श्रीमानले गोवा लैजान्छु भनेर अयोध्या पुर्‍याएपछि श्रीमतीले मागिन् डिभोर्स

एजेन्सी ।  भारतको मध्य प्रदेशको राजधानी भोपालबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एउटी श्रीमतीले श्रीमानसँग सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् ।

श्रीमतीलाई गोवा लैजाने वाचा गरेका श्रीमानले उनलाई अयोध्या लगेका थिए । जसका कारण महिलाले पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएकी हुन् । अहिले श्रीमान्–श्रीमती दुवैको परामर्श भइरहेको छ ।

घटना भोपालको पिपलानी क्षेत्रको हो । रिलेशनशिप काउन्सिलर शैल अवस्थीका अनुसार दुवैले गत वर्ष अगस्टमा विवाह गरेका थिए । श्रीमान् आईटी इन्जिनियर हुन् र तलब पनि राम्रै छ ।

बिहेपछि श्रीमान्–श्रीमतीबीच हनिमुनमा जाने कुरा भयो, त्यसपछि श्रीमतीले विदेशी पर्यटकीय गन्तव्यमा जाने कुरा गरिन् । त्यसपछि श्रीमानले आफ्ना वृद्ध आमाबुवालाई उद्धृत गर्दै भारतको कुनै पर्यटकीय स्थलमा जाने कुरा गरेपछि दुवै जना गोवा जान राजी भए ।

श्रीमतीले आरोप लगाएअनुसार उनीहरु यात्रामा जानु एक दिन अघि श्रीमानले आमालाई मन्दिर जानु पर्ने भएकाले धार्मिक स्थल अयोध्या र बनारस जान लागेको बताए ।

श्रीमती परिवारसँग घुम्न गएकी थिइन्, तर त्यहाँबाट फर्किएपछि सोही विषयलाई लिएर उनीहरुबीच ठूलो झगडा भयो र श्रीमतीले पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् ।

सम्बन्ध सल्लाहकार शैल अवस्थीका अनुसार श्रीमतीले विश्वासघात र धोका भएको भन्दै श्रीमानले आफुलाई भन्दा परिवारलाई बढी समय दिएको आरोप लगाएकी छिन् ।

उनका अनुसार विवाहको शुरुवातदेखि नै आफूलाई बेवास्ता गरिँदै आएको छ । अहिले श्रीमान्–श्रीमती दुवैको सम्बन्धलाई जोगाउनका लागि काउन्सिलिङ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित