हर्क साम्पाङकाे अराजक शैली : मै हु भन्ने दम्भ हाे या देशकाे सिस्टम नै गलत ?

नेकाै सम्भावना बोकेर पनि हरेक कुरामा पछि परेको धरान त्यसै पनि चर्चामा आइरहने सहरको रूपमा चिनिन्छ । अझ २०७९ काे स्थानीय निर्वाचन पछि दैनिक जसो जनप्रतिनिधिहरूकाे काण्ड बाहिरिरहदा चर्चा नहुने त कुरै रहेन । त्यसमा पनि मेयरमा स्वतन्त्रबाट हर्क साम्पाङ निर्वाचित बनेपछि धरान झनै चर्चामा आइ नै रहयाे जुन अहिले पनि जारी छ । उसो त मेयर साम्पाङ चर्चित मात्र हैन विवादित पनि उत्तिकै छन् । कहिले जनश्रमदान अभियान बाट खानेपानी धरान सम्म ल्याइ नगरवासीमाझ हिरो बनिन्छन् त कहिले तिनै नगरवासीलाई गिज्याउँदै अनेकाै स्टाटस लेखेर विवादित पनि बनिन्छन् ।

नेपालीमा एक उखान छ राजाले डामेर छाडेको साढेलाई न कसैको डर न भर यो उखान सँग उनका हर्कत पनि त्यस्तै छ । उनी काम गर्ने मामलामा कुनै निकायको कुरा सुन्दैनन् । कानुन नजानेको पनि हैन तर कुनै कानुन पनि मान्दैनन् । मान्ने थिए त यिनको मेयर पद त्यति बेलै गइसक्नुपर्ने हो जुन बेला धरानका नागरिकलाई नै एक आपसमा भिडाउने कृत्य गरे । सामाजिक सञ्जालमा अनेकाै विवादास्पद स्ट्याटसहरू राखे । उनले राखेको स्टाटसमा उनैमाथि गालीको वर्षा पनि उत्तिकै हुने गर्छ तर पनि उनलाई कुनै प्रवाह हुँदैन । किनकि उनी आफ्नै तालमा कुद्छन् न कसैको डर न भर ।

यति हुँदा हुँदै पनि मेयर साम्पाङलाइ भगवान् मान्ने मान्छेको कमी भने छैन । जति नै उटपट्याङ किन नगरुन् उनेका समर्थनमा ताली बजाउने छुट्टै समुहनै परिचालित छ । उनेका विरुद्ध कसैले केही मात्र लेखे या सुझाव दिन खाेजेभने सामाजिक सञ्जालमा विरोध गर्नेहरूको तस्बिर राखेर श्रद्धाञ्जलीका स्टाटस एकाएक भाइरल बनिदिन्छ । कुनै समय नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग कुममा कुम मिलाइ फोटो खिचेर सञ्जालमा पोस्ट गर्ने मेयर साम्पाङ आज भोली उनै प्रचण्ड नेतृत्व सरकारको खैरो खन्दै हिन्छन । उनेका कृत्य सबै गलत भने हैनन् । धरानमा श्रमसंस्कृती भित्र्याएर उदाहरणीय पात्र बनेका उनी काहा नदिबाट वराहक्षेत्र सम्म पाइप तानेरै भए पनि खानेपानी ल्याएरै अर्को उदाहरण देखाए । काम गरे के हुन्न भन्ने गतिलो पाठ देशका शीर्ष नेताहरूलाई सिकाइदिए । हुँदै हुँदै धरानमा बृक्षा रोपण अभियान नै चलाए । विगतमा उजाडिएका स्थानहरू अहिले पर्यटकीय क्षेत्र बने चारैतिर हरियाली चराचुरुङ्गीको चिरचिराहट मनै लोभ्याउनै मनोरम दृश्य यो सबै मेयर साम्पाङकै देन हो ।

