बिहे गरेको २ वर्षसम्म पनि शारीरिक सम्बन्ध नराखेको भन्दै श्रीमानविरूद्ध प्रहरीमा जाहेरी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/behuli_ph0CauLyBA_szkpbsgb1fvgzxxdl0l7cmey45cjayai885jcwysfim5fvbgcv6imq5u719r_kuH4GuDVBj_ncfscs7sk5rtvl2ovaiqx59uuxviw1ze9r0yiwzymd0uea1czuto4lahyd6a.jpg)
एजेन्सी । भारतको बिहार राज्यअन्तर्गत मुजफ्फरपुरमा एक महिलाले शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा जाहेरी (एफआईआर) दर्ता गराएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यस विषयमा अनुसन्धान थालिएको महिला थाना प्रहरीले जनाएको छ। पीडित युवती वैशाली जिल्ला लालगन्ज थाना क्षेत्रस्थित एक गाउँकी बासिन्दा हुन् भने आरोपित श्रीमान् अहियापुर थाना इलाकाका बासिन्दा हुन्।
प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनेकी छन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो। विवाहपछि म ससुराको घर गएँ। तर विवाह भएको दुई वर्षसम्म पनि मेरा श्रीमान्ले मसँग शारीरिक सम्बन्ध राखेनन्। त्यसपछि मैले यो कुरा ससुरालाई भनेँ तर उनले पनि छोरालाई सम्झाएनन्।’ त्यसपछि पीडित महिलाले श्रीमानलाई सोधिन्, ‘मसँग किन यौन सम्पर्क गर्नुहुन्न?’
यसो भन्दा पतिले बारम्बार गाली र कुटपिट मात्र गर्ने गरेको ती महिलाले एफआरआईमा उल्लेख गरेकी छन्। ‘यति मात्र होइन, म आमाबुवाको घरमा जाने भन्दा पतिले धम्की दिन्थे– ‘घरबाट निस्किस् मात्र भने तँ र तेरो परिवारैलाई मारिदिन्छु। बल्लबल्ल हजुरबुवा बिरामी भएको बहानामा म माइती आएकी छु, तर अहिले पनि श्रीमानसहित ससुराले मलाई लगातार धम्की दिइरहेका छन्’, पीडित महिलाले जाहेरीमा लेखेकी छन्।
यस विषयमा एफआइआर दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको महिला प्रहरी चौकीकी अधिकृत अदिती कुमारीले बताइन्। ‘जाहेरीमा पीडित महिलाले विवाहपछि श्रीमानले श्रीमान्–श्रीमती सम्बन्ध कायम नगरेको बताएकी छन्। धेरै सम्झाइबुझाइ गर्दा पनि काम लागेन, अन्ततः एफआईआर दर्ता गर्न बाध्य भएँ, पतिसँगै जाहेरीमा नाम भएका सबैले पतिलाई सम्झाउनुको सट्टा उल्टै मलाई दबाब दिए भनेर लेखेकी छन्’, अधिकृत अदितीले भनिन्।
पीडित महिलाले पतिसहित परिवारका ६ जनाविरुद्ध जाहेरी दिएकी छन्।पीडित महिलाको जाहेरीका आधारमा भारतीय दण्ड संहिताको धारा ३४१, ३२३, ४९८ए, ३७९, ५०४, ५०६, ३४ अन्तर्गत एफआईआर दर्ता गरी मुद्दाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_QEgdGIhJ8g_akowo5qtpym0yaouw61i6wkekrrn282fcdm5kty9tacqk0jpnrll6tw4dycw.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_KtkyuEAiGR_r4rhlw4bniwtewvtub1ppwnzjsuugrzsdaijhu6pfevrjpezjlcxutq1j4gk.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_wvDPlBi75s_nmpnukoltarv8iwp3qbjiyaryibhsuhbgygvvt8qg8myxxcnd2hcmm4i003z.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
प्रतिक्रिया