नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा

काठमाडौ । दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको छ । नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा आएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूह बढेका छन् ।
गत साताको बिहीबार करिब ४४ अंकले बजार बढेपछि आइतबार र सोमबार भने करेक्सन आएको थियो । तर दुई दिनको करेक्सनपछि मंगलबार पुन: सूचक बढेको हो । कारोबार रकम भने औसतमा रहेको छ ।
केही दिनयता विशेषगरी हाइड्रोपावर समूहमा चमक आइरहेको छ । हाइड्रोपावर समूहका कतिपय कम्पनीहरुमा सकारात्मक सर्किट लाग्ने गरी बढोत्तरी भइरहेका छन् । यसैगरी, बजारका लागि सकारात्मक खबरहरु पनि आइरहेका छन् । सरकार तथा नियामक निकायका पदाधिकारीहरुबीच बजार सुधारका विषयलाई लिएर छलफल र भेटघाटहरु पनि बाक्लिएका छन् ।
यस दिन २८६ कम्पनीको ८७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सन नेपाल लाइफ इन्सुरेन्स र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।
सेयर बजार ३.०४ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

सेयर बजारमा कहिले फर्किएला चमक ?

आजबाट आईपीओ निष्कासन बन्द गर्दै सोनापुर मिनरल्स, मागभन्दा बढी पर्याे आवेदन

सेयर बजार ४२.१४ अंकले घट्याे

आज सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

नेप्से आज बन्द, सेयर कारोबार नहुने

प्रतिक्रिया