यति राम्रो काम गर्दा गर्दै समर्थकहरूको आडमा उनी कति बेला उटपट्याङ हर्कत मचाउछन कसैलाई थाहा पत्तो हुँदैन । उनेका यस्तै हर्कतका कारण धरानवासीले पनि त्यति गन्न छाडे ।तर पनि उनेका अराजक शैली भने अझै परिवर्तन हुन सकेको छैन । यस्काे गतिलो उदाहरण हो पछिल्लो २ दिनमा सामाजिक सञ्जालभित्र राखेको २ स्टाटस ।

उनले २ दिनको अन्तरालमा फरक फरक विवादित स्टाटस मात्रै लेखेनन् नेपालको कानुनी राज्यलाई समेत चुनौती दिए । मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर नै हटाए र प्रथम किराँती राजा यलम्बरकाे तस्बिर राखे ।हुन त उनले तस्बिर राख्नु अघि नै सामाजिक सञ्जालबाट सबैलाई जानकारी गराइसकेका थिए ।

हेराै उनले लेखेको स्टाटस .....

यसको अघिल्लो दिन पनि उनले यस्तै संविधान विपरीत अर्को स्टाटस राखेका थिए हेराै त्यो पनि ...

यी दुवै स्टाटस र कार्यालयबाट राष्ट्रपति अनि प्रधानमन्त्रीकाे तस्बिर हटाइनु संविधान विपरीत मानिन्छ ।तर पनि मेयर साम्पाङलाइ कुनै मतलब छैन किनकि उनलाई तह लगाउने कानुन शायद नेपालमै छैन ।राष्ट्रपति र प्रधानमन्त्रीकाे तस्बिर कार्यकक्षबाट हटाइसकेपछि पनि उनेका चर्चा घटेको भने छैन ।उनलाई भगवान् मानेर पूजा गर्ने अरिङगालहरूले वा वा र बधाइ दिन भ्याइसकेका छन् । तर देशव्यापी रूपमा भने उनेका कृत्य बारे अनेकाै विवाद र आलोचनात्मक टिप्पणीहरू सार्वजनिक भइरहेका छन् ।

आखिर किन मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट तस्बिर हटाए त ? सबैको मन र मस्तिष्कमा अहिले यही जिज्ञासा छ ? कुनै समय प्रचण्डलाई कुशल नेता र देश हाँक्न सक्ने क्षमतावान् ब्यक्ती भनेर कुममा कुम मिलाएर तस्बिर खिचेर पोस्ट गर्ने मेयर साम्पाङ अहिले किन त्यही प्रचण्ड नेतृत्वको सरकार विरुद्ध बोल्दै हिँडिरहेका छन् ? थोरै जान्ने कोसिस गराै ।

धरान अनेकाै सम्भावना बोकेको सहर हो । यहाँ अनेकाै राजनीतिक हस्तिहरू जन्मिए यही सहरमा बिलाए । शक्तिशाली पहुँच बनाउने धेरै जसो नेता र मन्त्रीहरू यही ठाउँलाई सदुपयोग गरेर सत्ता र राजनीतिमा टिकिरहे तर सहरलाई बिरानो बनाए । कैयाे पटक निर्वाचन भए धरानमा एक सय एक नेतृत्वकर्ता जन्मे तर सहर बनाउने , विकासको योजना ल्याउने अहिले सम्म कोही निस्किएनन् । निस्किए त उही सहर को सुकुम्वासी समस्यालाई सामधान गर्ने भन्दै अास्वासन बाइने र तिनै सुकुम्वासीलाई भाेटबैंककाे रूपमा प्रयोग गर्नेहरू मात्रै ।

