ubojjte9bhawrgizwb_5K7wUJwbYN_vzzl4cmmqrqgvuafkptziudcgqqerdq2uu0kvt7jkv71lbguznbqus1l1czi.jpg)
अष्ट्रेलियालीले हरेक वर्ष फ्याँक्छन् सात लाख टन बढी खाना
![कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस](https://snowberry.prixacdn.net/media/gallery_folder/EPS-Korea20_sJV8he7rQk_liphw64zdhszz21dclclsuiymocaalkcqxenmspejkxt4yiyhzld9zd2ilkb_lf4JJWFnfW_otqzufsslz2azoj9i8ap3rhofjgkgerukpmm3gesovujskdc1vipuueztrrb.jpg)
कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस
![कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/eps-korea_nglIwTbTw3_db121h4ydomk49bov5lzcj9agtrdfdkrlnima7vhayjvarru0cgbfiqrethp_3PWoJEETds_vfkvkhxutrlnmf4lntamtv6xx03t6iqiqjniyvg1ujpdrwhgwgmiregfiyoa.jpg)
कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)
![अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/umesh-dahal_ePkCJAn9u5_YYWklUXJRQ_2g6yeb7v7vfnviozd0rp0iwjunt2tzxbvoiflkdo8k3ozkorjt4qxxnbftoo_Pt0lgi6Cx0_ivr6ou85tl7lsosefvfcew4cfl9ylasqnc5z78wifufo8l3kdihy1oirpn2r.png)
अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ
![दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो](https://snowberry.prixacdn.net/media/gallery_folder/tara-chapagian_ymKCsi3rav_lax9vjwfxfd7yv4hflwi5e6hjcg5lzgaqqhujpwzp8bbwibqjepfnk0xemwl_X10IN0YtAr_1rxr1sclixbjv2mygatrjg8d3s0iph41smofyhu8ds2sudnldztjqhkufs7r.jpg)
दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो
![कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_54fp8fRfuU_cvjez1relfxctvs48a6xdwg47yhyvrtyqrpejpfh261krfu4xwf6igldqnjr_q040g3vZzb_epbiga1wpjqfpcmdm3znnflscpyqinkvupdiqr34kr7asl218hityuottlyq.jpg)
कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक
![भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया](https://snowberry.prixacdn.net/media/gallery_folder/australia_NgpBEh2ljN_qjlxm1vcacqghmxywroh1xncjrowfq6bv59f5mwhy0l6mc6xwf4hbpnrjm2c_NR4G52zGPk_pvohnonlsvy68domoizabc0mhkdekt7oi6zg0q0sae5tdcfxscz67rwcspxz.jpg)
भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया
![कुवेतमा विदेशी कामदार बस्ने भवनमा भीषण आगलागी, ४१ जनाको मृत्यु, नेपाली पनि परेकाे आशंका](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_DpvwHINzhf_4kefvthbtcvh5c5keioidzooccc3hambhvli8fkuwtkzaqwqqwdjzlvb7z8p_11pAXKeIiE_uriid8xjvbb9ldztqn00vnaw1u8ernrqfqkayoyd2mioxlb380j1bultaqka.jpg)
प्रतिक्रिया