इटहरीमा भयाे उदाहरणीय बिवाह : जब सासु–ससुराले नै बुहारीलाई छाेरी बनाएर गरे कन्यादान

इटहरी । सुनसरीको इटहरी उपमहानगरमा बिहीबार एक अनौठो विवाह सम्पन्न भएको छ । छोराको निधन पछि एकल बनेकी बुहारीको सासू र ससुरा स्वयमले कन्यादान गरेर बिदाइ गरी समाजमा उदाहरण खाएका छन् । इटहरी उपमहानगर २ का पुण्य पौडेल र जानुका पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धूमधाम विवाह गरिदिएका हुन । २०६९ मा छोरा फडिन्द्रका लागि सुजालाई झापाको बैगुन धाराबाट कान्छी बुहारीको रूपमा घर भित्र्याएका थिए ।

अफसोस ७१ सालमा छोराको निधन पछि एकल बनेकी बुहारी सुजालाई घर परिवारको सल्लाह अनुसार नै छोरी बनाएर बिहीबार कन्यादान गरिएको हो । इटहरीका फडिन्द्र र सुजा बिच २०६९ मा मागी विवाह भएको थियो । घरकाे कान्छी बुहारीलाई छोरीको रूपमा अन्माएर कन्यादान गर्न पाउँदा आफूहरूलाई भाग्यमानी ठानेको सासू जानुका पौडेलले बताइन । बुहारी भएपछि कर्म घरकै सेवा गर्नुपर्छ भन्ने छैन । उसको पनि इच्छा आकाङ्क्षा बुझ्नुपर्छ हामी खुसी छौ सासू जानुकाले भनिन

। सुजाकाे सुनसरी डुम्राहा निवासी रमेस रेग्मी सँग विवाह भएको हो । रेग्मी सरकारी कर्मचारी हुन भने सुजा एनआइसी एसिया लघुवित्त बैंकमा कार्यरत छिन् । ७८ सालमा पहिलो श्रीमतीको निधन पश्चात् एक्लो बनेका रेग्मीले सुजाकाे बारेमा बुझेपछि उनैले विवाहको प्रस्ताव अघि बढाएका थिए ।

रेग्मीको एक छोरा र एक छोरी रहेका छन् भने सुजाकाे पनि एक छोरी रहेकी छिन । दुबैको अवस्था मिल्दो जुल्दाे देखेर दुवै पक्षको परिवार सँग सर सल्लाह गरी विवाह गरिदिएको सुजाका ससुरा पुण्य पौडेलले बताए । यता सुजाका बुवा पनि छोरीको पुन घर बसेकोले खशी व्यक्त गरेका छन् भने । सुजाले कर्म घरबाट छोरी बनेर बिदा हुन पाउँदा गर्व लागेको बताउँदै हरेक बुहारीले यस्तै पुण्य सोच बोकेको सासू –ससुरा पाउनुपर्ने व्यक्त गरिन ।

प्रतिक्रिया

सम्बन्धित