एजेन्डा बिक्यो ,नेताका अनुहार बिके यही सहरलाई केन्द्र बनाए सत्तामा पुगे आफू माननीय हुँदै मन्त्री समेत बने तर जुन सहरबाट चुनाव जितेर गए त्यही सहरलाई बिरानो बनाए । भएका दर्जनाै सरकारी कार्यालयहरू यही सहरबाट पलायन भए ।शक्तिमा पुगेका दलका नेताहरू यति हुँदा सम्म पनि रमिता हेरेर बसे । जसो तसाे ७९ को स्थानीय निर्वाचन पछि धरानवासीले रोजेको विकास प्रेमी मेयर हर्क साम्पाङलाइ लिडर चुने ।सुरुमा उनले पनि बडो ताम झामका साथ काम गरे जस्तो देखाए । निर्वाचन जितेको ६ महिनामै मेयर साम्पाङ विश्वमाझ कुशल नेतृत्वकर्ता भनेर चर्चित बने ।अनेकाै चर्चित काम गर्दा कसैले नगन्ने यो समाजले हर्कलाई ६ महिनामै सेलिब्रेटी मात्रै नभइ खुट्टा ढोग्ने गुरु नै बनाइदियो । उनलाई देख्नासाथ सेल्फि खिच्नेहरूको लाइन लाग्ने गर्थियाे ।

विभिन्न विकासको एजेन्डा लिएर उनी केन्द्र सरकार समक्ष पुगे अाेली सरकार ढल्यो त्यसपछि प्रचण्ड सरकारमा आएपछि उनलाई अब धरान बन्छ भन्ने लागेको थियो तर प्रचण्ड सरकारले पनि धरानलाई बेवास्ता गरेको आभास पाएपछि मेयर साम्पाङ चिढिन पुगे र प्रचण्ड सरकार विरुद्ध नै बोल्न थाले । प्रचण्ड सरकारका पैयटन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल बन्नुपर्छ भन्दा सबैभन्दा बढी खुसी धरानकै मेयर साम्पाङ थिए । तर निर्माण स्थलमा खटिएका प्राविधिकहरूले सहरमा बन्न लागेको विमानस्थलको च्याप्टर नै क्लाेज गरिदिएपछि मेयर साम्पाङ झनै चिढिन पुगे । यसमा मात्र होइन धरानले कुनै विकासका कामहरूमा या ठुला ठुला योजनाहरूमा पनि केन्द्रीय सरकारबाट कुनै साथ सहयोग नपाएपछि उनले कार्यकक्षबाट नेपाल सरकारका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबैको तस्बिर हटाएर किराँती राजा यलम्बरकाे तस्बिर राखे ।

तस्बिर राखिसकेपछि अहिले चौतर्फी उनेका आलोचना भइरहेको छ । जुन स्वाभाविक हो । संविधान विपरीत काम गर्ने छुट कसैलाई पनि छैन त्यसमा पनि मेयर जस्तो जिम्मेवारी पदमा बसेको ब्याक्तिीले त झनै सुहाउँदैन । धरानमा विमानस्थल आवश्यक छ या छैन यो प्राविधिक विषय हो । खानेपानी विषयमा राज्यले अरबाै लगानी गर्ला या नगर्ला पहल गर्नु मेयरको पदीय जिम्मेवारी हो । तर यस्तै यस्तै विषयलाई लिएर संविधान बनाउने ।राज्य सञ्चालन गर्ने या व्यवस्था सञ्चालन गर्ने सम्मानित ब्याक्तीहरूकाे तस्बिर कार्यालयबाट हटाउनु अस्वाभाविक र पदीय मर्यादा विपरीत हुन जान्छ ।

ब्याक्तीबाट यस्ता कृत्य दोहोरी रहँदा आम नगरवासीले उनिबाट के अपेक्षा गर्ने ? जुन व्यवस्था को जग टेकेर उनी नगरप्रमुख बने आज त्यही व्यवस्थालाई कुल्चेर अघि बढ्छु भन्ने हर्क जस्ताबाट आम नागरिकले के अपेक्षा गर्ने ? के धरानले यस्तै मेयर खोजेको हो जसलाई पदको मर्यादा सम्म थाहा छैन ?

प्रतिक्रिया

सम्बन्धित